×
आइतबार, असोज १८, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

लयमा फर्कन थाले नदीनाल

लोकप्रिय समाचार

  • १. वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २. नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • ३. दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ४. नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५. समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६. के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

  • ७. दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ८. नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ९. लयमा फर्कन थाले नदीनाल

  • १०. पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

चौथो गैँडाकोट महोत्सवमा जलपरी मुख्य आकर्षण, सुरक्षा व्यवस्था कडा

२०८२ पुष २२, मङ्गलबार

Advertisement

श्रीखबर। चौथो गैँडाकोट महोत्सव नजिकिँदै जाँदा नारायणी नदी किनारस्थित महोत्सव स्थलमा तयारी तीव्र पारिएको छ। जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोट, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को आयोजनामा गैँडाकोट–२ मा सञ्चालन हुन लागेको महोत्सवमा यस वर्ष जलपरी (मर्मेड शो) र फिस टनेल मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिने भएको छ।

आयोजकका अनुसार महोत्सव स्थलमा धमाधम स्टल निर्माण भइरहेको छ। संघका वरिष्ठ उपाध्यक्ष एवम् महोत्सव मूल आयोजक समिति संयोजक छवि कँडेलले महोत्सवको मूल गेट निर्माण सम्पन्न भइसकेको जानकारी दिए।

प्रवेशद्वारलाई मौलाकालिका मन्दिरको गेटको आकारमा तयार पारिँदा धार्मिक तथा पर्यटकीय पहिचानलाई समेत जोड दिइएको उनले बताए। कँडेलका अनुसार महोत्सव स्थलमा स्टलसँगै बाल उद्यान, जलपरी शो तथा माछाको टनेल निर्माणको काम तीव्रगतिमा अगाडि बढिरहेको छ। “महोत्सवलाई सभ्य, भव्य र सुरक्षित बनाउने हाम्रो प्राथमिकता हो,” उनले भने।

@ सुरक्षा व्यवस्था चुस्त

महोत्सवको सुरक्षालाई विशेष प्राथमिकतामा राख्दै स्थल वरिपरि बार लगाउने, सिसिटिभी क्यामेरा जडान गर्ने तथा आन्तरिक र बाह्य सुरक्षा प्रबन्ध मिलाइएको आयोजकले जनाएको छ।

संघका सदस्य एवम् महोत्सव प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाका अनुसार सुरक्षासम्बन्धी विषयमा इलाका प्रहरी कार्यालय गैँडाकोट र सशस्त्र प्रहरी बल पितौजीसँग समन्वय गरी आवश्यक छलफल सम्पन्न भइसकेको छ। “महोत्सवलाई शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गर्न सुरक्षासमितिसँग नियमित समन्वय भइरहेको छ,” सापकोटाले बताए।

त्यस्तै, कृषि परिसरलाई समेत आकर्षक बनाउने उद्देश्यले सम्बन्धित समितिसँग छलफल गरी तयारी अगाडि बढाइएको छ। व्यवस्थापन र सुविधा महोत्सव सचिवालय संयोजक एवम् संघका महासचिव तेजनारायण पाण्डेले महोत्सवको आन्तरिक तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए।

उनका अनुसार उद्घाटनका दिन निकालिने शोभायात्रालाई प्रभावकारी बनाउन स्टेरिङ समिति तथा विभिन्न संघसंस्थासँग समन्वय भइरहेको छ। महोत्सव स्थलमा सिसिटिभीमार्फत निगरानी, एम्बुलेन्स सेवा, प्राथमिक उपचार कक्ष, मिडिया सेन्टर, पार्किङ तथा स्वच्छता व्यवस्थापनको व्यवस्था रहने पाण्डेले बताए।

यस वर्षको महोत्सवमा रेष्टुरेन्ट, बाल उद्यान, जलपरी तथा फिस टनेल, ओपेरा हाउस, उद्योग तथा वाणिज्य, अटो लगायत छुट्टाछुट्टै परिसर रहनेछन्। प्रदर्शनी कक्षलाई पेगोडा शैलीमा निर्माण गरिएको हुँदा महोत्सवस्थल यसपटक फरक र आकर्षक देखिने आयोजकको दाबी छ।

चौथो गैँडाकोट महोत्सव यही पुस २५ गतेदेखि माघ १० गतेसम्म नारायणी नदी किनारमा सञ्चालन हुनेछ।

मङ्गलबार, पुष २२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-
नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत
नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद
समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह
दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

लोकप्रिय

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • ३.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

भर्खरै

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

  • ३.
    नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ७.
    दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ८.
    पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.