×
सोमबार, कार्तिक ०३, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

चितवनमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ हुँदै, ६० स्टल र २५ हजार दर्शकको लक्ष्य

मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधारको आवश्यकता : छ एमाले वरिष्ठ नेता भण्डारी

चितवन उद्योग संघका सञ्चार अधिकृत राजु भट्ट ‘वर्ष उत्कृष्ट कर्मचारी’ बाट सम्मानित

विश्वकप लिग टुःनेपालले क्यानडालाई २४ रनले हरायो

बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे

पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन

हिमपहिरो वा सुक्खा पहिरोले नदी थुनिएर खुलेको आशंका, सेनाको हेलिकप्टरबाट ६ जनाको उद्धार

बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति, सतर्कता अपनाउन आग्रह

गौरेश्वर पशुपति मन्दिरको १३औँ साधारणसभा सम्पन्न, नारायणी कटान रोक्न तटबन्धको माग

लोकप्रिय समाचार

  • १. चितवन उद्योग संघका सञ्चार अधिकृत राजु भट्ट ‘वर्ष उत्कृष्ट कर्मचारी’ बाट सम्मानित

  • २. चितवनमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ हुँदै, ६० स्टल र २५ हजार दर्शकको लक्ष्य

  • ३. मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधारको आवश्यकता : छ एमाले वरिष्ठ नेता भण्डारी

चितवनमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ हुँदै, ६० स्टल र २५ हजार दर्शकको लक्ष्य

२०८३ असाेज २९,बिहीबार

Advertisement

`घरजग्गा कारोबारलाई चलायमान बनाउनेदेखि सुरक्षित र गुणस्तरीय आवास निर्माणसम्मका विषयमा एकै थलोबाट जानकारी दिइने´

@ कृष्ण खनाल

श्रीखबर/चितवन। सुस्ताउँदै गएको घरजग्गा कारोबारलाई पुनः गति दिने, निर्माण सामग्रीको सहज र सहुलियतपूर्ण पहुँच विस्तार गर्ने तथा स्वदेशमै लगानी र व्यवसायका अवसर उजागर गर्ने उद्देश्यले चितवनमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुने भएको छ।

भिग्रुप इभेन्ट तथा एसवन होम्सको आयोजनामा आगामी मंसिर २५ देखि २७ गतेसम्म भरतपुरस्थित चितवन उद्योग संघको एक्स्पो सेन्टरमा सञ्चालन हुने मेलामा देशभरका प्रदर्शकका ६० वटा स्टल रहने र २५ हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको छ।

एक्स्पोका संयोजक विपिन कँडेलका अनुसार घर निर्माण गर्न चाहने उपभोक्तादेखि निर्माण व्यवसायी, घरजग्गा कारोबारी, इन्जिनियर, निर्माण सामग्री उत्पादक तथा विक्रेतासम्मलाई एउटै थलोमा जोड्ने उद्देश्यले मेलाको दोस्रो संस्करण आयोजना गर्न लागिएको हो। पछिल्लो समय आर्थिक मन्दी, युवाको विदेश पलायन र लगानी तथा व्यवसायका लागि अनुकूल वातावरणको अभावलगायतका कारण घरजग्गा कारोबार सुस्ताएको आयोजकको भनाइ छ। यस्तो अवस्थामा घरजग्गा क्षेत्रलाई पुनः चलायमान बनाउँदै निर्माण तथा आवास क्षेत्रसँग सम्बन्धित आर्थिक गतिविधि बढाउन एक्स्पोले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

मेलामा घर तथा आवास निर्माणका लागि आवश्यक सामग्री, आधुनिक डिजाइन, निर्माण प्रविधि, सरकारी मापदण्ड र सुरक्षासम्बन्धी जानकारी उपलब्ध गराइनेछ। साथै घरजग्गा खरिदकर्ता र विक्रेताबीच प्रत्यक्ष भेटघाट तथा परामर्शको व्यवस्था पनि गरिनेआयाेजकले जनाएको छ। सरकारी सरोकारवाला निकाय, निजी क्षेत्रका व्यवसायी, विज्ञ तथा उपभोक्ताबीच परामर्श, अभिमुखीकरण र अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत गरिएको छ।

गत व्यवस्थापन र गुणस्तरीय निर्माणबारे जानकारी लिन सक्ने विश्वास रहेकाे महासचिव कँडेलले बताए। पछिल्लो समय बाढीपहिरोजस्ता प्राकृतिक विपद्ले सुरक्षित आवासको आवश्यकतालाई थप उजागर गरेकोउल्लेख गर्दै पत्रकार सम्मेलन मार्फत महासचिव कँडेलले भने `सुरक्षित स्थानमा व्यवस्थित बसोबास र गुणस्तरीय घर निर्माणसम्बन्धी सचेतना अभिवृद्धिमा पनि एक्स्पोकाे योगदान रहने छ।

चितवन भौगोलिक अवस्थिति र निर्माण क्षेत्रको सम्भावनाका दृष्टिले महत्वपूर्ण केन्द्र भएकाले यहाँ आयोजना हुने मेलाले चितवनसहित काठमाडौं तथा अन्य सुरक्षित सहर र जिल्लामा घरजग्गा कारोबार तथा लगानी प्रवर्द्धनमा टेवा पुर्‍याउने चितवन उद्योग सँघका अध्यक्ष मदन घिमिरेले बताए ।

विदेशमा अनुभव र सीप हासिल गरेका नेपाली युवालाई स्वदेशमै उपलब्ध सम्भावना र अवसरसँग जोड्न पनि एक्स्पो उपयोगी हुने प्रेस सम्मेलनमार्फत जानकारी गराइएकाे हाे। मेलामा सहभागी हुन चाहने प्रदर्शकका लागि स्टल बुकिङ सुरु भइसकेको छ।

सर्वसाधारणको सहभागिता सहज बनाउन निःशुल्क प्रवेश पासको व्यवस्था गरिएको आयोजकले जनाएको छ।  बिल्ड नेपाल एक्स्पो–२०२६ ले घर निर्माणसम्बन्धी जानकारी, व्यवसायिक सम्पर्क र लगानीका सम्भावनालाई एउटै थलोमा जोड्ने लक्ष्य राखेको छ।

बिहिबार, असोज २९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधारको आवश्यकता : छ एमाले वरिष्ठ नेता भण्डारी
चितवन उद्योग संघका सञ्चार अधिकृत राजु भट्ट ‘वर्ष उत्कृष्ट कर्मचारी’ बाट सम्मानित
विश्वकप लिग टुःनेपालले क्यानडालाई २४ रनले हरायो
बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे
पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन
हिमपहिरो वा सुक्खा पहिरोले नदी थुनिएर खुलेको आशंका, सेनाको हेलिकप्टरबाट ६ जनाको उद्धार

लोकप्रिय

  • १.
    चितवन उद्योग संघका सञ्चार अधिकृत राजु भट्ट ‘वर्ष उत्कृष्ट कर्मचारी’ बाट सम्मानित

  • २.
    चितवनमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ हुँदै, ६० स्टल र २५ हजार दर्शकको लक्ष्य

  • ३.

  • ४.
    विश्वकप लिग टुःनेपालले क्यानडालाई २४ रनले हरायो

  • ५.
    बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे

  • ६.
    पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन

  • ७.
    हिमपहिरो वा सुक्खा पहिरोले नदी थुनिएर खुलेको आशंका, सेनाको हेलिकप्टरबाट ६ जनाको उद्धार

  • ८.
    बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति, सतर्कता अपनाउन आग्रह

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.