×
सोमबार, असोज १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

लयमा फर्कन थाले नदीनाल

लोकप्रिय समाचार

  • १. वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २. नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • ३. दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ४. नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५. समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६. के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

  • ७. नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ८. दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ९. लयमा फर्कन थाले नदीनाल

  • १०. पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

चलचित्र महाेत्सवले नेपाली चलचित्र प्रवर्द्धन र विकासमा टेवा पुर्याउने छ : विमल पाैडेल, सँयाेजक,दक्षिण एशियाली चलचित्र महाेत्सव


Advertisement

२०८० माघ १६, मङ्गलबार

चितवन । यहि माघ १८ गतेबाट चितवनकाे साैराहामा दक्षिण एशियाली चलचित्र महाेत्सव हुनेभएको छ। नेपाली चलचित्रकाे प्रवर्द्धन र विकासमा टेवापुर्याउने उद्देश्यले महाेत्सवकाे आयाेजना गरिएको आयाेजक समितिका सँयाेजक विमल पाैडेलले बताउनुभएको छ। ” समृद्धिकाे पूर्वाधार ,पर्यटनकाे आधार ” भन्ने मूल नाराका साथ साैराहाकाे प्रदर्शनी मैदानमा माघ २१ गतेसम्म सञ्चालन हुने अन्तर्राष्ट्रियस्तरकाे चलचित्र महाेत्सवकाे भैरहेकाे तैयारीका बारेमा  समितिका सँयाेजक विमल पाैडेलसँग श्रीखबर अनलाइन सञ्चारका लागि पत्रकार कृष्ण खनालले गर्नुभएको कुराकानीकाे सम्पादित अंश:

 

* विमल जी नमस्कार । सर्वप्रथमत:अन्तर्राष्ट्रिय स्तरकाे चलचित्र महाेत्सवकाे आयाेजना त्याेपनि पर्यटकीय नगरी साैराहामा आयाेजना हुन गैरहेकाेमा महाेत्सवकाे भव्य सफलताको शुभकामना । अलिकति बताइदिनुस् न तैयारी कसरी हुँदैछ र कहाँ पुग्याे ?

# विमल पाैडेल – धन्यवाद । हाे अन्तर्राष्ट्रिय स्तरकाे चलचित्र महाेत्सवकाे आयाेजना चितवनकाे साैराहामा यहि माघ १८ गते देखि शुरु हुँदैछ । सर्वप्रथमत: याे महाेत्सव सफल पार्न सहयाेग गर्न स्थानीय सरकार, विभिन्न सँघसँस्था, निकाय एवँ पत्रकार तथा मिडियाकर्मी साथीहरूसँग हार्दिक अपिल गर्न चाहन्छु । महाेत्सवलाई भव्य रुपमा सम्पन्न गर्नाका लागि सहयाेग र सहयात्री भैदिनुहुन आयाेजककाे तर्फबाट सबैमा हार्दिक अनुरोध समेत गर्दछु ।

तैयारीका विषयमा भन्नुपर्दा हामीले नारा नै ” सँवृद्धिकाे पूर्वाधार , पर्यटनकाे आधार ” आधार तय गरेका छाैँ । महाेत्सव परिसरमा विभिन्न प्रकृतिका १०० वटा स्टल हुनेछन् भने करिव ६० बटा स्टल बुकिङ भैसकेको र धमाधम बुकिङ भैरहेका छन् । महाेत्सवमा नेपाल लघु चलचित्रकाे समेत विभिन्न विधामा प्रतिस्पर्धा हुनेछ । प्रतिस्पर्धाका लागि चलचित्रहरु दर्ता भैरहेका छन् ।

* महाेत्सवमा कति दर्शकहरुकाे सहभागीताकाे अपेक्षा गर्नुभएको छ, कति काराेवार हाेलान् त ?

# विमल पाैडेल – हाे, हामीले यस महाेत्सवमा ५० हजार दर्शकहरुले अवलोकन सहभागीता जनाउनुहुने अपेक्षा गरेका छाैँ भने ५० लाख बराबरको काराेवार हुने अपेक्षा गरिएको छ ।

* कार्यक्रमकाे थप आकर्षण नी ?

# विमल पाैडेल – राम्रो प्रशँग उठाउनुभयाे , धन्यवाद । हाे यस महाेत्सव अवधिमा चलचित्र सहित समग्र पर्यटनको विकासका लागि राज्य र निजी स्तरबाट गर्नुपर्ने पहलका विषय गहन छलफल, बहस गरी नीतिगत सुधारका लागि सरकारकाे ध्यानाकर्षण गराइने छ । रत्ननगर नगरपालिकाकाे मुख्य सहयाेग र धेरै सहयाेगी निकाएकाे सहभागितामा सञ्चालन हुने याे महाेत्सवमा सार्कका ८ राष्ट्रका चलचित्रकर्मीहरुकाे उपस्थिति रहने छ । कार्यक्रमकाे माध्यमबाट एशियाली क्षेत्रका नविनतम कला सिर्जनाकाे समेत अवसर प्राप्त हुने छ भने कला र सँस्कृति आदानप्रदानमा सहयोग पुग्ने छ ।

* पुरस्कारकाे केही व्यवस्था पनि छ कि ?

# विमल पाैडेल – छ । महाेत्सवमा उत्कृष्ट चलचित्र निर्देशक,उत्कृष्ट निर्देश र उत्कृष्ट लेखन विधामा तीनबटा चलचित्रलाई सम्मान गरिने छ । कार्यक्रममा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुले प्रस्तुति दिनुहुने छ ।

* अरु कार्यक्रम नि हुन्छन् कि?

# विमल पाैडेल – हाे, उत्कृष्ट चलचित्रलाई अवार्ड गरिनुका साथै चलचित्रको प्रदर्शनी ,चलचित्रकर्मीसँग साक्षत्कार , विभिन्न निकायसँग विकास र सम्वृद्धिका विषयमा छलफल हुनुका साथै मैत्रीपुर्ण खेलसमेत हुने छ । महाेत्सवकाे माध्यमबाट केही सुस्ताएकाे पर्यटनलाई समेत चलयमान गर्न मद्दत पुग्ने अपेक्षा गरिए छ ।

* व्यस्त समयकाे विचबाट सँक्षिप्त कुराकानीका लागि समय व्यवस्थापनका लागि तपाईं र आयाेजक टिमलाई हार्दिक धन्यवाद ।

# चलचित्र महाेत्सवकाे कार्यक्रमलाई महत्व दिएर सचिवालयसम्म आइ कार्यक्रमकाे बारेमा जनमानसमा सुसुचित गराउने अवसर प्रदान गर्नुहुने तपाईं र श्रीखबर अनलाइन सञ्चार परिवार प्रति आभारी छाैँ ।, धन्यवाद ।

मङ्गलबार, माघ १६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-
नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत
नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद
समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह
दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

लोकप्रिय

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    नारायणीमा अड्किएको राइनो क्रुजले उठाएको प्रश्न :लापरवाही कि दुर्घटना

  • ३.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ: सचेतक युवराज दुलाल,नेकपा

भर्खरै

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

  • ३.
    नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ७.
    दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ८.
    पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.