२०८२ मङ्सिर २५, बिहीबार
@ कृष्ण खनाल
श्रीखबर/ जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुनर्निर्माण योजनाका लागि गर्नुपर्ने फेहरिस्त तयार भएकाे छ।
साे कार्य काे अध्ययन गरि प्रतिवेदन तयार पार्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्की समक्ष पेश गरेको छ ।
आफु समेत सम्लग्न रहेर कार्य गर्ने अवसर प्राप्त गर्नुभएका उपसचिव तथा खैरहनी नगरपालिकाका प्रशासन प्रमुखबाट राष्ट्रिय याेजना आयाेगमा कार्यक्रम निर्देशककाे जिम्मेवारीमा जानुभएका बिष्णु प्रभा सापकोटा भन्नुहुन्छ `अत्यन्त कठिनपूर्ण काम ७५ दिनमै पूरागर्याैँ, तर यस्ताे काम अब कहिल्यै गर्न नपराेस्´।
`राष्ट्रिय योजना आयोगमा कार्यक्रम निर्देशकको रूपमा हाजिर हुना साथ समितिको सचिवालय टिममा रहेर कार्यसम्पादन गर्ने जिम्मेवारी मलाई पनि प्राप्त भयो । जेनजी आन्दोलनको क्रममा देश भरी ७ वटै प्रदेश ५४ जिल्लाका २६२ पालिकामा सरकारी, निजी क्षेत्र, घरपरिवार र सामुदायिक क्षेत्रमा भएको सम्पूर्ण क्षतिको तथ्याङ्क संकलन गरी सो को विश्लेषण र सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार गर्न ७५ दिनमा असम्भव छ । हामीसँग यती थोरै समयमा तोकेको कार्यसम्पादन गर्न सक्ने समय,सामर्थ र स्रोतको अभाव छ । यो सम्भव हुन्न, गर्न सकिन्न भन्नेहरू यत्रतत्र सर्वत्र हुनु हुन्थ्यो तर सबैकाे सकरात्मक इच्छाशक्तिका कारण सम्भव हुनसक्याे´ सापकोटाले भन्नुहुन्छ ।
तोकेको समय बीचमा दशैं तिहार जस्ता चाडहरूको लामो बिदा, बेमौसमी झरीको कहर, कुनै अतिरिक्त स्रोतको सुनिश्चितताको अभावमा असम्भव देख्नु जाहेज नै थियो । तर जिम्मेवारीलाई अवसरको रूपमा ग्रहण गर्दै ७५ दिन भित्र शून्य लागतमा आफ्नै कर्मचारीहरूबाट अनलाइन प्रणालीको निर्माण, त्यसको भौतिक तथा अनलाईनको माध्यमबाट अभिमुखीकरण,देशै भरबाट क्षतिको विवरण संकलन र प्रणालीमा प्रविष्टि, तथ्याङ्कको वैज्ञानिक र वस्तुनिष्ठ मूल्याङ्कन गरी समय सारणी सहितको स्पष्ट कार्यान्वयन कार्य योजना समावेश भएको सार्वजनिक संरचनाको पुन निर्माण योजना निर्माण गरी प्रधानमन्त्री समक्ष पेशगर्न सम्भव भएकाे वहाँ बताउनुहुन्छ।
निर्देशक सापकोटा सामाजिक सञ्जाल मार्फत भन्नुहुन्छ `यो एक युगले एक समयको लागि दिएको जिम्मेवारी थियो। अब देखि फेरी कसैले पनि खरानीको थुप्रोमा उभिएर डढेको सम्पत्तिलाई अंकमा उतार्न नपरोस् ´।




