२०८२ कार्तिक ७, शुक्रबार
काठमाडौं । जेनजी आन्दोलन क्रममा कैफियत प्रदर्शन र गतिविधिमा सँलग्न रहेकाे अभियाेगमा काठमाडौंमा धमाधम पक्राउ शुरुभएकाे छ ।
कर्तव्य ज्यान, लुटपाट, चाेरी देखि हातहतियार खरखजना,तथा अपराध कर्म गरेकाे अभियाेगमा समातिनेकाे सँख्या १ सय ३१ पुगेकाे प्रहरी श्रेातले जनाएको छ।
केहिलाई प्रहरीको हत्या आराेप लागेको छ भने २ जनाभने आपराधिक उपद्रवका कसुरदार छन् ।काठमाडौउपत्यका अपराध अनुसन्धान कार्यालय र मातहतका वृत्तले पक्राउ कार्य थालेपछि गतिविधिमा सँलग्नमा लागेकाहरुमा खैलाबैला शुरुभएकाे काठमाडौंका एसपि पवनकुमार भट्टराईले बताएका छन्।
यसैक्रममा आन्दोलन कै क्रममा फरार कैदिहरु मध्य १ सय ३६ कैदीहरु समातिएका छन् । ललितपुरमा समेत पक्राउ पर्नेकाे सँख्या २४ पुगेको छ।
आन्दोलनकाे क्रममा लुटिएको नयाँ बानेश्वर स्थित बाणिज्य बैँक लुट्नेहरुकाे समेत खाेजि भैरहेको एसपि भट्टराई भट्टराई बताउनु हुन्छ।
पक्राउ परेका अधिकाँश व्यक्तिहरुकाे विगत समेत अपराधिक कार्यमा सँलग्न रहेका बताएकाे छ।




