×
सोमबार, असोज १९, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

लयमा फर्कन थाले नदीनाल

लोकप्रिय समाचार

  • १. वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २. दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ३. नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ४. समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ५. नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ६. दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ७. लयमा फर्कन थाले नदीनाल

  • ८. पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

  • ९. दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

शास्त्रमा शुक्र अस्त : के गर्ने – के नगर्ने

२०८२ मङ्सिर २६, शुक्रबार

Advertisement

@ कृष्ण खनाल

श्रीखबर/ यही मङ्सिर २७ गतेदेखि माघ १५ गतेसम्म शुक्र अस्त हुँदैछ ।

वेद र वेदलाई सञ्चालन , सँरक्षण र प्रयोग गर्न बनेका ६ सहयोगी शास्त्रहरु मध्य ज्याेतिष शास्त्रले निर्क्याेल गरे मुताविक ४८ दिन लामो शुक्र अस्त हुने भएकाे हाे ।

ज्याेतिष विज्ञानमा सबै ग्रहलाई सूर्य ग्रहसँग तुलनागरेर विश्लेषण गरिन्छ। वेदाङ्ग ज्योतिषका अनुसार जब सूर्य र शुक्रबीचको कोणीय दूरी ९ डिग्रीभन्दा कम हुन्छ, त्यस अवधिलाई ‘शुक्र अस्त’ भनिन्छ।

यस अवधिमा शुक्र ग्रह सूर्यको तेजले आच्छादित हुन्छ र शुभकार्यका लागि अनुपयुक्त मानिन्छ। भाेलि मङ्सिर २७ गते (शनिवार) १२:३० बजेदेखि माघ १५ गते (बिहीबार) सम्म शुक्र अस्त हुने ज्योतिषीय गणनाले बताउँछ।

* शुक्र अस्त के हो ?

शुक्र ग्रह सौन्दर्य, प्रेम, परिवार, प्रतिष्ठा, सम्पन्नता र शुभकार्यका ग्रह मानिन्छ। तर शुक्र सूर्यको अत्यधिक नजिक जाँदा यसको प्रभाव क्षीण भई शुभकर्ममा बाधा आउँछ भन्ने विश्वास छ।

# शुक्र अस्तमा के नगर्ने ?

शास्त्रीय ग्रन्थहरूका आधारमा शुक्र अस्त अवधिमा यी कामलाई वर्जित मानिन्छ—

१. नयाँ काम र शुभारम्भ नगर्ने – नयाँ व्यवसाय वा परियोजना सुरु नगर्ने नयाँ निर्णयहरू जस्तै जग्गा-जमिन खरिद-बिक्री, व्यापार विस्तार रोक्ने

२. व्रतबन्ध तथा कन्या दान नगर्ने – बालकको व्रतबन्ध कन्यादान/विवाहको शुभ मुहूर्त स्थगित गर्ने

३. तीर्थयात्रा वा पितृकार्य नगर्ने – तीर्थयात्रा पितृ-उद्धारका विशिष्ट कर्म दान तथा प्रतिष्ठानका शुभ क्रियाकलाप

४. घर निर्माणका प्रमुख कार्य नगर्ने -जग बसाल्ने,वास्तु–पूजा,गृह–प्रवेश,नयाँ बगैचा वा खेती/रोपाइँको विशेष शुभारम्भ नगर्ने।

५. शरीरसँग सम्बन्धित केही कार्य निषेध -नाक वा कान छेड्ने (पिअर्सिङ)

६. गर्भाधान नगर्ने -शुक्र अस्तलाई परिवार विस्तारका लागि अनुपयुक्त मानिन्छ। ७. ठूला पूजा–अनुष्ठान नगर्ने – होम, हवन, शतचण्डी, ज्ञान–दीक्षा, दीर्घ साधना,नयाँ भाकल नराख्ने

$ – शुक्र अस्तमा के गर्ने ?

शुक्र अस्तले सबै गतिविधि रोकिदिँदैन। नित्यकर्म र धार्मिक साधना निरन्तर गर्न सकिन्छ।

१. दैनिक पूजा–पाठ – गृह–देवताको पूजा,दीप–धूप, नित्य आरती

२. ग्रह–शान्ति र साधना,ग्रहशान्ति जप शिव, विष्णु, दुर्गा, सूर्य आदि देवताका मन्त्रजप गर्ने।

३. नित्य संस्कार र अनिवार्य कार्य – जन्म, अन्नप्राशन, मृत्यु संस्कार बालकका नित्य संस्कार शैक्षिक वा पेशागत दैनिक कार्य निरन्तर गर्न मिल्छ

४. घरायसी सामान्य काम,घरधन्दा,दैनन्दिन निर्णय सामान्य यात्रामा कुनै रोकछेक छैन ।

# किन मानिन्छ शुक्र अस्तको प्रभाव ? वेदाङ्ग ज्योतिषले शुक्रलाई शुभ ग्रहको रूपमा व्याख्या गर्छ। शुभकर्मको प्रारम्भमा यसको बल (शक्ति) आवश्यक हुन्छ।

सूर्यको नजिक हुँदा शुक्र अस्त भएको मानिन्छ, जसले— -शुभ फल कम – कार्य सफलतामा अवरोध – दाम्पत्य र पारिवारिक कर्ममा अशुभ समय हुने विश्वास रहेको छ।

@ निष्कर्ष शुक्र अस्तलाई धार्मिक–ज्योतिषीय परम्पराले यसरी व्याख्या गर्छ— शुभकर्महरू स्थगित गर्ने समय नित्यकर्म, पूजा, साधनालाई निरन्तरता दिने अवसर दैनिक जीवनलाई रोक्ने अवस्थाभन्दा पनि महत्वपूर्ण शुभारम्भ सही ग्रहयोगमा गर्नुपर्छ भन्ने सन्देश यसले दिन्छ।

माघ १५ पछि शुक्र उदय भइसकेपछि विवाह, गृह–प्रवेश, नयाँ काम सुरु गर्न अनुकूल समय मानिन्छ। शास्त्रानुसार शुक्रअस्तकाे ३ दिन अघिदेखि समाप्तिको ३ दिनपछिसम्म दाेष गणना गरिएको छ।

( समाजशास्त्रमा स्नातकोत्तर लेखक खनाल वेदाङ्गशास्त्रमा स्वअध्ययनरत छन्।)

शुक्रबार, मङि्सर २७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-
नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत
नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद
समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह
दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

लोकप्रिय

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ३.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ४.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ५.
    नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ६.
    दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

भर्खरै

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

  • ३.
    नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ४.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ५.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ६.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

  • ७.
    दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

  • ८.
    पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति राप्रपा सांसद गिरीको आपत्ति

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.