×
सोमबार, असोज १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

लयमा फर्कन थाले नदीनाल

लोकप्रिय समाचार

  • १. वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २. नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • ३. दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ४. नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५. समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६. के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

  • ७. नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ८. दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ९. लयमा फर्कन थाले नदीनाल

  • १०. पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

राजनीतिमा रणनीति – गाेरखामा द्रव्य शाह राजा ,घलेसँगै साँस्कृतिक सत्ताकाे पतन


अनुसन्धान भ्रमण:
२०८२ बैशाख ३०, मँगलबार
कृष्णप्रसाद खनाल
नेपाल पत्रकार महासँघ गाेरखाकाे समन्वयमा गाेरखा नगरपालिका र जिल्ला समन्वय समिति गाेरखाकाे आतिथ्यतामा `गाेरखा – चितवन सम्पर्क समाज´काे टिमले हालै गाेरखाकाे ऐतिहासिक तथा सामाजिकसास्कृतिक महत्त्वका स्थानकाे स्थलगत अध्ययन,अनुशासन तथा अवलोकन भ्रमण सम्पन्न गरेकाे छ।
विज्ञ सहितकाे टाेलिले गाेरखा दरवार,गाेरखकालिका मन्दिरका साथै याेगी नरहरिनाथकाे तपाेस्थान समेत अध्ययन गरेकाे थियाे ।
अध्ययनका क्रममा अन्तर्राष्ट्रिय स्तरमै नेपाल र नेपालीकाे शान र प्रतिष्ठासहितकाे गाेरखाली´पहिचान बाेकेकाे गाेरखा भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुमा आधारित हाेटल,लज तथा रिसोर्टले उपलब्ध गराउने सेवा सुविधाका बारेमा समेत छलफल गरिएको थियाे । छलफलमा हाेटल व्यवसायीहरुकाे छाता सँगठन हाेटल व्यवसायी सँघ गाेरखाका अध्यक्ष  केशव कुँवर सम्लग्न हुनुहुन्थ्याे।
`गाेरखा गाउँ भिलेज´का सञ्चालक समेत रहनुभएका कुवरले गाेरखामा भएका हाेटल र उपलब्ध सेवाका बारेमा जानकारी गराउनुभएकाे थियाे।

 भ्रमणका क्रममा नेपालकै इतिहास,गहिराे साँस्कृतिक एवं नेपालकाे शाह वँशीय राजतन्त्रको आधारशीला रहनुकाे साथै बर्तमान र भविष्यको निर्णायक धराेहर लिगलिगकाेटकाे सामाजिक सास्कृतिक प्रष्टभूमि, इतिहास,बर्तमान र भविष्यकाे बारेमा अध्ययन सम्पन्न गरेकाे छ।

Advertisement
  • लिगलिगे दाैड: शाहवँशकाे उदय र घले राजाकाे अवसान:-

* गोरखाको प्राचीन सामाजिक संरचना र घले राजाको शासन लम्जुङ, तनहुँ, धादिङ, नुवाकोट लगायत क्षेत्रको संगम बिन्दु हो गाेरखा। उतिबेला देखि मगर, गुरुङ, घले, नेवार, ब्राह्मण, क्षेत्री आदिका बस्तीहरू रहेपनि —विशेषगरी तामाङ-मगर मूलका घलेहरु नै—गोरखाको राजनीतिक शक्ति केन्द्र थिए। उनीहरूको शासन पद्धति परम्परागत, मगरात शैलीको थियो।उतिखेर थुम (क्षेत्र) प्रमुखहरूको सल्लाहमा निर्णय लिने र राज्य प्रमुखलाई “घले राजा” भनिन्थ्यो ।जसले सामाजिक र धार्मिक दुवै भूमिकामा नेतृत्व गर्थे। घले शासकहरूले आफ्ना संस्कृति, परम्परा र भूमिसँग गहिरो सम्बन्ध राख्थे।एक स्वतन्त्र, सामाजिक सद्भावयुक्त, स्थानीय संस्कृतिमा आधारित राज्य थियो गाेरखा।

  •                                * नेतृत्व चयनको सांस्कृतिक विधि:
  • चेपेनदी दाैड प्रतियोगिताबाट नेतृत्व –

गोरखामा नेतृत्व चयनको अनौठो तर प्रभावकारी परम्परा थियो—चेपेनदी दौड। प्रत्येक सम्भावित उत्तराधिकारी अथवा दावेदारहरू गोरखा क्षेत्रको पहाडी भेगमा आयोजित दौडमा भाग लिने गर्थे। लिगलिगकोट नै दौडको अन्तिम बिन्दु मानिन्थ्यो। दौडमा विजयी हुनेलाई शारीरिक, मानसिक र धार्मिक रूपमा उपयुक्त मानिने परम्परा रहेका कारण नेतृत्व चयनमा जनताको स्वीकार्यता र सामूहिक आस्था झल्काउँथ्यो। यस परम्पराले नेतृत्वलाई संघर्षशील र जनउत्तरदायी बनाउन सहयोग पु-याएको थियो। प्रतियोगिताकाे विधिबाटै द्रव्य शाहले रणनीतिक वातावरण सृजना गर्दै  गोरखा राज्य हात मात्रै पारेनन् तात्कालिक घले राजतन्त्रकाे राज व्यवस्थालाई इतिहासकाे अभिलेखमा सिमित गरिदिए।

  • राजनैतिकमा रणनीति – द्रव्य शाहकाे वँशमा राजगद्दी

द्रव्य शाह लम्जुङ राजघरानाका राजकुमार थिए। सामरिक दृष्टिले महत्त्वपूर्ण ठाँउ थियो—पश्चिमका शक्तिशाली राज्यहरूसँग सिमाना जोडिएको, व्यापारिक मार्ग नियन्त्रण गर्ने क्षमतायुक्त क्षेत्र थियाे गाेरखा। लम्जुङको आन्तरिक दरबारिक प्रतिस्पर्धाले गर्दा द्रव्य शाहलाई त्यहाँ सन्तोषजनक भूमिका मिलेन। उनले गोरखा प्रवेशको अवसर खोजिरहेका थिए। १६१६ सालमा आयोजना गरिएको चेपेनदी दौडमा द्रव्य शाहले भाग लिए। उनीद्वारा दौड जित्नु केवल शारीरिक बलको उपलब्धि थिएन—उनीले दौड सुरु हुनुअघि नै कतिपय स्थानमा आफ्ना समर्थकहरू राखी अन्य प्रतियोगीलाई रोक्ने वा ढिल्याउने योजना बनाएका थिए। यसरी, दौडमा विजयी बनेका उनी परम्परा अनुसार गोरखाका राजा घोषित भए। तर यो रणनीति परम्परागत शासन पद्धतिको अन्त्य थियो।

  • घले राजाको अवसान: सांस्कृतिक सत्ता केन्द्रको पतन

द्रव्य शाहको विजयसँगै घले शासकहरूको युग नै अन्त्य भयो। यो केवल शासकीय परिवर्तन नभई सामाजिक-सांस्कृतिक सत्ताको विघटन पनि थियो। घले राजाको अन्त्यले मगर, गुरुङ र अन्य स्थानीय जातिहरूको परम्परागत स्वायत्ततामा गहिरो प्रभाव पार्‍यो। त्यसयता गोरखामा हिन्दु ब्राह्मणवादी शासकीय संरचना विस्तार हुँदै गयो, जसले परम्परागत आदिवासी शक्ति केन्द्रहरूलाई पन्छायो। सामाजिक रूपमा, शाह वंशीय शासनले गोरखामा बाहुन-क्षेत्री नेतृत्वलाई प्रवर्द्धन गर्‍यो।

संस्कृतिक रूपमा त्यो समयदेखि संस्कृत, धर्मशास्त्र, हिन्दु धर्मको प्रभाव बढ्न थाल्यो, जसले परम्परागत आदिवासी सांस्कृतिक प्रथालाई क्रमशः विस्थापित गर्‍यो।
                         # द्रव्य शाहको शासनकाल र त्यसको दीर्घकालीन प्रभाव:-
राज्य जितेपछि द्रव्य शाहले तत्कालै गोरखालाई सैन्य तथा प्रशासनिक केन्द्रमा रूपान्तरण गर्न थाले। स्थानीय सेनालाई संगठित गर्दै, कर प्रणाली विकास गर्दै, गढी निर्माण गर्दै उनी एक सशक्त राज्य बनाउने दिशामा लागे। यसले पछि पृथ्वीनारायण शाहद्वारा सुरु गरिएको नेपाल एकीकरण अभियानको जग हालिदियो। गोरखाको प्रशासनिक पुनःसंरचनाले सम्पूर्ण नेपालको शासनमा शाह वंशको प्रभुत्व स्थापित गर्‍यो।
तर, यसका पछाडिका ऐतिहासिक लगतहरू—स्थानीय जातिहरूको विस्थापन, सांस्कृतिक थिचोमिचो—समेत स्मरणीय छन्।
द्रव्य शाहद्वारा सम्पन्न गोरखाको राजनीतिक अधिग्रहण नेपाली इतिहासको एउटा निर्णायक मोड थियो। परम्परागत घले शासनको अन्त्यले जहाँ एकातर्फ शक्तिशाली राज्य निर्माणको मार्ग खोलेको थियो, अर्कोतर्फ एक पुरानो सामाजिक-सांस्कृतिक संरचनाको पतन पनि निम्त्याएको थियो।
गोरखाको यो ऐतिहासिक रूपान्तरणले नेपाली पहिचान, शासन र समाजको ढाँचा पुनःनिर्माण गर्‍यो। शत्ता र शक्तिका लागि राज्यव्यवस्थामा ठूला र दर्दनाक हत्या हिँसाकाे दरवारीया राजनीतिबाट बढिरहेको शाहवंशीय शासनकाे अन्त्यभनेराजा विरेन्द्रकाे बँशनास हुनेगरी भएकाे राजदरबार हत्याकाण्ड र देशमा जारी २०६२/६३काे जनआन्दोलन काे जगमा टेकेर बनेको राजनीतिक सँयन्त्रकाे निर्णयद्वारा सम्भव भएकाे हाे ।
(अनुसन्धान भ्रमणमा सहभागी लेखक कृष्णप्रसाद खनाल समाजशास्त्रमा स्नातकोत्तर पत्रकार हुन्।)

मङ्गलबार, बैशाख ३०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-
नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत
नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद
समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह
दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

लोकप्रिय

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • ३.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

भर्खरै

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

  • ३.
    नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ७.
    दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ८.
    पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.