२०८०असाेज ५, शुक्रबार ।

भरपुर चितवन। पर्यटकीय नगरी चितवनकाे केन्द्र भागमा रहेकाे भरतपुर ११ स्थित नवजागृति सामुदायिक वनले आफ्नाे रजत महाेत्सवकाे असाेज ६ गते एक भव्य कार्यक्रमका बिच समापन गर्दै छ।

Open photo

बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जमरकट्टेलकाे प्रमुख आतिथ्यतामा सम्पन्न हुने साे रजत महाेत्सव सभामा यस क्षेत्रबाट प्रतिनिधित्व गर्नुहुने मन्त्री ,साँसद का साथै स्थानीय पालिकाका प्रमुख सहितकाे उपस्थिति रहने सामुदायिक वनका अध्यक्ष देवकुमार गुरुङले श्रीखबर अनलाइन सञ्चारलाई बताउनुभयो ।

Open photo

करिव ४ कराेडमा बनेकाे सुविधा सम्पन्न ईकाे चिल्ड्रेन पार्क तथा रजत स्तम्भ अनावरण समेत गरिने कार्यक्रम मा स्थापना काल देखि हालसम्म यस सामुदायिक वनलाई विभिन्न समय र परिस्थितिमा याेगदान गर्नुहुने समाजसेवीलाई सम्मान गरिनुका साथै समग्रतामा तयार पारिएको स्मारिका समेत लाेकार्पण हुने समितिका उपाध्यक्ष नवजागृति ईकाे पार्कका सँयाेजक नारायणबहादुर के. सीले जानकारी दिनुभयाे ।

२०५५ सालमा भरतपुर काे ११ नम्बर वडाका स्थानीय सँरक्षककर्मीहरुकाे सकृयतामा याे वन उपभोक्ता समुहकाे गठन भएकाे हाे । वनकाे समुदायमा हस्तान्तरण भने २०७३ साल असार ३ गते भएकाे थियाे । यस नवजागृति वनले ३ सय १५.७६ हेक्टर क्षेत्रफल ओगटेको छ समुहमा हालसम्म ४ हजार १ सय २९ घरधुरी आबद्ध रहेका छन् ।

“कहिले वनमा रुख ढल्ला र काटाैँला भन्ने साेचबाट माथि उठेर बैकल्पिक आम्दानीको खाेजी गर्दै वनकै काखैमा करिव ४ कराेडकाे लगानीमा सुविधायुक्त ईकाे चिल्ड्रेन पार्क निर्माण गरेका छाैँ ” अध्यक्ष देवकुमार गुरुङले भन्नुभयो । भाेली मुख्यमन्त्री ज्यूबाट पार्ककाे उद्घाटन गरे पछि व्यवसायीक रुपमा पार्क सञ्चालनमा आउने पार्क व्यवस्थापन समितिका सँयाेजक नारायण बहादुर के . सीले बताउनुभयो ।

“ईकाेपार्कलाई साच्चिकै “sweet Dream” काे रुपमा स्थापित गरेछ – सँयाेजक के.सीले भन्नुभयाे । कार्यक्रमलाई भव्यरुपमा सम्पन्न गर्ने वडा भित्ररहेका सबै टाेल विकास सँस्थाबाट बाजागाजा सहित टाेल टाेलबाट -र्याली ईकाे पार्कमा जम्मा भै सभामा परिणत हुने रजत महाेत्सव आयाेजक समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0