२०८२ असाेज १८, शनिबार
चितवन । शुक्रबार साँझदेखि परेकाे सिमसिमे पानी बाक्लाे झरीमा परिणाम हुँदैछ । वर्षा निरन्तर भएका कारण पहिराे खस्न थालेकाे छ । भरखरै नागढुङ्गा क्षेत्रमा पहिराे खसेकाे छ भने सतर्कता अपनाउन प्रहरीले माइकिङ गरिरहेको छ ।

नारायणगढ – मुग्लिङ खण्डकाे तुइन खाेला नजिकै पहिराे खसिरहेकाेले साे खण्डमा समेत यातायात बन्द गरिएको चितवन प्रहरीले जनाएको छ।
आज चितवन,मकवानपुर,भक्तपुर,ललितपुर,काठमाडौं,काभ्रेपलान्चोक,सिन्धुपाल्चोक जिल्ला अति उच्च जाेखिममा रहेका छन् ।
यसैगरी
रामेछाप,दाेलखा,सिन्धुली,पर्सा,बारा,राैतहट,सर्लाही,महाेत्तरी,धनुषा,सिराहा,सप्तरी,उदयपुर,र सुनसरी समेत उच्च जाेखिममा रहेकोले सतर्क रहन र अति आवस्यकबाहेक यात्रामा ननिस्कन राष्ट्रिय विपत जाेखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी गराएकाे छ ।

सरकार मातहतका विभिन्न निकायले समेत सचेत रहन सूचना प्रवाह गरिरहेकाे छ ।
यसै, काभ्रेपलाञ्चोकमा लगातारको वर्षा पछि बढ्दो बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर गण हेडक्वार्टर नेपालले काभ्रेका विभिन्न क्षेत्रमा माईकिङ गर्दै स्थानीयवासीलाई सतर्क रहन अपिल गरेको छ।
शसस्त्र प्रहरीले बनेपा घुलिखेल पाँचखाल देालालघाट पनैाती भकण्डे लगायतका ठाउँमा माईकिङ गरेका हेा ।
गाउँ–टोलमा गएर नदी किनार, खोला तथा भिरालो क्षेत्र नजिक बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, आकस्मिक जोखिमका अवस्थामा तुरुन्तै नजिकको प्रहरी, शसस्त्र प्रहरी वा विपद् व्यवस्थापन समितिलाई जानकारी दिन समेत आग्रह गरिएको छ।
सरकार मातहतका विभिन्न निकायले समेत रहन सूचना प्रवाह गरिरहेकाे छ ।




