×
सोमबार, असोज १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

लयमा फर्कन थाले नदीनाल

लोकप्रिय समाचार

  • १. वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २. नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • ३. दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ४. नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५. समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६. के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

  • ७. नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ८. दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ९. लयमा फर्कन थाले नदीनाल

  • १०. पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

बढैयातालमा शिक्षक मिलान विवाद चर्कियो, चार दलद्वारा गाउँपालिका अध्यक्षलाई अल्टिमेटमसहित ज्ञापनपत्र

२०८३ साउन २०, बुधबार

Advertisement

@ ज्ञानेन्द्र पाेख्रेल,बर्दिया

श्रीखबर/. बर्दियाको बढैयाताल गाउँपालिकाले हालै गरेको शिक्षक, प्रधानाध्यापक तथा दरबन्दी मिलान प्रक्रिया कानुनसम्मत नभएको आरोप लगाउँदै गाउँपालिकाभित्र सक्रिय चार राजनीतिक दलले गाउँपालिका अध्यक्षलाई अल्टिमेटमसहित संयुक्त ज्ञापनपत्र बुझाएका छन्।

नेपाली कांग्रेस, नेकपा ( एमाले ), नेपाली कम्युनिस्ट पार्टी (नेकपा ), तथा राष्ट्रिय स्वतन्त्र पार्टीका बढैयाताल गाउँपालिका तहका नेतृत्वले संयुक्त रूपमा हस्ताक्षर गरी बुझाएको ज्ञापनपत्रमा गाउँपालिकाले शिक्षा क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण निर्णय गर्दा कानुनी प्रक्रिया, पारदर्शिता र सरोकारवालासँगको आवश्यक परामर्शलाई बेवास्ता गरेको आरोप लगाइएको छ।

दलहरूले शिक्षक तथा प्रधानाध्यापक मिलान, शिक्षक दरबन्दी व्यवस्थापन र सरुवासम्बन्धी निर्णयहरू शिक्षा ऐन, नियमावली तथा प्रचलित कानुनी व्यवस्था अनुरूप हुनुपर्ने उल्लेख गर्दै त्यसविपरीत गरिएका निर्णयले विद्यालय व्यवस्थापन, शैक्षिक गुणस्तर र शिक्षकहरूको मनोबलमा नकारात्मक असर परेको दाबी गरेका छन्।

ज्ञापनपत्रमा विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन तथा सम्बन्धित शिक्षकहरूसँग आवश्यक समन्वय नगरी एकपक्षीय ढंगबाट निर्णय गरिएको आरोप पनि लगाइएको छ। यसरी गरिएका निर्णयले विद्यालयको शैक्षिक वातावरण नै प्रभावित हुने भएकाले तत्काल पुनरावलोकन गर्न माग गरिएको छ।

* चार बुँदे माग

राजनीतिक दलहरूले गाउँपालिकासमक्ष मुख्य रूपमा यी माग अघि सारेका छन्–

* शिक्षक, प्रधानाध्यापक तथा दरबन्दी मिलानसम्बन्धी हालसम्म भएका सबै निर्णयको कानुनी आधार, मापदण्ड, औचित्य र निर्णय प्रक्रिया सार्वजनिक गरियोस्।

* विवाद उत्पन्न गराउने निर्णयहरूको कार्यान्वयन तत्काल स्थगित गरी निष्पक्ष पुनरावलोकन गरियोस्।

* विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन तथा सम्बन्धित शिक्षकसँग आवश्यक समन्वय र परामर्शपछि मात्र आगामी निर्णय गरियोस्।

* शिक्षा प्रशासनमा विधिको शासन, पारदर्शिता, समानता र उत्तरदायित्वको पूर्ण पालना सुनिश्चित गरियोस्।

संयुक्त विज्ञप्तिमा शिक्षा कुनै राजनीतिक स्वार्थको विषय नभई राष्ट्र निर्माणको आधार भएकाले निर्णयहरू कानुनसम्मत, पारदर्शी र उत्तरदायी हुनुपर्ने उल्लेख गरिएको छ।

साथै मागप्रति गाउँपालिकाले बेवास्ता गरे थप राजनीतिक, सामाजिक तथा कानुनी आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनीसमेत दिइएको छ।

ज्ञापनपत्रमा नेपाली कांग्रेसका गाउँपालिका सभापति, नेकपा (एमाले) का गाउँपालिका अध्यक्ष, नेपाली कम्युनिस्ट पार्टीका निवर्तमान गाउँपालिका अध्यक्ष तथा राष्ट्रिय स्वतन्त्र पार्टीका गाउँपालिका सभापतिले संयुक्त रूपमा हस्ताक्षर गरेका छन्।

बुधबार, साउन २०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-
नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत
नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद
समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह
दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

लोकप्रिय

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • ३.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

भर्खरै

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

  • ३.
    नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ७.
    दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ८.
    पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.