२०८२ असाेज १३, साेमबार
Advertisement
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना पूर्वसांसदलाई रातो पासपोर्ट र सांसद परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन भनेको छ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार पूर्वसांसदहरूले सकेसम्म चाँडो पासपोर्ट र परिचयपत्र फिर्ता गर्नुपर्न भनिएको बताएका छन्।
जेनजी आन्दोलनपछि रास्वपाका सांसदहरूले सामूहिक रूपमा पदबाट राजीनामा दिएका थिए। रास्वपाले ७५ जनाको ज्यान गएको आन्दोलनलाई स्मरण गर्दै राष्ट्रिय शोकको घडीमा औपचारिक कार्यक्रम, झण्डा र व्यापार प्रयाेग नगर्न आग्रह गरेको छ।




