×
सोमबार, असोज १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू

संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

लोकप्रिय समाचार

  • १. वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २. दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ३. नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ४. समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ५. नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ६. दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ७. लयमा फर्कन थाले नदीनाल

  • ८. पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

  • ९. संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

  • १०. कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू

राष्ट्रिय झण्डा साझा सम्पत्ति, व्यक्तिगत वा संस्थागत स्वार्थमा प्रयोग अनुचित : गृह मन्त्रालय

२०८२ माघ १२, साेमबार

Advertisement

श्रीखबर/ नेपालको सार्वभौमसत्ता, राष्ट्रिय एकता र स्वाभिमानको अन्तर्राष्ट्रिय प्रतीकका रूपमा रहेको राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन सरकारले कडाइका साथ कानुनी प्रावधान कार्यान्वयन गरिरहेको गृह मन्त्रालयले स्पष्ट गरेको छ।

गृह मन्त्रालयका अनुसार राष्ट्रिय झण्डा कुनै एक व्यक्ति, समूह, दल वा संस्थाको हित र प्रचारका लागि प्रयोग गरिने साधन नभई सम्पूर्ण नेपाली नागरिकको साझा गौरव र पहिचानको प्रतीक हो।

त्यसैले यसको प्रयोग प्रचलित कानुन र कार्यविधिभन्दा बाहिर गई गर्न नपाइने मन्त्रालयले स्मरण गराएको छ। हाल कार्यान्वयनमा रहेको “राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, २०६९” ले राष्ट्रिय झण्डाको आकार, फहराउने तरिका, प्रयोग हुने स्थान तथा निषेधित अवस्थाहरू स्पष्ट रूपमा तोकेको छ।

राष्ट्रिय झण्डा उल्टो राख्ने, च्यात्ने, जलाउने, फ्याँक्ने, व्यापारिक विज्ञापनमा प्रयोग गर्ने, शरीरको छातीभन्दा तलको भागमा प्रयोग गर्ने वा सार्वजनिक मर्यादाविपरीत प्रयोग गर्नु कानुनतः निषेध गरिएको छ।

त्यसैगरी, निर्वाचन आचारसंहिता, २०८२ अनुसार निर्वाचन प्रचारप्रसारका क्रममा दल वा उम्मेदवारले जुलुस वा आमसभामा बढीमा दशवटा राष्ट्रिय झण्डा मात्र प्रयोग गर्न पाउने व्यवस्था रहेको छ।

यसबाहेक अन्य अवस्थामा राष्ट्रिय झण्डा प्रयोग गरेमा कानुनी कारबाही हुने प्रावधान रहेको गृह मन्त्रालयले जनाएको छ। मुलुकी अपराध संहिता, २०७४ ले पनि राष्ट्रिय झण्डाको अपमान हुने वा सार्वजनिक नैतिकता विपरीत प्रयोगलाई दण्डनीय अपराधका रूपमा व्याख्या गरेको छ।

गृह मन्त्रालयले राष्ट्रको गौरव र स्वाभिमानसँग जोडिएको राष्ट्रिय झण्डाको प्रयोग गर्दा संवेदनशीलता, जिम्मेवारी र सम्मान प्रदर्शन गर्न सबै नागरिक, राजनीतिक दल, संघ–संस्था तथा सरोकारवालालाई आग्रह गरेको छ।

कानुन विपरीत दुरुपयोग भएको पाइएमा कानुनी कारबाही गरिने चेतावनी समेत मन्त्रालयले दिएको छ।

सोमबार, माघ १३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू
संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक
वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-
नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत
नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

लोकप्रिय

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ३.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ४.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ५.
    नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ६.
    दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

भर्खरै

  • १.
    कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू

  • २.
    संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

  • ३.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • ४.
    दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

  • ५.
    नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ६.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ७.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ८.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.