×
मङ्गलबार, असोज २०, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू

संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

लोकप्रिय समाचार

  • १. वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २. संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

  • ३. कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू

  • ४. दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

युएईलाई ४४ रनले हराउँदै नेपाल एसिया कपमा छनोट

२७ भाद्र २०८३, शनिबार

Advertisement

काठमाडौँ, तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) लाई ४४ रनले हराउँदै नेपालले दोस्रोपटक प्रिमियर कपको उपाधि जितेको हो ।

योसँगै नेपाली टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको हो । नेपालले यसअघि सन् २०२३ मा युएईलाई नै हराएर एसिया कपमा स्थान बनाएको थियो ।

गत संस्करणको विजेता बनेको युएई भने एसिया कप २०२७ मा स्थान बनाउन वञ्चित भयो । फाइनल खेलमा नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको युएई ४९ दशमलव एक ओभरमा २६९ रनमा अलआउट भयो । उसका लागि राुहल चोपराले १०५ बलमा तीन चौका र चार छक्कासहित अविजित १०० रनको पारी खेले पनि जितका लागि पर्याप्त भएन ।

यस्तै सोयब खानले ५२, तानिस सुरीले ४२, हरप्रीत सिंहले ३३ र खुजैमा चनवीरले १५ रन जोडे । नेपालका लागि बलिङतर्फ करण केसीले तीन, ललितनारायण राजवंशीले दुई, कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र गुलशनकुमार झाले एकरएक विकेट लिए ।

त्यसअघि मलेसियाको क्वालालाम्पुरस्थित बायुमास ओभलको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर ३१३ रन बनाएको थियो । नेपालका लागि ओपनर तथा विकेटकिपर आसिफ शेखले शतकीय इनिङ खेले । उनले १०६ बलमा आठ चौका र चार छक्कासहित १०२ रनको इनिङ खेलेका हुन् ।

एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा आसिफको यो दोस्रो शतक हो । यस्तै, आज गुलशनकुमार झाले अर्धशतकीय पारी खेले । उनले ३८ बलमा चार छक्का र तीन चौकाको मद्दतमा ५२ रनको पारी खेलेका हुन् ।

एकदिवसीय अन्तरराष्ट्रियमा गुलशनको यो छैटौँ अर्धशतक हो । यस्तै, अर्जुन कुमालले ४३, रोहितकुमार पौडेलले ४०, दीपेन्द्रसिंह ऐरीले १८, बसिर अहमदले अविजित १५ र ईशान पाण्डेले १३ रन जोडे ।

युएईका लागि बलिङमा इब्रार अहमदले चार, खुजैमा तनवीरले दुई तथा हैदर अली, अबीद उस्मानीले एकरएक एक विकेट लिएका थिए । रासस

शनिबार, भदौ २७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू
संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक
वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-
नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत
नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

लोकप्रिय

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

  • ३.
    कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू

  • ४.

  • ५.
    नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ६.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ७.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ८.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.