२०८० चैत्र २, शुक्रबार
चितवन। चैत्र ९ गतेबाट नारायणी नदि किनार प्रदर्शनी मैदानमा `प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापार महाेत्सव – २०८०´ शुरुहुने भएकाे छ ।
चैत्र १८ गतेसम्म सञ्चालन हुने साे महाेत्सवकाे मुख्य उद्धेश्य आदिवासी जनजातिका सँस्कार र सँस्कृतिकाे सँरक्षण गर्नु रहेकाे महाेत्सव आयाेजक समितिका सँयाेजक समेत रहनुभएका आदिवासी जनजाति महासँघ चितवनका अध्यक्ष महेन्द्र दुराले जानकारी दिए ।
चितवनका आदिवासी जनजाति समुदायकाे भाषा , भेषभूषा ,कला सँस्कृतिकाे सँरक्षणका लागि आदिवासी जनजातिलाई सँगठित गर्ने उद्देश्यले ओम गाैचनकाे नेतृत्वमा नेपाल आदिवासी जनजाति महाँसँघ , चितवनकाे स्थापना गरिएको विगतको स्मरण गर्दै अध्यक्ष दुराले भने ` चितवनमा ४० भन्दा बढी आदिवासी जनजातिको बसाइँ रहेपनि हाल हाम्राे महासँघमा १७ जनजातिहरु आबद्ध छाैँ ।´
भरतपुर महानगरपालिका वडा नम्बर ११ नाैरङ्गेमा एक कठ्ठा ५ धुर जग्गामा बनेकाे महासँघकाे आफ्नै भवन छ ।
अध्यक्ष दुराका अनुसार आर्थिक अभावका कारण भवनलाई अझै पूर्णता दिई आन्तरिक व्यवस्थापन गर्न सकिएकाे छैन । महाेत्सवमा प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्षलाई निमन्त्रणाका लागि हिजाे मात्रै अध्यक्ष सहितकाे टाेलिले काठमाडौंमा गै भेटघाट गरिसकेकाे छ ।
जनजातिकाे विभिन्न विधामा मुख्य आकर्षण हुने साे महाेत्सवमा प्रमुखअतिथिका रुपमा उपस्थित हुन प्रधानमन्त्री राजी भएपनि बदलिँदो घटनाक्रमकाे चापले गर्दा हामीले विकल्पका रुपमा अर्थमन्त्रीलाई समेत निम्ता गरेका छाैँ – महाेत्सवका मूल सँयाेजक महेन्द्र दुराले भने ।
महाेत्सव परिसरमा जनजातिका विभिन्न पहिचान झल्कने प्रस्तुति र परिकारका साथै व्यापारीक गतिविधि हुने आयाेजकले जनाएको छ।
भरतपुर महानगरपालिकाले यस बर्षलाई भरतपुर भ्रमण बर्षकाे रुपमा विभिन्न कार्यक्रमकाे आयाेजना गरिरहेकाे परिप्रेक्षमा जनजाति आदिवासी द्वारा आयाेजित यस महाेत्सवले आर्थिक तथा पर्यटकीय गतिबिधिमा सकरात्मक प्रभावका अपेक्षा गरिएको छ।