२०८०असाेज १०, बुधबार ।

भरतपुर ,चितवन।नजिकिँदै गरेका पर्वहरुलाई लक्षित गर्दै नेपाली जुत्ता घरकाे सहकार्य र चितवन उद्योग सँघकाे आयाेजनामा ” पर्व विशेष मेला – २०८०” शुरुभएकाे छ । चितवन उद्योग सँघकाे भरतपुर १० स्थित प्रदर्शनी कक्षामा असाेज १० बाट शुरुभै ३० गतेसम्म बिक्रीका लागि प्रदर्शनी हुने साे मेलाको एक समारोह बीच उद्घाटन सम्पन्न भयाे ।

Open photo

कार्यक्रमकाे उद्घाटन गर्दै चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले यस्ता बिक्री प्रदर्शनीले राष्ट्रिय उद्योग तथा उत्पादन प्रवर्द्धनमा सकरात्मक भूमिका खेल्ने बताउनुभयो । मेला समुद्घाटन कार्यक्रममा नेपाल उद्योग परिसँघ गभर्निङ काउन्सिलका सदस्य कृष्णप्रसाद अधिकारी , उद्योग परिसँघ बागमती प्रदेश अध्यक्ष भेषराज दुवाडी सहित उद्योग व्यवसायी तथा सँघ सँस्थाका प्रतिनिधि का साथै जुत्ता उत्पादन तथा विक्री , उत्पादक कम्पनी काे उपस्थिति रहेकाे भयाे

Open photo

मेलामा देश भित्रका गुणस्तरीय जुत्ता उत्पादन कम्पनीका विभिन्न व्राण्ड र साईजका लेडिज , जेन्स तथा बालबालिकाहरुका जुत्ता चप्पल विशेष छुटका साथ बिक्री हुने नेपाली जुत्ता घरका अध्यक्ष हाेमनाथ उपाध्यायले बताउनुभयो ।

‘ गत वर्ष नै हामीले चितवनबाट शुखद व्यवसायीक अनुभव र चितवन र आसपासका उपभोक्ता जनसमुदायबाट अपार मायाँ र विश्वास प्राप्त गरिसकेकाे अनुभवका आधारमा यश वर्ष पनि राम्रो व्यापार हुनुका साथै ग्राहक र शुभचिन्तकहरुकाे उल्लेख्य मायाँ प्राप्त हुने अपेक्षा लिएका छाैँ- अध्यक्ष उपाध्यायले भन्नुभयो ।

गत वर्ष पनि जुत्ता घरकाे सहकार्यमा चितवन उद्योग सँघले प्रदर्शनी कक्षमा जुत्ता चप्पलकाे विक्री प्रदर्शनी सम्पन्न गरेकाे थियाे । गत वर्ष पनि राम्राे व्यापार भएकाे अनुभवका यसपलि पनि राम्रै व्यापार हुने crossroad shoesका स्टल सँयाेजक कृष्णकुमार फुँयालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0