२०८३ साउन ३१, आइतबार
श्रीखबर/भरतपुर । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गत IT Committee Region 6 को आयोजनामा रोटरी क्लबहरूको डिजिटल व्यवस्थापन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एकदिने ICT Workshop भरतपुरमा सम्पन्न भएको छ।
भरतपुरस्थित RC Chitwan Meeting Hall मा शनिबार (१५ अगस्ट २०२६) सम्पन्न कार्यशालामा Region 6 अन्तर्गतका विभिन्न रोटरी क्लबका अध्यक्ष, सचिव, President Elect, Board Member तथा Office Secretary गरी ४६ जनाको सहभागिता रहेको थियो।
कार्यशालामा रोटरी क्लबको प्रशासन, सदस्यता व्यवस्थापन, सेवा परियोजनाको अभिलेखीकरण तथा रिपोर्टिङलाई डिजिटल प्रणालीमार्फत व्यवस्थित, सही र प्रभावकारी बनाउने विषयमा प्रशिक्षण दिइएको थियो।
सहभागीहरूलाई My Rotary र District Portal को प्रयोगमा दक्ष बनाउँदै क्लबका सूचना, सदस्यता, लक्ष्य, सेवा परियोजना तथा आवश्यक रिपोर्टिङ नियमित र शुद्ध रूपमा व्यवस्थापन गर्न सक्षम बनाउने कार्यशालाको मुख्य उद्देश्य रहेको थियो। कार्यक्रमको औपचारिक सत्रको अध्यक्षता रोटरी डिस्ट्रिक्ट ३२९२ IT Committee का Co-Chair Rtn Nirmal Dhakal ले गर्नुभएको थियो भने Region 6 IT Committee Chair Rtn Bhanu Sharma ले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
District Governor Elect Prof. Dr. IP Dhakal प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। District Secretary Laxman Gyawali तथा Assistant Governors Dr. Rebanta Bhattarai, Bharat Pokhrel र Suman Shrestha अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यशालामा Rtn Nirmal Dhakal, Rtn Amit Sapkota, Rtn Arun Sharma र Rtn Bijaya Sharma ले स्रोत व्यक्ति तथा प्रशिक्षकका रूपमा सहजीकरण गर्नुभएको थियो। प्रशिक्षणमा My Rotary Learning Center, Grant Center, Club Central, Goal Setting, Service Project Center तथा Club Management लगायतका विषय समेटिएका थिए। त्यसैगरी District Portal अन्तर्गत Club Information, Membership Update, Club Administration, Membership Service, TRF, Public Image Reporting तथा Club Website व्यवस्थापनबारे व्यावहारिक जानकारी प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यशालाको अर्को महत्वपूर्ण पक्ष GML Content Submission रहेको थियो। सहभागीहरूलाई स्वीकृत GML Template प्रयोग गरी स्पष्ट शीर्षक, तथ्यमा आधारित समाचार, नाम, मिति र स्थानको शुद्धता, सेवा परियोजनाको प्रभाव, उपयुक्त तस्बिर तथा क्याप्सन तयार गर्ने तरिका र समयमै सामग्री पठाउने प्रक्रियाबारे प्रशिक्षण दिइएको थियो। सहभागीहरूले My Rotary, District Portal र GML सम्बन्धी विषयमा व्यावहारिक अभ्यास तथा प्रश्नोत्तरसमेत गरेका थिए।
समापन सत्रमा रोटरी क्लब अफ धादिङका अध्यक्ष Rtn Ishwor Kandel तथा रोटरी क्लब अफ पूर्वी चितवनका अध्यक्ष Rtn Saroja Paudel ले कार्यशालाबाट प्राप्त सिकाइ र यसको उपयोगिताबारे धारणा राख्दै आगामी दिनमा क्लबमा डिजिटल प्रणालीको प्रयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
Assistant Governor Suman Shrestha ले कार्यशालाको प्रभावकारिता, सहभागीहरूको सक्रियता तथा क्लब व्यवस्थापनमा डिजिटल सीपको महत्वबारे प्रतिक्रिया दिनुभएको थियो। कार्यक्रमका क्रममा IT Committee का Co-Chair Rtn Nirmal Dhakal को जन्मदिनसमेत विशेष रूपमा मनाइएको थियो। सहभागीहरूले उहाँलाई शुभकामना दिँदै रोटरीको डिजिटल रूपान्तरण तथा क्षमता विकासमा निरन्तर योगदानको अपेक्षा व्यक्त गरेका थिए।
कार्यक्रमका संयोजक तथा Region 6 IT Committee Chair Rtn Bhanu Sharma ले सहभागी, प्रशिक्षक, स्रोत व्यक्ति, अतिथि तथा रोटरी क्लब अफ चितवनप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यशालाका लागि RC Chitwan Meeting Hall उपलब्ध गराएकोमा रोटरी क्लब अफ चितवनलाई विशेष धन्यवादसमेत व्यक्त गरिएको थियो।
कार्यशालाले रोटरी क्लबहरूमा डिजिटल प्रशासनलाई नियमित कार्यप्रणालीका रूपमा विकास गर्न, सही तथ्यांक राख्न, प्रभावकारी रिपोर्टिङ गर्न तथा गुणस्तरीय समाचार/कथा लेखन र सेवा गतिविधिको अभिलेखीकरणमार्फत रोटरीको सेवाको प्रभाव अझ व्यापक बनाउन महत्वपूर्ण योगदान पुग्ने जनाइएकाे छ।




