Open photo

२०८० मङ्सिर ५ मँगलबार।

प्रकाशबाबु खनाल / चितवन

रत्ननगर । पर्यटकीय नगरी सौराहामा दक्षिण एसियन चलचित्र महोत्सव हुने भएको छ ।  मङ्सिर २९ गतेबाट शुरु हुने महाेत्सवले साैराहा र यस क्षेत्रमा पर्यटन प्रवर्द्धनमा समेत टेवापुग्ने अपेक्षा गरिएको आयाेजकले जनाएको छ।

क्याराभान नेपालको आयोजनामा हुन लागेको यो महोत्सवमा स्टलहरु पनि रहने छन् । स्थानीय उत्पादनहरुलाई प्रथमिकतामा राखेर स्टलहरु बुकिङ कार्य सुरु भएको आयोजकले जनाएको छ । रत्ननगरको सौराहा जाने बाटोमा रहेको चित्रसारी पुल नजिकैको खाली चौरमा महोत्सव हुन लागेको हो ।

दैनिक ४० हजार दर्शकले अवलोकन गर्न मिल्ने गरी स्थान कम्पाउण्डिङ गरिने अयोजकले जनाएको छ । महोत्सवमा सार्क राष्टहरुको दुतावासबाट छनौटमा परेका चलचित्रहरुको सहभागिता तथा प्रदर्शन हुने महोत्सव आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएकाे हाे ।

नेपाली चलचित्र तथा नेपाली कलाकारितालाई नियाल्न महोत्सव फलदायी हुने चलचित्र विकाश वोर्डका सदस्य रविचन्द्र अधिकारीले बताए । महोत्सवमा सार्क राष्टहरुका साना तथा ठुला चलचित्रहरु समेत प्रदर्शन हुने सँस्थाका कार्यक्रम सँयाेजक विमल पाैडेलले पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।

पौष ३ गतेसम्म संचालन हुने महोत्सवमा  राष्ट्रियस्तरका कलाकारहरु राजु परियार , माण्डवी त्रिपाठी, शिला आले लगायतको प्रस्तुती समेत रहने  छ भने कलाकारहरु र दर्शक श्रोताहरु बीच अन्तरकृयाको पनि व्यवस्था मिलाइएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियाे । महोत्सव अवधिमा पूर्वी चितवन र पश्चिम चितवनका खेलाडीहरुको विचमा मैत्रीपूर्ण फुटवल प्रतियोगिता हुने महोत्सव प्रचार प्रसार समितिका संयोजक पूजन लामिछाने ले जानकारी  दिए।

महोत्सवबाट प्राप्त हुने रकममा अतिथिहरुलाई दिइने मायाको चिनो, टफी लगायतमा हुने अनावश्यक खर्च समेत कटौती गरी प्राप्त रकम यस क्षेत्रका विपन्न तथा गरिवहरुको स्वास्थ्य बीमा गराउने आयाेजना रहेकाे पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक विमल पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0