२०८२ असाेज १३, साेमबार
कृय्ण खनाल
आज बडा दशै अन्तर्गत सप्तमी तिथि । फूलपाती भित्याउने चलन। आज भित्रयाउने फूलपाती मध्य बेलपत्रलाई सबैभन्दा उत्तम र पवित्र वनस्पतिकाे रुपमा लिने गरिन्छ।
हिजाे अर्थात षष्ठी तिथिमा नै बेलकाे वृक्षमा गै बेललाई निम्ता दिने चलन छ । बेलमा देवीकाे बासहुने विश्वासका साथ अघिल्लो दिन नै `ॐ विल्वाय नम: मन्त्रद्वारा फूल,अक्षता,जाै, धुपदिप गरि फल सहितको बेललाई पूजा गरि फर्किने गरिन्छ। आज १३ कालरात्रीका साथै माता सरस्वतीकाे पूजा गर्ने दिन हाे । सरस्वतीका प्रतिकका रुपमा पुस्तक, कर्मस्थान र सामाग्रीकाे पूजा गरि आज बालिका भाेजन समेत गरिन्छ ।
यसपालिकाे फूलपाती भित्र्याउने शुभ साइत भने साँझ ५:५०बजेलाई उत्तम मानिसको पञ्चाङ्गविदहरु बताँछन्। फूलपाती भित्र्याउनका लागि केराकाे पात,धानकाे बाेट, दारिम,बेसार,कालाे हलेदाे,असारको पात, जयन्ती अनेकफूल ,फल सहितको बेलपत्रलाई राताे कपडामा पाेकाे पारर डाेलीमा राखि घण्टी बजाउँदै बाजागाजा सहित शक्तिपीठ र घरघरमा भित्याउने गरिन्छ।
फूलपाती नववटी देवीको प्रतीकको रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो । “केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आवाहन गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन्” उहाँले भन्नुभयो ।
फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउन साइतको आवश्यक्ता नपर्ने पनि प्रा डा भट्टराईले जानकारी दिनुभयो ।हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङको जीवनपुरसम्म दशैंघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका छ जना ब्राह्मणले ल्याउने परम्परा छ ।




