२०८२ बैशाख १४, आइतबार
कृष्णप्रसाद खनाल,चितवन
आज मातातीर्थ औँसी। आमाको मुख हेर्ने दिन । एक महत्वपूर्ण सांस्कृतिक पर्व ।वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वले आमा र सन्तानबीचको गहिरो सम्बन्धलाई प्रगाढ बनाउने अवसर हाे।
समाजशास्त्रीय दृष्टिले हेर्दा, मातातीर्थ औँसी केवल व्यक्तिगत भावनाको विषय मात्र नभई, सामूहिक सामाजिक सम्बन्ध र मूल्यहरूको पुनर्नवीनीकरण गर्ने अवसर पनि हो।
# मातातीर्थ औँसी: धार्मिक र सांस्कृतिक महत्त्व धार्मिक विश्वाससँग जोडिएको पर्व हाे ।
विशेषगरी मातातिर्थ कुण्ड (काठमाडौंको पश्चिममा अवस्थित) मा स्नान तथा पूजापाठ गरेर दिवंगत आमाहरूको सम्झना गरिने धार्मिक परम्परा छ। जीवित आमा भए आमाको मुख हेर्ने, उपहार दिने र दिवंगत आमालाई सम्झने परम्परा विकसित भएको हो। यस पर्वले मातृत्वको सर्वोच्च सम्मानलाई सामाजिक चेतनामा स्थापित महत्त्वपूर्ण भूमिका खेल्दछ।
** समाजिक सम्बन्धमा मातातीर्थ औँसीको याेगदान-
१. पारिवारिक सम्बन्ध सुदृढीकरण-
- मातातीर्थ औँसीले सन्तानलाई आमाप्रतिको कर्तव्यबोध गराउँछ। यो दिनले आमा र सन्तानबीचको आत्मीयता बलियो बनाउने काम गर्छ। पारिवारिक एकता र भावनात्मक सम्बन्धलाई मजबुत पारछ।
- २. सामाजिक सामूहिकता र सद्भाव :- आमा र परिवारप्रति सम्मान जनाउने साझा संस्कारका कारण विभिन्न सामाजिक तहहरूमा सामूहिकता र सद्भावको भावना विकासमा टेवापुग्नु याे अैाँसीकाे महत्त्वपूर्ण अवसर हाे । यसले समाजभित्र सहानुभूति, सेवा र कृतज्ञता जस्ता मानवीय गुणहरूलाई प्रश्रय दिन्छ।
- ३. पुराना मूल्यहरूको संरक्षण :- आधुनिकताको प्रवाहसँगै कमजोर हुँदै गएको मातृत्वको आदर्श र कर्तव्यबोधलाई मातातीर्थ औँसीले पुनः जीवित राख्ने प्रयत्न गर्छ। परम्परागत संस्कारलाई नयाँ पुस्तामा स्थानान्तरण गर्ने माध्यमका रूपमा पनि यो पर्व महत्व रहेकाे छ।
- आधुनिक समाजमा मातातीर्थ औँसीको परिवर्तनशील स्वरूप;-अहिलेको व्यस्त जीवनशैली र प्रविधिले पारिवारिक सम्बन्धलाई केही टाढा पारेको छ।तर, मातातीर्थ औँसीजस्ता पर्वहरूले सन्तानलाई आमा र परिवारप्रतिको कर्तव्य सम्झाउने अवसर दिन्छ। प्रविधिको विकाससँगै सामाजिक सञ्जालमार्फत आमा प्रती सम्मान जनाउने नयाँ अभ्यासहरू पनि देखिन्छन्, जस्तै डिजिटल ग्रीटिङ कार्ड, भिडियो सन्देश आदिको आदानप्रदान। तर, व्यावसायीकरण (जस्तै महँगो उपहार किन्ने दबाब) को कारणले मूलभूत भावना ओझेल पर्ने खतरा पनि देखिन्छ। यस्तो अवस्थामा मूल सन्देश — कृतज्ञता र प्रेमलाई प्राथमिकता दिनुपर्ने खाँचो देखिन्छ।
- निष्कर्ष
- समाजशास्त्रीय दृष्टिले हेर्दा, मातातीर्थ औँसी नेपाली समाजमा केवल एक सांस्कृतिक उत्सव मात्र होइन, सामाजिक सम्बन्ध र मूल्यहरूको पुनःस्थापना गर्ने सशक्त अवसर हो। आमा र सन्तानबीचको सम्बन्धलाई बलियो बनाउँदै समग्र समाजमा मानवता, प्रेम र कर्तव्यबोधको भावना जगाउने यस पर्वको महत्व अझै बढ्नुपर्ने आवश्यकता छ।
- (लेखक कृष्ण खनाल समाजशास्त्रमा स्नातकोत्तर पत्रकार हुन् )




