३२ असार २०८३, बिहिबार
भरतपुर,निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको जंगली हात्ती ध्रुवेलाई आज राती १०ः३० बजे डार्ट (बेहोस) बनाएर घाँटीमा रेडियोकलर जोडिएको छ । निकुञ्जको सुखीभार पोस्ट नजिक ध्रुवेलाई डार्ट (बेहोस) बनाएर घाँटीमा रेडियोकलर जोडिएको हो ।
डियो कलर जडानपछि हात्तीको अवस्थिति छोटो अन्तरालको समयमा जानकारी प्राप्त हुने र जियोफेन्सिङसहित हात्तीको विचरणको सूचना तत्काल प्राप्त हुने मगरले बताउनुभयो । यसले हात्तीको नियमित अनुगमन गर्न, समयमै सूचना प्रवाह गर्न तथा मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास निकुञ्जको छ । निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको नयाँ गोरख गण, निकुञ्जका प्राविधिक कर्मचारी तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक सहितको टोलीले ध्रुवेलाई डार्ट गरेका हुन् । ध्रुवेलाई योसहित तेस्रोपटक घाँटीमा रेडियो कलर जोडिएको हो ।
निकुन्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार ध्रुवेलाई डार्ट गरेर घाँटीमा स्याटलाइट रेडियो कलर जडान गर्नुका साथैं दाह्रा काटेर छाडिएको छ ।


