२०८२ कार्तिक ८, शनिबार
Advertisement
काठमाडौं । आगामी कार्तिक १२ का लागि आयोजना गरिएको नेकपा (एकीकृत समाजवादी )काे केन्द्रीय कमिटी बैठकमा पार्टी एकताको विषयमा छलफल हुने पार्टीका नेता तथा प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले बताएका छन्।
बामपंथीहरु बीच चलिरहेको एकता र त्यसपछिको स्थितिकाे बारेमा बैठकमा छलफल हुने बताउँदै अर्यालले भने वैचारिक विवाद, सङ्गठनकाे आन्तरिक द्वन्द्व समेत एकता पहिल्यै टुङ्याउँछाैँ।
समाजवादी माेर्चामा आवद्ध भएका दलका अतिरिक्त अन्य विचार समुहसमेत एकता कायमगरि वर्तमान सन्दर्भमा बलियो बामपंथी पार्टी बनाउने विषयमा बैठक केन्द्रित रहने उनले बताएका छन् ।




