२०८२ मङ्सिर २८, आइतबार
Advertisement
श्रीखबर/काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनले पार्टीको भावी नेतृत्व संरचना निर्धारण गरेको छ।
महाधिवेशनले अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ रहने व्यवस्था पारित गरेको हो।
यसैगरी, पोलिटब्युरो ९९ सदस्यीय रहनेछ भने पदाधिकारीसहित केन्द्रीय कमिटी ३०१ सदस्यीय रहने निर्णय गरिएको छ।
स्थायी कमिटी पोलिटब्युरोको एक तिहाइ रहने व्यवस्था पनि पारित भएको छ।




