×
सोमबार, असोज १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

लयमा फर्कन थाले नदीनाल

लोकप्रिय समाचार

  • १. वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २. नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • ३. दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ४. नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५. समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६. के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

  • ७. नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ८. दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ९. लयमा फर्कन थाले नदीनाल

  • १०. पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

पत्नीको अन्तिम बिदाइमा मलामी नजानु धर्मशास्त्र र नैतिकता विराेधी निकष्ट चलन हाे : कृष्णप्रसाद खनाल


२०८१ चैत्र ७, बिहीबार

Advertisement
चितवन ।  पति–पत्नीको सम्बन्धलाई अत्यन्तै पवित्र, जन्मजन्मान्तरसम्मको नाता मानिन्छ। अझ हिन्दू धर्ममा विवाह संस्कारलाई सात जन्मसम्मको बन्धनका रूपमा चित्रित गरिन्छ। तर, विडम्बना  हिन्दूधर्मी समाज मै अझैपनि यदाकदा पत्नीको निधन हुँदा पति मलामी नजाने प्रथा कतिपय समुदायमा आज पनि कायम छ।
किन जादैनन् त पति आफ्नी पत्नीकाे मलामी ? जान तयार हुँदै वा उसलाई राेक्छ समाजले ?
                                                  के छ त  परम्पराकाे आधार
  • यस प्रथाको प्रमुख आधार भनेको   पत्नीको अन्तिम संस्कारमा गएमा उनले पुनः विवाह गर्न नपाउने भन्ने धारणा हो।

परम्परागत रूपमा कतिपय समाजमा यो मान्यता रहँदै आएको छ, जसले पुरुषलाई स्वतन्त्र राख्ने परम्पराकाे निरन्तरतालाई मनाेबैज्ञानिक प्रभाव पार्छ। महिलालाई बाध्यात्मक रूपमा पतिसँगै सती जानुपर्ने जस्ता अन्धविश्वासी बल समेत यस्तै गलत परम्पराबाट सृजित उपज हाे ।

 धार्मिक ग्रन्थमा भने कतै पनि यो मान्यताकाे कुनै ठोस शास्त्रीय आधार पाईदैन । याे केवल कसैले उसकाे पक्षमा चलाएकाे गलत चलनकाे निरन्तरता मात्र हाे ।
हिन्दू धर्मग्रन्थहरूले पतिपत्नीबीचको सम्बन्धलाई समता, कर्तव्य, र परस्पर सम्मानमा आधारित बताएको पाइन्छ।
                                                           लेखक कृष्णप्रसाद खनाल
                                                                  *. के छ त धर्मशास्त्रमा
(क) गरुड पुराण अनुसार मृत्युसंस्कार:
गरुड पुराणमा मृत्युसंस्कार सम्बन्धी विस्तृत विवरण पाइन्छ। गरुड पुराणको १०.१५ श्लोकमा भनिएको छ— “यः पुनर्न जायते मृतः स प्रेतः स्मृतः सदा। अस्मिन्कर्मणि सम्प्राप्ते कर्तव्यमिति निश्चितम्॥”
अर्थात्, “मृत्यु एक अपरिहार्य सत्य हो। मृतकको अन्त्येष्टि कर्म गर्नाले मात्र आत्माले शान्ति पाउँछ।”
यसबाट के पुष्टि हुन्छ भने अन्त्येष्टि संस्कार एक धार्मिक कर्तव्य हो, जुन श्रीमान् वा श्रीमती दुवैले एकअर्काको लागि निर्वाह गर्नुपर्छ।
(ख) मनुस्मृति मनुस्मृतिले विवाहलाई धर्म, अर्थ, र कामको एक अभिन्न अंश मानेको छ।
मनुस्मृतिको ९.१०१ श्लोकमा भनिएको छ— “अन्या स्त्री धर्मकामार्था भर्तुः शुश्रूषते सदा। सा च लोकानवाप्नोति यत्र भर्ता सहागतः॥
“मजुस्मितिकाे ९.१०१ श्लोकमा प्रष्ट रुपमा उल्लेख छ कि “जे पतिले प्राप्त गर्छ, त्यही पत्नीले प्राप्त गर्छिन्। उनीहरू एकसाथ स्वर्ग वा अन्यलोकमा पुग्छन्।”
यस श्लोकले देखाउँछ कि पतिपत्नीबीचको सम्बन्ध जन्मपछि मात्र होइन, मृत्युपर्यन्त रहन्छ। जब सम्बन्ध मृत्युपर्यन्त छ भने, अन्तिम बिदाइमा सहभागिता नजनाउनु धार्मिक दृष्टिले समेत उचित हुँदैन। अर्थात धर्मको विरुद्ध हाे ।
व्यास स्मृति मा “शवलाई घाटसम्म पुर्‍याउनु सबैको कर्तव्य हो।” उल्लेख छ।
याज्ञवल्क्य स्मृति मा भनिएको छ कि “मृत आत्माको उद्धारका लागि आफन्तले अन्तिम संस्कार गर्नुपर्छ।”
कुनै पनि ग्रन्थमा पतिले आफ्नी पत्नीकाे अन्त्येष्टिमा मलामी नजानुपर्ने भन्ने उल्लेख गरिएको पाइदैन ।बरु,पत्नीसँगको सम्बन्ध धर्मसम्मत भएकोले अन्तिम बिदाइमा पनि पति सहभागी हुनुपर्ने नै धार्मिक दृष्टिले उचित देखिन्छ, हिन्दू धर्मले निर्देश गरेकाे छ।
आफुलाई बैज्ञानिक र समाजवादी युगमा प्रवेश गरेकाे वकालत गर्ने समाजमा अझैपनि एउटी महिला उ कसैकाे पत्नी भएकै कारणले उसका सबै इच्छा र चहना पतिकाे नाममा समर्पण गर्छिन् ।
अझ आफुलाई उन्नत समाजकाे २१ अैाँ शताब्दीकाे नागरिक हाैँ भन्ने समाजले पत्नी काे काेखकाट आफ्नाे थर गाेत्र जन्माउने र आफ्नाे बँश वृद्धिकाे जस लिन्छ त्यहि समाजमा तिनै पत्नीले अन्तिम बिदाइका लागि घाटसम्म जान राेक्ने र आफ्नी पत्नीको अन्तिम बिदाईमा जाने कार्यलाई कर्तव्य नसम्झने व्यक्ति र समाजलाई न्यायकारी समाज मान्न सकिदैन ।
पत्नीको अन्तिम संस्कारमा पति नजानु भन्ने चलन धर्मशास्त्रसंगत छैन। यो परम्परा गलत मान्यता र सामाजिक विभेदकै उपज हो।
एउटी नारीलाई घाटसम्म पठाएर अर्की महिलाकाे सिँउदाे सजाउने समयकाे पर्खाईमा पत्नीकाे अन्तिम बिदाईमा मलामीसम्म नबन्ने पुरुष , पुरुषवादी चेतकाे कलँक हाे । जसकाे मृत्युमा एउटी नारी हातका राता चुरा र गलाका राता पाेते पतिसँगै पठाउन र आफु सेताे काेरा कपडामा बेरीन तैयार हुन्छिन् ।
हिन्दू धर्ममा श्रीमान्–श्रीमती जन्मजन्मान्तरसम्मको सम्बन्ध हुने भनिएको छ  । तसर्थअन्तिम यात्रामा पनि पत्नीलाई सम्मानपूर्वक बिदाइ दिनुपर्छ।
 ( लेखक कृष्णप्रसाद खनाल -समाजशास्त्र  [लैङ्गिक तथा महिलावादी आन्दाेलन मूल विषय] मा स्नातकोत्तर पत्रकार हुन् ।)

बिहिबार, चैत ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-
नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत
नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद
समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह
दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

लोकप्रिय

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • ३.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

भर्खरै

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

  • ३.
    नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ७.
    दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ८.
    पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.