×
बुधबार, साउन २०, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

बढैयातालमा शिक्षक मिलान विवाद चर्कियो, चार दलद्वारा गाउँपालिका अध्यक्षलाई अल्टिमेटमसहित ज्ञापनपत्र

प्रदेश सरकारका गणितीय चलखेलमा राप्रपा सहभागी नहुने

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सुनसरी–सिरहाका पीडितलाई राहत दिने निर्णय

१०अैाँ वर्ष बित्यो, अझै पाएन कृषि तथा वन विज्ञान विश्वविद्यालयले जग्गाको स्वामित्व

उपकुलपति प्रा. डा. ऋषिराम कट्टेल नेतृत्वको टोली र महानगरबीच कृषि, वन, शिक्षा तथा अनुसन्धानलाई स्थानीय विकाससँग जोड्ने सहमति

चितवनमा ११ केभी भूमिगत लाइन भोलि चार्ज गरिँदै, सावधानी अपनाउन प्राधिकरणको आग्रह

रोग पहिचानपछि मात्रै विषादी प्रयोग गरौँ अनुमानका भरमा होइन, सही पहिचानका आधारमा बाली जोगाऔँ

‘असम्भवलाई सम्भव बनाउने नेपाली : निम्स दाइ अब इतिहासका अमर शिखर’

ब्रोड पिक हिमपहिरो : ६ जना नेपालीसहित सबै १० पर्वतारोहीको मृत्यु भएको पुष्टि

लोकप्रिय समाचार

  • १. सहमतिका केन्द्र बने जेएन थपलिया, बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी

  • २. कालिका नगरपालिकाबाटै भूमि प्रशासन सेवा सुरु, पहिलो दिनमै ६ लालपुर्जा वितरण: चितवनमै पहिलो पालिका बन्यो

  • ३. ब्रोड पिक हिमपहिरो : ६ जना नेपालीसहित सबै १० पर्वतारोहीको मृत्यु भएको पुष्टि

  • ४. रोग पहिचानपछि मात्रै विषादी प्रयोग गरौँ अनुमानका भरमा होइन, सही पहिचानका आधारमा बाली जोगाऔँ

  • ५. चितवनमा ११ केभी भूमिगत लाइन भोलि चार्ज गरिँदै, सावधानी अपनाउन प्राधिकरणको आग्रह

  • ६. सुनसरी घटनामा सरकार–पीडितबीच ६ बुँदे सहमति, मृतकलाई शहीद घोषणा र १० लाख राहत दिने निर्णय

  • ७. ‘असम्भवलाई सम्भव बनाउने नेपाली : निम्स दाइ अब इतिहासका अमर शिखर’

  • ८. एफयूमा महिला किसानका कथामाथि बनेका चार लघु चलचित्र प्रदर्शन, कृषि स्नातकोत्तरका विद्यार्थीलाई मोबाइल भिडियोग्राफी तालिम

  • ९. १०अैाँ वर्ष बित्यो, अझै पाएन कृषि तथा वन विज्ञान विश्वविद्यालयले जग्गाको स्वामित्व

  • १०. प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा

कालिका नगरपालिकाबाटै भूमि प्रशासन सेवा सुरु, पहिलो दिनमै ६ लालपुर्जा वितरण: चितवनमै पहिलो पालिका बन्यो

२०८३ साउन १४, बिहीबार

Advertisement

@ कृष्ण खनाल

श्रीखबर/चितवन। चितवनको कालिका नगरपालिकाले स्थानीय तहबाटै भूमि प्रशासन सेवा सञ्चालनमा ल्याउँदै नयाँ इतिहास रचेको छ।

भूमि व्यवस्थापन शाखा स्थापना गरी नगरपालिकाले बुधबारदेखि नापनक्सा, जग्गा प्रशासन तथा विभिन्न लिखत पारितसम्बन्धी सेवा औपचारिक रूपमा सुरु गरेको हो। यससँगै चितवनका सात स्थानीय तहमध्ये भूमि प्रशासन सेवा सञ्चालन गर्ने कालिका पहिलो नगरपालिका बनेको छ।

नेपालको संविधानले भूमि प्रशासनसम्बन्धी अधिकार स्थानीय तहलाई प्रत्यायोजन गरे पनि आवश्यक पूर्वाधार, प्रविधि र दक्ष जनशक्तिको अभावका कारण हालसम्म यी सेवा संघीय सरकारअन्तर्गतका मालपोत, भूमि सुधार तथा नापी कार्यालयमार्फत सञ्चालन हुँदै आएका थिए।

आवश्यक तयारी पूरा गरेपछि कालिका नगरपालिकाले भने आफ्नै कार्यालयबाट सेवा प्रवाह सुरु गर्दै स्थानीय सरकारको अधिकार कार्यान्वयनतर्फ महत्वपूर्ण कदम चालेको हो।

नगरप्रमुख विनोद रेग्मीले अब कालिका नगरपालिकाका ११ वटै वडाका नागरिकले अधिकांश भूमि प्रशासनसम्बन्धी सेवा आफ्नै नगरपालिकाबाट प्राप्त गर्न सक्ने बताए।

उनका अनुसार यसअघि सामान्य कामका लागि समेत सेवाग्राहीले भरतपुरस्थित मालपोत, भूमि सुधार तथा नापी कार्यालय धाउनुपर्ने बाध्यता थियो, जसले समय र आर्थिक भार दुवै बढाएको थियो।

भूमि प्रशासन अधिकृत रामप्रसाद अधिकारीका अनुसार सेवा सुरु भएको पहिलो दिनमै ६ वटा जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ।

पहिलो सेवाग्राहीका रूपमा गोरखा भुङ्लिचोककी चन्द्रमाया आलेले सेवा लिएकी थिइन्। पहिलो दिनमै नगरपालिकाले करिब दुई लाख रुपैयाँभन्दा बढी राजस्व समेत संकलन गरेको अधिकारीले जानकारी दिए।

प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंका अनुसार हालका लागि जग्गाको श्रेस्ता कायम गर्ने सेवा भने भरतपुरस्थित सम्बन्धित कार्यालयबाटै उपलब्ध हुनेछ।

त्यसबाहेक अधिकांश भूमि प्रशासनसम्बन्धी सेवा नगरपालिकाबाटै सञ्चालन गरिने उनले बताए। नगरपालिकाले उपलब्ध गराउने सेवामा सगोलनामाको लिखत पारित, मृत्युपछिको नामसारी, राजीनामा लिखत पारित, छोडपत्र लिखत पारित, हालैदेखिको बकसपत्र लिखत पारित तथा शेषपछिको बकसपत्र लिखत पारित लगायतका सेवा समावेश छन्।

नगर उपप्रमुख विमला तामाङले सेवा विकेन्द्रीकरणसँगै अब सामान्य भूमि प्रशासनका कामका लागि भरतपुर पुग्नुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरिन्। स्थानीयस्तरमै सेवा उपलब्ध हुँदा नागरिकको समय, श्रम र खर्च बचत हुनुका साथै सेवा प्रवाह थप छिटो, सहज र प्रभावकारी हुने उनले बताइन्।

भूमि प्रशासन सेवा स्थानीय तहबाट सञ्चालनमा आउनु संघीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयनका रूपमा पनि हेरिएको छ। यसले नागरिकलाई आफ्नै पालिकाबाट सहज सेवा उपलब्ध गराउने मात्र होइन, स्थानीय सरकारप्रतिको विश्वास र सार्वजनिक सेवा प्रवाहको गुणस्तरसमेत थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

बिहिबार, साउन १४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बढैयातालमा शिक्षक मिलान विवाद चर्कियो, चार दलद्वारा गाउँपालिका अध्यक्षलाई अल्टिमेटमसहित ज्ञापनपत्र
प्रदेश सरकारका गणितीय चलखेलमा राप्रपा सहभागी नहुने
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सुनसरी–सिरहाका पीडितलाई राहत दिने निर्णय
१०अैाँ वर्ष बित्यो, अझै पाएन कृषि तथा वन विज्ञान विश्वविद्यालयले जग्गाको स्वामित्व
उपकुलपति प्रा. डा. ऋषिराम कट्टेल नेतृत्वको टोली र महानगरबीच कृषि, वन, शिक्षा तथा अनुसन्धानलाई स्थानीय विकाससँग जोड्ने सहमति
चितवनमा ११ केभी भूमिगत लाइन भोलि चार्ज गरिँदै, सावधानी अपनाउन प्राधिकरणको आग्रह

लोकप्रिय

  • १.
    सहमतिका केन्द्र बने जेएन थपलिया, बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी

  • २.
    कालिका नगरपालिकाबाटै भूमि प्रशासन सेवा सुरु, पहिलो दिनमै ६ लालपुर्जा वितरण: चितवनमै पहिलो पालिका बन्यो

  • ३.
    ब्रोड पिक हिमपहिरो : ६ जना नेपालीसहित सबै १० पर्वतारोहीको मृत्यु भएको पुष्टि

  • ४.
    रोग पहिचानपछि मात्रै विषादी प्रयोग गरौँ अनुमानका भरमा होइन, सही पहिचानका आधारमा बाली जोगाऔँ

  • ५.
    चितवनमा ११ केभी भूमिगत लाइन भोलि चार्ज गरिँदै, सावधानी अपनाउन प्राधिकरणको आग्रह

  • ६.
    सुनसरी घटनामा सरकार–पीडितबीच ६ बुँदे सहमति, मृतकलाई शहीद घोषणा र १० लाख राहत दिने निर्णय

भर्खरै

  • १.
    बढैयातालमा शिक्षक मिलान विवाद चर्कियो, चार दलद्वारा गाउँपालिका अध्यक्षलाई अल्टिमेटमसहित ज्ञापनपत्र

  • २.
    प्रदेश सरकारका गणितीय चलखेलमा राप्रपा सहभागी नहुने

  • ३.
    मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सुनसरी–सिरहाका पीडितलाई राहत दिने निर्णय

  • ४.
    १०अैाँ वर्ष बित्यो, अझै पाएन कृषि तथा वन विज्ञान विश्वविद्यालयले जग्गाको स्वामित्व

  • ५.
    उपकुलपति प्रा. डा. ऋषिराम कट्टेल नेतृत्वको टोली र महानगरबीच कृषि, वन, शिक्षा तथा अनुसन्धानलाई स्थानीय विकाससँग जोड्ने सहमति

  • ६.
    चितवनमा ११ केभी भूमिगत लाइन भोलि चार्ज गरिँदै, सावधानी अपनाउन प्राधिकरणको आग्रह

  • ७.
    रोग पहिचानपछि मात्रै विषादी प्रयोग गरौँ अनुमानका भरमा होइन, सही पहिचानका आधारमा बाली जोगाऔँ

  • ८.
    ‘असम्भवलाई सम्भव बनाउने नेपाली : निम्स दाइ अब इतिहासका अमर शिखर’

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.