२१ आश्विन २०८३, बुधबार
Advertisement
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ ।
खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरमा गरिएको अनुसन्धान प्रतिवेदन बुधबार सीआईबीले सरकारी वकिलको कार्यालयमा बुझाएको हो ।
अध्यक्ष नेम्वाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सन्जीव पाण्डेलाई प्रतिवादी बनाउन सिफारिस गरेको सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिए ।
सीआईबीले गत २ असोजमा एन्फा मुख्यालयमा छापा मार्दै कोषाध्यक्ष जोशी र लेखापाल पाण्डेलाई पक्राउ गरेको थियो ।सीआईबीले उनीहरूबाट ६६ लाख ५३ हजार रुपैयाँ अनियमितता भएको निष्कर्ष निकालेको छ ।




