×
बिहिबार, कार्तिक ०६, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

टीका लगाउने कि बार्ने – शास्त्र के भन्छ

सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी

चितवनमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ हुँदै, ६० स्टल र २५ हजार दर्शकको लक्ष्य

मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधारको आवश्यकता : छ एमाले वरिष्ठ नेता भण्डारी

चितवन उद्योग संघका सञ्चार अधिकृत राजु भट्ट ‘वर्ष उत्कृष्ट कर्मचारी’ बाट सम्मानित

विश्वकप लिग टुःनेपालले क्यानडालाई २४ रनले हरायो

बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे

पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन

हिमपहिरो वा सुक्खा पहिरोले नदी थुनिएर खुलेको आशंका, सेनाको हेलिकप्टरबाट ६ जनाको उद्धार

लोकप्रिय समाचार

  • १. टीका लगाउने कि बार्ने – शास्त्र के भन्छ

  • २. सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी

सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी


३ कार्तिक २०८३, मंगलबार

Advertisement

वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नियन्त्रण गर्न सीमा बन्द नगरे र अपराधमा संलग्न व्यक्तिहरूलाई देशबाट निष्कासन नगरे युरोपको अस्तित्व सङ्कटमा पर्ने चेतावनी दिएका छन्। उनले फ्रान्ससहित युरोपका विभिन्न देशमा देखिएको अशान्तिको मुख्य कारण आप्रवासन भएको दाबी गरेका छन्।

ह्वाइट हाउस बाहिर सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले फ्रान्सको समस्या शिक्षा वा घरेलु नीतिसँग नभई आप्रवासनसँग सम्बन्धित रहेको बताए। उनले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलाई आफ्नो देशको सीमा बन्द गर्न आफूले वर्षौंअघि नै सुझाव दिएको उल्लेख गरे।

“फ्रान्समा जे भइरहेको छ, त्यो निकै दुःखद छ । यसको कारण आप्रवासन हो, विद्यालय वा अरू कुनै विषय होइन”, ट्रम्पले भने। उनले आफ्नो देशको संस्कृति, कला र सम्पत्तिप्रति सम्मान नराख्ने मानिसहरूलाई प्रवेश दिँदा फ्रान्सले समस्या भोगिरहेको दाबी गरे।

ट्रम्पले पेरिसको जनसाङ्ख्यिक संरचनामा परिवर्तन आउने उल्लेख गर्दै म्याक्रोनलाई सीमा नीतिबारे आफूले पटकपटक सचेत गराएको बताए । अमेरिकाले आफ्नो सीमा बन्द गरेको तर फ्रान्सले त्यसो नगरेको उहाँको भनाइ थियो । फ्रान्सले ऊर्जा क्षेत्रमा पनि केही समस्या भोगिरहेको उल्लेख गर्दै उहाँले अन्य देशको तुलनामा त्यहाँको अवस्था राम्रो रहेको दाबी गरे।

युरोपको भविष्यबारे सोधिएको प्रश्नमा ट्रम्पले सीमा नियन्त्रण र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूको निष्कासनलाई प्राथमिकता दिनुपर्ने बताए। “युरोपले आफ्ना सीमा बन्द गरेन र अपराधीहरूलाई निष्कासन गरेन भने युरोप समाप्त हुनेछ”, उनले भने । आफ्नो देशलाई घृणा गर्ने मानिसहरूलाई निष्कासन नगरे युरोपको अस्तित्व नै सङ्कटमा पर्ने उनको दाबी थियो।

फ्रान्स र इटालीसहित विभिन्न युरोपेली देशमा देखिएको अशान्तिलाई पनि ट्रम्पले आप्रवासनसँग जोडे । उनले ती देशमा भवन, कला र मानिसप्रति सम्मान नराख्ने व्यक्तिहरूका कारण समस्या बढेको दाबी गर्दै सीमा बन्द गर्न र त्यस्ता व्यक्तिहरूलाई निष्कासन गर्न आग्रह गरे।

फ्रान्सेली राष्ट्रपति म्याक्रोनले अशान्तिका कारणबारे ऊर्जा सङ्कट र अमेरिकी नीतिका व्यापक भूराजनीतिक प्रभावतर्फ सङ्केत गरेको सन्दर्भमा ट्रम्पको टिप्पणी आएको हो।

यसैबिच बोर्डो सहरको केन्द्रमा सप्ताहान्तमा गम्भीर अशान्ति र व्यापक लुटपाट भएपछि स्थानीय अधिकारीहरूले अभिभावकविहीन नाबालिगहरूका लागि एक सातासम्म रातिको समयमा बाहिर निस्कन प्रतिबन्ध लगाएका छन्। उक्त घटनापछि ट्रम्पले फ्रान्सको आप्रवासन नीतिको आलोचना गर्दै आफ्नो धारणा दोहोर्‍याएका हुन्। रासस

मङ्गलबार, कार्तिक ०४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

टीका लगाउने कि बार्ने – शास्त्र के भन्छ
चितवनमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ हुँदै, ६० स्टल र २५ हजार दर्शकको लक्ष्य
मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधारको आवश्यकता : छ एमाले वरिष्ठ नेता भण्डारी
चितवन उद्योग संघका सञ्चार अधिकृत राजु भट्ट ‘वर्ष उत्कृष्ट कर्मचारी’ बाट सम्मानित
विश्वकप लिग टुःनेपालले क्यानडालाई २४ रनले हरायो
बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे

लोकप्रिय

  • १.
    टीका लगाउने कि बार्ने – शास्त्र के भन्छ

  • २.
    सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी

भर्खरै

  • १.
    टीका लगाउने कि बार्ने – शास्त्र के भन्छ

  • २.
    सीमा बन्द नगरे युरोप समाप्त हुने ट्रम्पको चेतावनी

  • ३.
    चितवनमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ हुँदै, ६० स्टल र २५ हजार दर्शकको लक्ष्य

  • ४.
    मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधारको आवश्यकता : छ एमाले वरिष्ठ नेता भण्डारी

  • ५.
    चितवन उद्योग संघका सञ्चार अधिकृत राजु भट्ट ‘वर्ष उत्कृष्ट कर्मचारी’ बाट सम्मानित

  • ६.
    विश्वकप लिग टुःनेपालले क्यानडालाई २४ रनले हरायो

  • ७.
    बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे

  • ८.
    पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.