×
मङ्गलबार, असोज २०, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू

संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता हुने

लोकप्रिय समाचार

  • १. वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २. संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

  • ३. कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू

  • ४. दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

संकटको दुस्चक्रमा नेपाल


२०८२ मङ्सिर २,मँगलबार

Advertisement

@ कृष्ण खनाल

जेनजी आन्दोलनअघि नेपालको राजनीति भ्रष्टाचार, नातावाद, गुटबन्दी र अनियमितताले ग्रस्त थियो।  त्यसैकाे फेराे समातेर जेनजी आन्दोलन भयाे। धेरैले अपेक्षा गरेको “जेनजीको परिवर्तनकारी ऊर्जा” आन्दोलनपछि पनि टिक्न सकेन। उल्टै, राजनीतिक, सामाजिक र प्रशासनिक संरचनाको कमजोरी झनै स्पष्ट हुँदै गयो।

सत्ता–व्यवस्था जनअपेक्षाभन्दा धेरै तल झरेको थियो। देशको निर्णय प्रक्रियामा बाह्य शक्तिको चासो र प्रभाव बढ्दो छ भन्ने आमजनमान्यता पलाउँदो छ। तर सत्तामा रहोस् वा प्रतिपक्षमा, कुनै राजनीतिक शक्तिले यसबारे स्पष्ट नीति, दृष्टि वा चिन्ता प्रस्तुत गरेको देखिँदैन।

घरेलु नेतृत्वमा अविश्वास, राजनीतिक अस्थिरता र वैदेशिक शक्तिमा बढ्दो निर्भरता बढेकाे छ। देशको निर्णयक्षमतामै चुनौती खडा गरिरहेका छन्।

जेनजी आन्दोलनले भ्रष्टाचारविरुद्ध ठूलो सामाजिक ऊर्जा बटुले पनि यसको संगठितताभन्दा “भावनात्मक उभार” बढी देखियो। आन्दोलनपछि तत्कालीन सत्ता र संरचनामाथि जतिसुकै कठोर प्रश्न उठे पनि वैकल्पिक राजनीतिक संरचना बनेन बन्ने छनक देखिएन।

नयाँ नेतृत्व परिपक्व बन्न सकेन र पुरानै शक्ति–केन्द्रले पुनः राज्य संयन्त्र नियन्त्रणमा लिन सफल रहे। यसले आन्दोलनको राप र ताप दिगो संस्थागत सुधारमा नबदलिएको स्पष्ट संकेत दिन्छ।

‘सबै नेता गलत’ को भावनाले नयाँ विकल्प निर्माण रोक्यो जेनजीपछि समाजमा एउटा चरम मानसिकता पलायो— “सबै दल गलत, सबै नेता भ्रष्ट, सबै चलन बिग्रेको”।

यसले भ्रष्टाचार वा गलत अभ्यासमाथिको आलोचना त बढायो तर नेतृत्वको आवश्यकतामाथि नै अविश्वास फैलायो। नीतिगत बहसभन्दा भावनात्मक ध्रुवीकरण बढायो ।

राजनीतिक विकल्प जन्माउने प्रक्रिया कमजोर बनायो। देशमा हरेक मानिस नेता बन्ने लहड देखिनु तर जिम्मेवारी लिन नचाहने प्रवृत्ति यसकै परिणाम हो। पुराना दलहरू अस्तित्वको लागि एकताको आश्रयमा छन्।

नेपाली कांग्रेस, एमाले, माओवादी (नेपाली कम्युनिस्ट ) लगायतका परम्परागत दलहरू जेनजी आन्दोलनपछि उत्पन्न जनअसन्तोषको कारण आफ्नै अस्तित्वबारे असहज बने। हरेक पार्टी र समुहमा गुटबन्दी हावी छ।युवापुस्ताले विश्वास बढाउनुकाे सट्टा कमजोर सावित हुदैछन्।

संगठन कमजोरहरुसमेत कमजोर हुँदैछन्। पुराना दलहरू “टिक्नका लागि एकता” खेल्दै हिँड्ने अवस्थामा पुगेका छन्। तर एकता वा गठबन्धनले विचार, नीति र अनुशासन निर्माण गर्दैन—जसको कमी आज झनै देखिन थालेको छ। नयाँ दल र समूहहरूले परिवर्तनको आशा जगाए तर धेरै दिन टिकेन।

संस्थागत संरचना कमजोर,नेतृत्व एक व्यक्ति केन्द्रीत,वैचारिक स्पष्टता अभाव,र ‘आफैं अध्यक्ष हुने’ रणनीतिले टुक्रिदैछ – जेनजीका सपना। राज्य सञ्चालन र अर्थतन्त्र: अनिश्चितताबाट अधोगति तर्फ तेर्साएर झर्दैछ।

राजनीतिक अस्थिरता र नेतृत्वहीनताले प्रभाव पार्ने प्रमुख क्षेत्र—अर्थतन्त्र—सबैभन्दा कमजोर अवस्थामा छ। चाडवाडकाे समयमा झरेकाे रेमिटान्सले देश चलेकाे छ। दिनानुदिन बेरोजगारी वृद्धि,युवाको देशबाहिर निर्गमन,लगानी वातावरणको खस्किँदो छ।

संघीयता–स्थानीय सरकारबीच समन्वयमा संकट चुलिदैछ। नीति निर्माणमा ढुलमुलेपन हुँदा परिणाम सुन्यप्राय छ।

यी सबैले देशलाई अधोगतिको पथमा धकेल्दैछन्।

आन्दोलनको प्रारम्भिक प्रभावले “पुराना संरचनामा चुनौती” त दियो, तर यसको नतिजा स्वरुप सिँहदरवार तोडफोड, निजी–सार्वजनिक सम्पत्तिमा आगजनी, र सामाजिक ध्रुवीकरण, यी यिनैलाई उपलब्धिकाे रुपमा हेरिदैछ।यने नै ठूलो विडम्बना हो। संस्थागत सुधार, नेतृत्वको उत्तरदायित्व र दीर्घकालीन नीतिगत परिवर्तन भने लगभग अनुपस्थित छन्। सामाजिक–राजनीतिक धरातल किन कमजोर हुँदैछ? याे नै मूल प्रश्न हाे ।

जेनजी आन्दोलनको ऊर्जा क्षणिक हुँदा— पुराना दल पुनः शक्तिशाली,नयाँ शक्ति अस्थिर, र जनता निराशाको चक्रमा फसेका छन्। नेतृत्वको अभाव, वैचारिक दिशाहीनता, व्यक्तिकेन्द्रिक राजनीति र बाह्य हस्तक्षेपप्रति मौनता—यी सबै कारण नेपाल आज सर्वाधिक कमजोर राजनीतिक अवस्थाबाट गुज्रिरहेको छ।

यदि आन्दोलनले जन्माएको चेतनालाई संस्थागत सुधारमा रूपान्तरण गरिएन भने— देश राजनीतिक, आर्थिक र सामाजिक तीनै मोर्चामा अझै अनिश्चिततामै अघि बढ्न बाध्य हुनेछ।

मङ्गलबार, मङि्सर ०३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू
संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक
वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-
नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत
नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

लोकप्रिय

  • १.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • २.
    संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

  • ३.
    कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू

  • ४.
    दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

भर्खरै

  • १.
    कांग्रेस महाधिवेशनको बन्द सत्र सुरू

  • २.
    संस्कृति, पुस्तान्तरण अभियान’ अन्तर्गत माडी युवा भजन समितिको पहिलो चरणको आय-व्यय सार्वजनिक

  • ३.
    वरिष्ठमा विद्या भण्डारी : कमब्याक कि ओलीको ‘अर्जुन दृष्टि’?

  • ४.
    दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियाे-

  • ५.
    नेपाली सेनाको मुख्य भूमिका रहने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा प्रस्तुत

  • ६.
    नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न बढैयातालमा संवाद

  • ७.
    समयमै कर तिर्न आन्तरिक राजस्व कार्यालय भरतपुरको आग्रह

  • ८.
    दिनेश केसीको तस्बिरमा साइबर ठगीको खेल

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.