×
आइतबार, असोज १८, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

लयमा फर्कन थाले नदीनाल

लोकप्रिय समाचार

  • १. वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २. नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • ३. दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ४. नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५. समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६. के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

  • ७. दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ८. नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ९. लयमा फर्कन थाले नदीनाल

  • १०. पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

पाेखरामा ५ दिने सडक महाेत्सव: सँस्कृति,स्वाद र सँगीतकाे महाउत्सव


२०८२ पुष १, मँगलवार

Advertisement

@ कृष्ण खनाल

श्रीखबर/ प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपालको पर्यटकीय नगरी पोखरामा अंग्रेजी नयाँ वर्ष २०२५ लाई लक्षित गर्दै पोखरा सडक महोत्सवको २७औँ संस्करण आयोजना हुने भएको छ।

रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराको आयोजनामा आगामी २०८२ पुस १३ देखि १७ गतेसम्म फेवा ताल किनारको लेकसाइड क्षेत्रमा महोत्सव सञ्चालन हुने भएको हो।

लेकसाइडको करिब साढे तीन किलोमिटर क्षेत्र समेट्ने यो महोत्सवले विगत २५ वर्षदेखि निरन्तरता पाउँदै पोखरालाई अंग्रेजी नयाँ वर्षको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ´’ भन्ने मूल नारासहित आयोजना हुने महोत्सवले खानासँगै संस्कृति र संगीतको प्रवर्द्धनमार्फत पोखरासहित समग्र नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएको आयोजकले जनाएको छ।

* ऐतिहासिक महत्व बोकेको महोत्सव कुनै समय अंग्रेजी नयाँ वर्ष मनाउन नेपालीहरू भारतको गोवा र थाइल्याण्ड जाने परम्परा रहेकोमा पोखरा सडक महोत्सवले त्यो प्रवृत्तिलाई तोड्दै पोखरालाई नै अंग्रेजी नयाँ वर्षको प्रमुख गन्तव्यका रूपमा स्थापित गरेको छ। आज यो महोत्सव केवल एउटा कार्यक्रम मात्र नभई पोखराको पहिचान र गौरवमय इतिहासको अभिन्न अङ्ग बनिसकेको छ।

राजनीतिक अस्थिरता, आन्दोलन, २०७२ सालको विनाशकारी भूकम्प, कोभिड–१९ महामारी तथा पछिल्ला सामाजिक आन्दोलनजस्ता कठिन परिस्थितिका बाबजुद पनि महोत्सवले दिगो पर्यटनको सन्देश निरन्तर प्रवाह गर्दै आएको छ। हरेक सङ्कटपछि सुस्ताएको पर्यटन व्यवसायलाई पुनरुत्थान गर्न यस महोत्सवले सञ्जीवनीको भूमिका खेलेको आयोजकले जनाएको छ।

* पर्यटन प्रवर्द्धन र आर्थिक योगदान पोखरा आफैंमा प्राकृतिक तथा सांस्कृतिक खुला संग्रहालयजस्तै शहर हो। सडक महोत्सवले यही पहिचानलाई थप बलियो बनाउँदै पर्यटन तथा स्थानीय अर्थतन्त्रमा टेवा पुर्‍याउँदै आएको छ।

विशेष गरी जाडोयाममा पर्यटन व्यवसाय चलायमान बनाउन, स्थानीय कृषि उपज, हस्तकला तथा घरेलु उत्पादनको प्रवर्द्धन र बिक्रीमा सहयोग पुर्‍याउँदै आएको छ। क्रिसमस तथा नयाँ वर्षका अवसरमा विदेशी पर्यटकलाई नेपालमै आकर्षित गरी विदेशी मुद्रा आर्जनमा समेत प्रत्यक्ष योगदान पुर्‍याउने विश्वास आयोजकको छ।

* पोखरा भ्रमण वर्ष २०२५ सँग सहकार्य पोखरा महानगरपालिकाले घोषणा गरेको ‘पोखरा भ्रमण वर्ष २०२५’ लाई सफल बनाउने उद्देश्यसहित सडक महोत्सवलाई सहकार्यको माध्यम बनाइएको छ।

पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपी भट्टराईको समेत उपस्थिति आजै चितवनका पत्रकारहरुका बीच महाेत्सवकाे विषयमा छलफल तथा अन्तरक्रिया सम्पन भएकाे छ ।

महोत्सवका प्रमुख आकर्षणमा विभिन्न जातजातिका मौलिक सांस्कृतिक झाँकी र परम्परागत नृत्य प्रस्तुत हुने छन् भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिकारको स्वादहरुकाे मज्जा लिनपाउने आयाेजकले जनाएको छ।

उत्सव अवधिभर विभिन्न मनाेरन्जनात्मक कार्यक्रमका ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरूको लाइभ कन्सर्ट तथा लोकदोहोरी प्रस्तुत हुने जनाइएको छ।

साेही अवधिमा साहसिक तथा खेलकुद गतिविधि: फेवा तालमा बोट रेस, डक रेस, रस्साकस्सीका साथै पर्यटनसम्बन्धी टक शो, वृत्तचित्र प्रदर्शन र फोटो प्रदर्शनी हुने महाेत्सव सँयाेजक वसन्त गाेँतमले बताएका छन्।

महोत्सवको मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्रा.लि. रहेको छ भने बोटलर्स नेपाल (तराई) लि., दि नेपाल डिस्टिलरी, यति डिस्टिलरी, नेपाल टेलिकम, ZYN… रहेका छन्। बैंकिङ पार्टनर सिद्धार्थ बैंक लि. ले सह- प्रायाेजन गरेका छन्।

कार्यक्रमलाई गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषदलगायत निकायहरूकाे सहयोग रहेकाे जनाइएको छ।

मङ्गलबार, पुष ०१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-
नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत
नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद
समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह
दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

लोकप्रिय

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • ३.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

भर्खरै

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

  • ३.
    नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ७.
    दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ८.
    पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.