×
बुधबार, असोज २१, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू

संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

लोकप्रिय समाचार

  • १. वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २. संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

  • ३. कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू

  • ४. दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

२५ जनाको ज्यान लिने ‘ध्रुवे’ फेरि नियन्त्रणमा, नयाँ रेडियो कलर जडान र दाह्रा छोट्याइने

२०८३ असार २४, बुधबार
श्रीखबर/चितवन, असार २४ । चितवन राष्ट्रिय निकुञ्ज आसपासका बासिन्दाका लागि वर्षौंदेखि त्रासको पर्याय बनेको जंगली भाले हात्ती ‘ध्रुवे’ लाई पुनः नियन्त्रणमा लिएर नयाँ रेडियो कलर जडान गर्ने र उसका दाह्रा छोट्याउने तयारी गरिएको छ। मानव बस्तीमा पटक–पटक प्रवेश गरी हालसम्म २५ जनाको ज्यान लिइसकेको ध्रुवेमाथि निकुञ्ज प्रशासनले पुनः निगरानी बढाउने निर्णय गरेको हो।
यो निर्णय गत शनिबार भरतपुर महानगरपालिका–२३ मा भएको दर्दनाक घटनापछि गरिएको हो। ध्रुवेको आक्रमणबाट २१ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटे को ज्यान गएपछि स्थानीयमा फेरि त्रास फैलिएको छ। घटनापछि ध्रुवेलाई प्रभावकारी रूपमा निगरानीमा राख्न निकुञ्ज प्रशासन सक्रिय भएको हो।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुन का अनुसार ध्रुवेलाई विशेष डार्ट प्रयोग गरी बेहोस बनाइनेछ। त्यसपछि उसका दाह्रा छोट्याइने र अत्याधुनिक रेडियो कलर जडान गरिनेछ।
निकुञ्जले यसअघि पनि ध्रुवेको दाह्रा छोट्याएको र रेडियो कलर जडान गरेको थियो। तर पुरानो उपकरणले समयमै हात्तीको अवस्थाबारे सूचना दिन छाडेपछि प्रभावकारी निगरानीमा समस्या देखिएको थियो। अब जडान गरिने नयाँ प्रविधियुक्त रेडियो कलरमार्फत ध्रुवे मानव बस्ती नजिक पुग्नेबित्तिकै सम्बन्धित निकाय र स्थानीय समुदायलाई तत्काल सूचना पुग्ने अपेक्षा गरिएको छ।
निकुञ्ज प्रशासनको विश्वास छ कि नयाँ प्रविधिले मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न, स्थानीयको ज्यान जोगाउन र आवश्यक सतर्कता अपनाउन महत्वपूर्ण भूमिका खेल्नेछ। यद्यपि स्थानीयवासीले भने केवल निगरानी मात्र नभई ध्रुवेको आतंकबाट स्थायी समाधान खोज्न सरकारसँग माग गरिरहेका छन्।
वर्षौंदेखि चितवनका विभिन्न बस्तीमा आतंक मच्चाउँदै आएको ध्रुवेको नामसँग २५ जनाको मृत्यु जोडिइसकेको छ। पछिल्लो घटनाले फेरि मानव र वन्यजन्तुबीचको द्वन्द्व गम्भीर बन्दै गएको संकेत गरेको छ। अब निकुञ्ज प्रशासनले थालेको यो नयाँ प्रयासले स्थानीयको सुरक्षा कत्तिको सुनिश्चित गर्न सक्छ भन्ने चासो बढेको छ।

Advertisement

बुधबार, असार २४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू
संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक
वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-
नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत
नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

लोकप्रिय

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

  • ३.
    कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू

  • ४.

  • ५.
    नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ६.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ७.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ८.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.