२०८० २०८० फागुन १५, मँगलबार

चितवन । ‘भरतपुर भ्रमण बर्ष – २०२४’ काे -यालीमा पहिचान सहित प्रस्तुतहुने ब्यानरकाे साईज निर्धारण गरिएको छ ।

प्रदेशका मुख्यमन्त्री सहित विशिष्ट पाहुनाहरुकाे नारायणी नदी किनारमा प्रधानमन्त्री द्वारा फागुन १८ गते उद्घाटन हुने ‘ भरतपुर भ्रमण बर्ष – २०२४ ‘ काे अवसरमा वडा – वडाबाट विभिन्न जनजातिका पहिचान सहितका झाँक्री प्रस्तुत प्रदर्शनी गरि सहरका मुख्यभागकाे परिक्रमा गरिने छ ।

उद्घाटन समाराेहमा प्रदर्शन हुने व्यानरकाे साइज भने ७ फुट लम्बाइ र ३ फुट चाैडाई तयगरिएकाे छ भने ५० हजार भन्दा बढीकाे उपस्थितिमा उद्घाटन सभामा सम्पन्न गरिने याेजनामा महानगर रहेकाे छ ।

उद्घाटन सभामा उपस्थित भएका मध्य उत्कृष्ट वडा , उत्कृष्ट सँस्था र उत्कृष्ट समुहलाई विभिन्न काेणबाट अवलोकन र मुल्यांकन गरि पुरस्कृत हुनेछन्। महानगरका २९ वडामध्य उत्कृष्ट हुने वडालाई एक लाखकाे जिन्सी सामाग्रीले पुरस्कृत गरिने भएकाे छ भने द्वितीय र तृतीय हुनेलाइ ७५ हजार र ५० हजारका सामाग्री पुरस्कार दिने महानगरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0