×
सोमबार, असोज १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

लयमा फर्कन थाले नदीनाल

लोकप्रिय समाचार

  • १. वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २. नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • ३. दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ४. नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५. समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६. के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

  • ७. नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ८. दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ९. लयमा फर्कन थाले नदीनाल

  • १०. पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

सर्वहाराकाे अधिनायकत्व भित्र बहुदलीय जनबाद


कृष्णप्रसाद खनाल

Advertisement

२०८२ बैशाख ४,आइतबार

चितवन । सर्वहाराकाे अधिनायकत्वमा आधारित कम्युनिस्ट दर्शन भित्र जवर्जस्त विकास भएकाे बहुदलिय जनबाद नेपाली राजनीतिमा २०औं शताब्दीको उत्तरार्द्धमा विकसित माैलिक शिद्धन्त हाे ।

नेपाल सहित विश्व कम्युनिस्ट आन्दोलनलाई सृजनात्मक उचाइ प्रस्तुत गरेकाे याे दर्शन व्यक्तिको वैयक्तिक स्वतन्त्रकाे खाेजिगर्दै `अस्तित्वका लागि प्रतिस्पर्धा´ भन्ने मूल मर्मलाई समातेकाे छ।

नविनतम साेच र दर्शनका साथ उदय भएका एक सशक्त र दूरदर्शी नेताका रूपमा मदन भण्डारी जसले नेपाली समाज र कम्युनिस्ट आन्दोलनलाई एक नवीन दृष्टिकोण दिँदै ‘बहुदलीय जनवाद’ (People’s Multiparty Democracy) को सिद्धान्तकाे प्रतिपादककाे रुपमा परिचित छन्। यो सिद्धान्तले नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ मोड मात्र दिएको छैन कि लोकतान्त्रिक अभ्याससँग समेत मेल खाने वैकल्पिक मार्ग देखाएको छ।

१९९३ सालमा ताप्लेजुङमा जन्मिएका मदन भण्डारी विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । २०४६ को जनआन्दोलनपछि पुनःस्थापित प्रजातन्त्र र बहुदलीय प्रणालीबीच कम्युनिस्ट आन्दोलन कसरी व्यवहारिक र वैधानिक रूपमा सहभागी हुन सक्छ भन्ने चुनौती थियो। यसै सन्दर्भमा मदन भण्डारीले प्रतिपादन गर्नुभयो — `जनताको बहुदलीय जनवाद´। यो अवधारणाले तत्कालीन सोभियत शैलीको सर्वसत्तावाद र हिंसात्मक क्रान्तिको सट्टा लोकतान्त्रिक प्रतिस्पर्धा, मानवअधिकार, प्रेस स्वतन्त्रता, कानुनी राज्य र वैचारिक बहुलतालाई स्वीकार गरेकै आधारमा समाजवाद प्राप्त गर्न सकिन्छ भन्ने अवधारणा प्रस्तुत गर्याे । जनताको बहुदलीय जनवादका मुख्य विशेषताका भनेकै प्रतिस्पर्धामा श्रेष्ठता कायम गर्नु हाे।

समाजवाद प्राप्तिको लक्ष्य यथावत् राख्दै हिंसात्मक क्रान्तिको सट्टा शान्तिपूर्ण, लोकतान्त्रिक प्रतिस्पर्धाको माध्यम प्रयोग गर्ने नै बहुदलीय जनवादकाे मर्म हाे ।

सर्वसत्तावादी कम्युनिस्ट राज्य संरचनाको आलोचना भैरहेको बेला बहुदलीय प्रतिस्पर्धा, संसदवाद, मानवअधिकार र प्रेस स्वतन्त्रताको रक्षा गर्दै ‘जनताको मतमार्फत जनताकै शासन’ भन्ने सिद्धान्तमा विश्वास नै यसले गरेकाे दिशानिर्देश हाे।

मदन भण्डारीद्वारा प्रतिपादित जवजकाे सिद्धान्तले नेपाली कम्युनिस्ट आन्दोलनलाई कट्टरवादबाट हटाएर व्यावहारिक बनायो। यसले एमालेलाई नेपाली राजनीतिमा लोकतान्त्रिक शक्तिको रूपमा स्थापित गर्यो।

याे दर्शन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा नौलो आयामकाे प्रस्तुति हाे। बहुदलीय जनवाद विश्व कम्युनिस्ट आन्दोलनमै एक नवीन र सफल प्रयोगको रूपमा चिनियो। यो लेनिनपछिको वैकल्पिक दृष्टिकोण थियो जसले हिंसात्मक क्रान्तिको विकल्प खोज्यो।

मदन भण्डारीले ‘राजनीतिक दृष्टिकोणमा स्पष्टता’ को सन्देश दिँदै पार्टीलाई संस्थागत मार्गमा अघि बढाउन योगदान गरे। कम्युनिस्ट विचार र शिद्धन्तमै नयाँ विचार भर्ने मदन भण्डारी सहित जीवराज आश्रितकाे २०५० साल जेठ ३ गते दासढुंगामा भएको सडक दुर्घटनामा मृत्यु भयो।

उक्त दुर्घटनालाई आज पनि रहस्यमय मानिन्छ। यथार्थ पत्ता लगाउन औपचारिक प्रयासहरू भए पनि जनताका आँखामा अझै त्यो दुर्घटना रहस्यकै घेरामा छ। सारमा, मदन भण्डारी केवल एक नेता थिएनन्, उनी विचारक थिए। बहुदलीय जनवादले नेपाली राजनीतिमा सैद्धान्तिक स्पष्टता र लोकतान्त्रिक अभ्यासको संगम गरायो।

आज उनको अनुपस्थितिमा पनि उनको विचारले देशको राजनीति निर्देशित गरिरहेको छ। जेठ ३ गते केवल स्मृति दिवस मात्र होइन, विचार र मार्गदर्शनको पुनः स्मरण गर्ने अवसर पनि हो।

(लेखक पत्रकार खनाल राष्ट्रिय जनसाहित्यिक सङ्घ नेपालका केन्द्रीय सदस्य हुन् )

आइतबार, जेठ ०५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-
नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत
नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद
समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह
दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

लोकप्रिय

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • ३.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

भर्खरै

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

  • ३.
    नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ७.
    दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ८.
    पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.