×
आइतबार, असोज १८, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

लयमा फर्कन थाले नदीनाल

लोकप्रिय समाचार

  • १. वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २. नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • ३. दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ४. नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५. समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६. के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

  • ७. नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ८. दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ९. लयमा फर्कन थाले नदीनाल

  • १०. पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

साैराहामा १९औं चितवन हात्ती तथा पर्यटन महोत्सव २०८२ हुने

२०८२ मङ्सिर १४, आइतबार

Advertisement

@ कृष्ण खनाल

श्रीखबर, चितवन / विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जको पूर्वी काखमा अवस्थित प्रमुख पर्यटकीय केन्द्र सौराहामा इस वर्ष १९औं चितवन हात्ती तथा पर्यटन महोत्सव २०८२ भव्यतापूर्वक आयोजना हुने भएको छ।

रत्ननगर नगरपालिका संरक्षक र क्षेत्रीय होटल संघ नेपाल–चितवन आयोजनामा तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था सह–आयोजनामा हुने महोत्सव आगामी पौष ११ देखि १३ गते (२०२५ डिसेम्बर २६–२८) सम्म सञ्चालन गरिने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

वि.सं. २०५५ सालदेखि सुरु भएर निरन्तर परम्परा बनिसकेको यो महोत्सवले चितवनको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको आयोजकहरूको दाबी छ।

पछिल्ला वर्षमा हात्तीमाथि क्रूर व्यवहार भएको आरोप आउने गरे पनि आयोजकले यस वर्षका सबै गतिविधि कठोर संरक्षण मापदण्डअनुसार हुने स्पष्ट गरेको छ। वन तथा निकुञ्ज विभाग, नेपाल पर्यटन बोर्ड र पशु चिकित्सकको सशक्त समन्वयमा हानिकारक उपकरणको प्रयोग पूर्ण निषेध, प्रतियोगिता अघि–पछि स्वास्थ्य परीक्षण तथा केवल प्रशिक्षित महावतको सहभागिता सुनिश्चित गरिएको कार्यक्रम सँयाेजक गुणराज थपलियाले बताएका छन्।

“महोत्सव प्रतिस्पर्धाभन्दा पनि सहअस्तित्व, परम्परा र सद्भावमा केन्द्रित हुनेछ”, आयोजक समिति भनाइ छ।

दुई दशकभन्दा बढी इतिहास बोकेको चितवन हात्ती महोत्सवले स्थानीय पर्यटनमा वार्षिक २५–३० प्रतिशतसम्म पर्यटक वृद्धि गराउने आँकडा रहेको आयोजकको दाबी छ।

महोत्सवका कारण सौराहासहित चितवनका विविध पर्यटन गन्तव्य अन्तर्राष्ट्रिय बजारमा परिचित हुँदै आएको प्रष्ट पारिएको छ। यस वर्ष महोत्सव अन्तर्गत सौराहा तथा रेवान–सम्बद्ध होटल–रेस्टुरेन्टमा १०% छुट योजना लागू गरिनेछ।

कार्यक्रमकाे मूल आकर्षणकाे रुपमा —–

करिब ७०–८० वटा हात्ती सहित भव्य शोभायात्रा, विभिन्न समुदायको सांस्कृतिक झाँकी प्रदर्शन हात्ती श्रृंगार प्रतियोगिता महावतद्वारा हात्तीलाई कलात्मक स्केचिङ/सजावट विशिष्ट अतिथिद्वारा हात्ती बनभोज हात्ती स्वास्थ्य शिविर तथा जीवनशैली अवलोकन डुङ्गा दौड (रेस) हात्तीमैत्री खेल गतिविधि र सफारी बहुजाति, बहुभाषा, बहुसंस्कृतिको प्रवर्द्धनमूलक प्रस्तुति रहने आयाेजक सँस्थाका अध्यक्ष ओम प्रकाश पाण्डेले बताएका छन्।

आयोजकका अनुसार सौराहाको हात्ती महोत्सव मानव र वन्यजन्तुबीचको सद्भावपूर्ण सहअस्तित्वको प्रतीक हो।

महोत्सवले जिम्मेवार पर्यटन, वन्यजन्तु संरक्षण, जैविक विविधता र वातावरणीय सद्भावलाई अझ दृढ बनाउने लक्ष्य राखिएको जनाएको छ।

आइतबार, मङि्सर १५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-
नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत
नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद
समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह
दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

लोकप्रिय

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • ३.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

भर्खरै

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

  • ३.
    नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ७.
    दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ८.
    पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.