×
आइतबार, असोज १८, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

लयमा फर्कन थाले नदीनाल

लोकप्रिय समाचार

  • १. वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २. नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • ३. दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ४. नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५. समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६. के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

  • ७. दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ८. नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ९. लयमा फर्कन थाले नदीनाल

  • १०. पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

नारायणी नदी किनारमा गैंडाकोट महोत्सवको तयारी तीव्र ‘जलपरी’देखि ओपेरा हाउससम्म, स्थानीय उत्पादन मुख्य आकर्षण


२०८२ पुष १७, बिहीबार

Advertisement

@ कृष्ण खनाल

श्रीखबर / गैँडाकोट गैँडाकोटकाेनारायणी नदी किनारमा सञ्चालन हुने चौथो संस्करणको `गैंडाकोट महोत्सव तथा व्यापार मेला-२०८२ को तयारी तीव्र पारिएको छ।

स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यसहित आयोजना हुन लागेको महोत्सव आगामी पुस २५ देखि माघ १० गतेसम्म सञ्चालन हुनेछ। महोत्सवको मुख्य आकर्षणका रूपमा यस वर्ष ‘जलपरी’ राखिने भएको छ। आयोजक जिल्ला उद्योग वाणिज्य सङ्घ गैंडाकोटका अनुसार जलपरीसँग दर्शकले फोटो र भिडियो खिच्न सक्ने व्यवस्था मिलाइँदैछ।

महोत्सवका मूल संयोजक तथा सङ्घका वरिष्ठ उपाध्यक्ष छवि कँडेलका अनुसार हालसम्म महोत्सवको तयारी ६० प्रतिशत सम्पन्न भइसकेको छ। “महोत्सवस्थल छुट्याउने र नारायणी नदी किनार सम्याउने काम पूरा भइसकेको छ,” उनले भने।

स्थानीय कृषि र महिला उद्यमशीलतामा जोड महोत्सवमा स्थानीय कृषि उत्पादनलाई विशेष प्राथमिकता दिइएको आयोजकको भनाइ छ।

कँडेलका अनुसार स्थानीय उत्पादन अदुवाको जाम यस वर्षको प्रमुख आकर्षण हुनेछ। यसका साथै जिल्लाका किसानले उत्पादन गरेका दूधजन्य पदार्थ, अन्य कृषि उपज तथा महिला उद्यमीले उत्पादन गरेका सामग्रीहरू पनि प्रदर्शनी तथा बिक्रीका लागि राखिनेछन्।

त्यसैगरी महोत्सवमा विश्वविख्यात पाकिस्तानी लेदर, बंगलादेशी गार्मेन्ट तथा स्थानीय उद्योगबाट उत्पादित सामग्रीसमेत समावेश गरिनेछ।

— महोत्सवको थप आकर्षण:ओपेरा हाउसको विशेष डोम, सांस्कृतिक कार्यक्रमको रौनक  **

अष्ट्रेलियाको सांस्कृतिक घर ‘ओपेरा हाउस’**लाई विशेष डोम निर्माण गरेर प्रदर्शन गर्ने तयारी गरिएको छ।

सङ्घका अध्यक्ष तथा महोत्सवका संरक्षक दीपक सापकोटाले महोत्सवले नवलपुरको आर्थिक, सांस्कृतिक र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे। उनका अनुसार महोत्सव अवधिभर २५ करोड रुपैयाँभन्दा बढी आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ।

महोत्सव अवलोकनका लागि नवलपुर, चितवन, तनहुँसहित विभिन्न जिल्लाबाट दुई लाखभन्दा बढी दर्शक सहभागी हुने अनुमान गरिएको छ।

-चार क्षेत्रमा विभाजन, सुरक्षा र व्यवस्थापन चुस्त:

जिल्ला उद्योग वाणिज्य सङ्घ गैंडाकोटका महासचिव तथा महोत्सव सचिवालय संयोजक तेजनारायण पाण्डेका अनुसार महोत्सवलाई प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा सांगीतिक क्षेत्र, बाल उद्यान तथा मनोरञ्जन क्षेत्र, खानपान क्षेत्र गरी चार मुख्य भागमा विभाजन गरिएको छ।

महोत्सव प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाले महोत्सवमा राष्ट्रिय भजन प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलाकारको दैनिक सांस्कृतिक प्रस्तुति, फेशन शो, विद्यालय तथा सांस्कृतिक समूहका कार्यक्रम सञ्चालन हुने जानकारी दिए।

सुरक्षाका लागि सिसिटिभी निगरानी, एम्बुलेन्स, प्राथमिक उपचार, मिडिया सेन्टर, पार्किङ तथा स्वच्छता व्यवस्थापनको व्यवस्था गरिने आयोजकले जनाएको छ।

नारायणी किनारमा आयोजना हुने गैंडाकोट महोत्सवले स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्दै उद्योग, व्यापार, कृषि र पर्यटनमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।

बिहिबार, पुष १७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-
नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत
नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद
समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह
दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

लोकप्रिय

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • ३.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

भर्खरै

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

  • ३.
    नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ७.
    दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ८.
    पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.