गजल * चुपचाप शासन
२०८३ भाद्र ६, शनिवार
@कृष्ण खनाल, राष्ट्रिय जनसाहित्यिक सङ्घ,नेपाल
१. दरबारभित्र के छ, खबर पाउन गाह्रो भयो,
यात्रा कहाँ हुँदैछ, बुझ्नै साह्रो भयो।
२. सेनालाई थाहा रहेछ, देशलाई थाहा छैन,
लोकतन्त्रको सूचना किन यति पारो भयो?
३. पोखरा हुँदै मुक्तिनाथ पुग्ने खबर आयो,
प्रधानमन्त्रीको यात्रा पनि कति प्यारो भयो।
४. निजी जीवन हुन्छ होला, मान्छेलाई अधिकार,
सार्वजनिक पदमा जीवन नै सार्वजनिक भार भयो।
५. चुपचाप काम गर्ने शैलीलाई सलाम गरौँला
देशले सोध्दा मौन बस्नुचाहिँ कस्तो व्यवहार भयो?
@ राष्ट्रिय जनसास्कृतिक महासँघ, चितवन
Advertisement


