२०८३ साउन १४, बिहीबार
Advertisement
श्रीखबर/पूर्वप्रधानमन्त्री एवं नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले विगतका अनुभव बटुलेका नेताहरूसँग भेटेर संवाद गर्नका लागि प्रधानमन्त्री बालेन शाहलाई के ले रोकेको ? भन्दै प्रश्न गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले यदी कुनै अहंकार र आफूमात्रै पर्याप्त हो भन्ने लागेको खण्डमा त्यो दुर्भाग्यपूर्ण हुने बताए ।
‘यो रोस्ट्रमबाट खासगरी प्रधानमन्त्री बालेन शाहज्यूलाई भन्न चाहन्छु, नेपालमा विगतका धेरै अनुभवहरूबाट गुज्रेका नेता, बुद्धिजिवी र विज्ञहरूको विशाल पंक्ति छ । ठूला ठूला अप्ठेरा परिस्थितिलाई निकास दिने हैसियत राख्ने नेताहरूको पंक्ति छ,’ उनले भने ।
उनले प्रधानमन्त्रीको यस्तो चरित्र आफूलाई अनौठो लागेको जिकिर गरे ।


