२०८० फागुन १६, बुधबार

कृष्ण खनाल, चितवन

भरतपुर । भरतपुर भ्रमण वर्ष -२०८० उद्घाटनकाे सँघारमा छ । अबकाे दुई दिन पछि फागुन १८ गते नारायणी नदि किनारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले भ्रमण वर्षकाे उद्घाटन गर्नेछन् ।

उद्घाटन समारोहमा सातै प्रदेशका मुख्यमन्त्रीका साथै विशिष्ट अतिथिहरुकाे उपस्थिति रहने छ । भ्रमण वर्षमा भरतपुरका विभित्र क्षेत्रमा रहेका सामाजिक ,साँस्कृतिक महत्व रहेका क्षेत्रलाई पर्यटकीय महत्त्वका क्षेत्रकाे रुपमा चित्रण गरिएको छ ।

कहाँकहाँ छन् त भरतपुरमा घुमफिर गर्न सकिने महत्त्वपूर्ण क्षेत्रहरु

 

– भरतपुर आफैँमा रीउ , राप्ती , नारायणी नदिका साथै देवघाटधामबाट जस्ता पुण्यभुमी क्षेत्र हुँदै हाे  त्यसमा रापतीदुनकाे सकृयतामा वसाेवास क्षेत्र खुल्लागरेपछि देशैभरबाट बसाइँ झरेका मिश्रित सभ्यता र सँस्कृतिकाे अनुपम सँगम स्थल पनि हाे ।

मेघाैली- क्षेत्र भरतपुरकाे दक्षिण – पस्चिमी भूभागमा अवस्थित पर्यटकीय गन्तव्य क्षेत्र हाे ।

 

जँगली जनावर देखि ठुला हाेटल लजले भरिएका याे क्षेत्र पर्यटनकाे हिसावले झनै महत्त्वपूर्ण छ ।

पटिहानी क्षेत्र आन्तरिक तथा वाह्य पर्यटकका लागि महत्त्वपूर्ण स्थल हाे ।

यहाँका गाउँघर मै हाेमिष्टेकाे आनन्द लिन सकिन्छ ।

देवघाट आफैमा धार्मिक स्थल र पुण्यभुमि हाे जहाँ वर्षेनी लाखौं भक्तजनहरु धार्मिक भाव बाेकेर माक्ष प्राप्तिका लागि आउने गर्दछन् ।

बिसहजारी ताल , नारायणी पुलक्षेत्र ज्ञानेश्वर व्लक आफैमा महत्वपूर्ण घुमफिरका स्थल हुन् भने चाैकीडाँडाकाे यात्रा अझ रमणीय दृश्यावलाेकनकाे अपुर्व अवसर हाे ।

यहाँबाट समग्र भरतपुर सहितको चितवन र पुर्वी नवलपुरकाे दृश्यावलाेकनकाे अवलोकन पनि हाे ।

राइनाे कुञ्ज  बाटुली पाेखरी जगतपुरका साथै गाेही प्रजनन केन्द्र तथा विक्रमादित्यकाे कथा जाेडिएकाे विक्रम बाबा धाम रहेकाे निकुञ्ज क्षेत्र कसरा पर्यटकका लागि महत्त्वपूर्ण गन्तव्य हाे ।

गाैमाताकाे सँरक्षण , येागी नरहरिनाथ आश्रम सहितकाे वागेश्वरी क्षेत्र  भरतपुर ११ मा रहेकाे गणेशधाम , महाबुद्ध गुम्वा समेत भरतपुरका अलाैकिक धार्मिक तथा पर्यटकीय गन्तव्य हुन् ।

भरतपुर १२ मा रहेकाे धनगढा मन्दिर , राईनाे ताल , ११ नम्बर वडामा पर्ने पर्यटकीय गन्तव्य बाल उद्ध्यान , बनभाेज क्षेत्र ,समेत पर्यटकीय गन्तव्यका क्षेत्र हुन् ।

मेडिकल सिटिकाे रुपमा विकसित भैरहेकाे भरतपुरमा अवस्थित विपि काेईराला मेमाेरियल क्यान्सर अस्पताल , भरतपुर अस्पताल , बागेश्वरी स्थित आयुर्वेद उपचार केन्द्र सहित सि एसि , सिएम एस जस्ता अस्पताल समेत भरतपुरका सम्पत्ति हुन् ।

राष्ट्रिय निकुञ्ज , नारायणी नदिमा स्टिमर तथा वाेटिङ यात्रा , साथै भरतपुरका मुख्य सडकमा निर्माण गरिएका साैन्दर्यकरण समेत भरतपुरका हेर्नलाएक गन्तव्य हुन् ।

भरतपुर भ्रमण बर्ष- २०२४ले यस क्षेत्रका विभिन्न क्षेत्रमा सकरात्मक प्रभाव पार्ने विस्वास भरतपुर महानगरकाे रहेकाे छ भने आगामी दिनमा सिङ्गो चितवनलाई समेटेर भ्रमण बर्ष आयाेजना गर्न सकिने हाे भने यसकाे सान्दर्भिकता र महत्त्वकाे उचाई बढ्नुका साथै लक्षित उपलब्धि हासिल हुनेमा सन्देह छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0