२०८२ असाेज ६, साेमबार
@ दुर्लभ बन्धु पाेखरेल
शरिरका विभिन्न भागमा ट्याटु खोप्ने चलन खुबै बढेकाे छ ।` किन खाेपिन्छ ट्याटु´ तर्कहरु अनेक छन् , खाेप्नेका। झट्टहेर्दा ट्याटुहरु कुनै शक्तिकाे प्रतिक, कुनै प्रेम का प्रतिक, कुनै सुन्दरताको प्रतिकको रुपमा देखिएपनि पछाडिकाे भाव भने फरक रहेकाे पाइन्छ । समाजका केहीकाे बुझाई के छ भने `यस जिवनमा , लोभ, पाप गरेर जतिसुनै नैतिक अनैतिक शु:ख सम्पति कमाएपनि यो आवदिक जिवनमा मर्दासगै लाैजाने भाैतिक चिज यहि ट्याटु बाहेक केहिपनि छैन। ट्याटु यस्तो चिज हो जो भाैतिक रुपमा निर्माण गरेर आफ्नो प्रार्थिव शरिरसँगै लाैजान सकिन्छ ´ – बुझाइ छ । यसै बुझाईले धेरै जनाले आफ्नो कमाईको केही अंश हिस्सा भएपनिसँगै लाैजाने हेतुले शरीरमा ट्याटु खोप्नेगरेकाे देखिन्छ।
ठ्याक्कै नेपाली राजनीति र नेताहरुकाे चेत यस्तै कि उनीहरु आफुसँगै पार्टी र प्रतिष्ठासँगै घाट लैजान चाहन्छ। आफुसँगै स्वर्गपनि । ट्याटुरुपी पद र प्रतिष्ठान जिवन प्रयन्त सती बाएर लैजाउँ भन्ने चेत र चेतना माैजुदा राजनितिक दल र नेतामा देखिएकाे छ । जसले बिति जानेलाई भन्दा बाँचेर विरासत धान्नेलाई चुनाैतिकाे रुपमा देखिदै छ। हुनत व्याक्तिको आयु को तुलनामा देश, दल, संघ, संस्थहरुको आयु निकै लामो हुनु पर्ने हाे तर हाम्रो देशको मूलधारका भनिने एमाले ,काँग्रेस ,माओवादी आदी प्रमुख दल को अवस्था हेर्ने होभने दलका नेतृत्वले आफ्नो जिवनसगँ दललाई पनि ट्याटु सरहसँग जल्नेगरि व्यवस्थापन गर्दैछन् , अझैपनि।
हुन त राजनीतिमा नयाँ पुस्ता निर्माण हुदैजाने र पुरानाे पुस्ताले स्वामित्व लिदै र नेतृत्व दिदै जानुपर्ने हुन्छ तर नेपालमा भने दाेश्राे पुस्तै निर्माण हुनै नदिने र हुनै नसक्ने परिस्थिति बनाइनु निराशाजनक अवस्था हाे । नेतृत्व भने पार्टी र पुस्ता आफुसँगै सती जाउन् भन्ने मनाेविज्ञनद्वारा ग्रसित देखिन। नेतृत्वसगसगै सती जानसक्ने दलको लिस्टमा अग्रपंक्तिमा दरिएकाे नेकपा एमाले ।
हिजोका दिनमा एमाले लगायतका दलहरुले देशलाई निकै ठुलो गुन पनि लगाएक छन्। व्यक्ति हत्याबाट माथि उठेर विश्व कम्युनिस्ट आन्दोलनको उग्रवामपन्थी भड्कावलाई विचारको वहस र शान्तिपुर्ण आन्दोलनबाट जनमत स्थापितगरि सरकार संचालनको माध्यमबाट जनपक्षिय कार्य सम्भव छ भन्ने मान्यता समेत नेपाली कम्युनिस्टले स्थापित गर्याे । निर्वाचनमा ब्यालेट थापेर देशको ठुलोदल बन्दै – बजेटलाई स्थानिय तहले परिचालन गर्ने गरि स्थानिय तहमा बजेट पठाउने, आफ्नोगाउँ आफै बनाउ भन्दै जनसहभागितामा बिकास निर्माण गर्ने योजना अगाडी सार्ने , नाै “स” को माध्यमबाट सुधारकायोजना अगाडी वढाउने, वृद्ध भत्ता जस्ता सामाजिक सुरक्षाका कार्य योजना अगाडी बढाउने, पारवहन सन्धी को माध्यबाट समुन्द्र सगको पहुच बिस्तारगर्ने, नाकाबन्दी मा डटेर सामाना गर्ने , आफ्नो देशको सिमा सम्बन्धमा अन्तराराष्ट्रिय फोरम मा आवाज उठाउने, पानिजाहज,मनोरेल, रेल जस्ताकुरा गफैमा सिमित भएपनी देशमा बिकास सम्भव छ भन्दै बिकासमा बहस चलाउने दलकाे श्रेणीमा एमाले उभिएकाे भन्दा कसैलाई अन्याय नहुन सक्छ।यति हुदा हुदैपनि एमाले को पछिल्लो नेतृत्वले १४ वर्षसम्म तपस्या गरी प्राप्त गरेको शेषनागको भन्दा फड्कारीलो जिव्रो, बिदुरको भन्दा बढ्ता ज्ञान, दुर्योधनको भन्दा बढ्ता दम्भ सकुनी भन्दा पनि चलाख अझ भन्ने हो भने अमरत्तो प्राप्त गरेका कारणले उनको जीवनसगै शरीरमा खोपेको ट्याटु जसरी एमालेपनि बिलिन हुने मोडमा नपुग्दै पार्टीलाई सुझबुझ तरिकाले बढ्न दिनुपर्ने देखिन्छ ।
एमाले लगाएत माैजुदा अवस्थाका पार्टीहरुमा निरन्तरताकाे मूल नेतृत्वको फेराे समातेकै भरमा राजनीतिकाे जगार तर्ने र क्षमताको बलमा बागडोर समाउनुकाे सट्टा पालाे पर्खेर बस्ने पुस्ता को पनि पार्टी र राजनीतिले गति नलिनुमा उत्तिकै भूमिका खेलेकाे देखिन्छ । सबै दलमा जीवनचक्र चल्न सक्नुपर्छ। एकातिरबाट पस्ने र चक्रमा चल्दै अर्को तर्फबाट निस्कने सिस्टम बिकास गर्न सकेन भने मुखबाट हालेको चिज तलबाट निस्केन भने पूरै शरीर विषाक्त भएसरी राजनीति हविगत हुन्छ , जुन हालकाे सिनारी हाे ।
इतिहास बनाएका पार्टी र नेताहरु भिरमा पुग्नु हुँदैन । एमालेलाई पनि राम राम जप्दैकै भरमा पार्टी जोगियोस भन्नेहरुको संख्या ठुलै छ तर काँधै हाल्ने आँट कस्ले हाल्ला याे नै मूख्य विषय हाे कसरी एमालेमा जुन पुस्ता क्रियासिल छ उ राम नाम जपेरै बस्ने पुस्ता छ। तो पुस्ताको अझै एमालेलाई आशिर्वाद त छ तर जुन पुस्ताको बल ले दलहरुलाई उर्जा थप्ने हो तो पुस्ता दलमा छिर्नकालागी दल को जिवनचक्र चलेकै छैन ।
९९ सय काैरव भाईहरुको मृत्यु पश्चात् पनि दुर्योधनमा जुन दम्ब थियो माैजुदा पार्टीका नेतृत्वमा पनि अझै बाकी छ। एमाले लगाएत नेतृत्वको आडमा अझैपनि अशाेस्थामा र कृतवर्मा बाँकी नै छन। तिनीहरुले नेतृत्वको साथ त्यतिबेलासम्म छोड्ने छाैनन् जतिबेलासम्म पुराना पार्टीकाे शरीरमा खोपेको ट्याटु जसरी नेतालाई पार्टी र प्रतिष्ठासँगै चितामा पुराउने छैनन्।




