Open photo

२०८०असाेेज ११, बिहीबार ।
चितवन। नेपाल कै इतिहासमा आफ्नै स्वमित्वमा रहेकाे भूमिमा आफ्नै भवन बनाउने महत्त्वपूर्ण कार्य सन्चालन गरिरहेकाे प्रेस चाैतारी नेपाल चितवनले निर्माणाधीन भवनकाे स्वामित्व र अपनत्व निर्माण र ग्रहण गर्दै भावनासँग जाेड्ने अवसरकाे श्रृजना गरिरहेकाे छ ।
”  चाैतारी भवनकाे निर्माणकाे याेजना प्रेस चाैतारी नेपाल चितवन शाखाकाे रहेपनि याे सिङ्गो प्रेससँग सम्बन्ध राखै नेपाली , नेपाल र विश्व समुदायकाे साझा चाैतारी ” भएकाेले भवन निर्माण कार्यमा सराेकारवाला हरेकलाई आफ्नाे परिस्थिति र अनुकुलताका आधारमा जाेडिन आव्हान गरिएकाे प्रेस चाैतारी चितवनका अध्यक्ष सुवास पण्डितले बताउनुभएकाे छ ।
“नेपाल मै पहिलाे चाैतारी भवन निर्माण हुनु आफैँमा इतिहास रच्ने कार्य समेत भएकाेले याे पवित्र कार्यमा आ- आफ्नाे परिवेश र स्थानबाट जाेडिएर सहयाेग गर्न सबै सहयाेगी व्यक्ति , समुदाय तथा साथीहरूमा म हृदय देखि आवह्वान गर्दछु”- अध्यक्ष पण्डितले भन्नुभयो ।
भवन निर्माणकाे कार्यमा आर्थिक नैतिक भाैतिक रुपमा सहयाेग गर्नुहुने सबै व्यक्ति तथा निकायलाई चाैतारी भूमि र जिम्मेवारीमा टेक्दै हार्दिक कृतज्ञता तथा धन्यवाद त छदैछ अझ सबैले याे अभियान मेराे पनि  हाे भन्ने भावनालाई मनैबाट जाेड्दै निर्माण कार्यमा सहयात्रा गर्दै भाैतिक उपस्थितिमा श्रमदान मार्फत आफ्नो अपनत्व ग्रहण गर्नका लागि फुर्सदकाे समयमा भवन निर्माणस्थलमा उपस्थित भै श्रमदानमा सँलग्न हुन समेत सबै शुभचिन्तक तथा चाैतारी प्रेमी साथीहरूमा हृदय देखि आव्हान समेत गरिएको अध्यक्ष पण्डितले बताउनुभयो ।
भरतपुरकाे वडा नम्बर ११ स्थित बसेनीमा निर्माणाधीन सुविधा सम्पन्न चाैतारी भवनका लागि विभिन्न व्यक्ति तथा सँघ सँस्थाले विभिन्न परिवेश र अवसर पारेर आर्थिक सहयाेग प्रदान गरिरहेका छन् । चाैतारी भवन निर्माण कार्यलाई सवै समुदायले गर्वका साथ अपनत्व ग्रहण गराेस् भन्ने साेचका साथ सहयाेग प्राप्त भैरहेकाे र अझै सहयाेगका लागि ठुलाे समुदाय र अवसरले हामीलाई खाेजीरहेकाे महशुस भएकाे अध्यक्ष पण्डितले बताउनुभयो ।

समाजसेवी तथा जग्गा व्यवसायी केशव कार्कीले नि:शुल्क सहयोग गर्नुभएको करिव ६० लाख मुल्यकाे साे जमिनमा दुई तला र आधाकाे सुविधा सम्पन्न ” चाैतारी भवन ” काे निर्माण कार्य चलिरहेकाे छ भने सहयाेगी साथीहरूले भाैतिक उपस्थितिमा श्रमदान सँचालन भैरहेकाे र आगामी शनिबार बिहान पनि इच्छुक साथीहरूले श्रमदान गर्नसक्ने भवन निर्माण समितिले जनाएकाे छ ।

यसै बिच चाैतारी चितवनकाे याे सामुहिक अभियानले आफुलाई पनि समाहित हुन प्रेरित गरेकाे भन्दै खैरहनी नगरपालिकाका उपमेयर कविता उप्रेतीले चाैतारी चितवनका सचिव मार्फत रु. २५ हजार आर्थिक सहयाेग गर्नुभएकाे सचिव ध्रुवराज खनालले जानकारी दिनुभयो ।

निर्माणाधीन भवन सम्पन्न गर्न करिव १ कराेड ५० लाख लाग्नेअनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0