२०८० फागुन १२, शनिबार

चितवन । फागुन १८ गते उद्घाटन हुने भरतपुर भ्रमण बर्ष – २०२४ नजिकिएसँगै तैयारी पनि तीव्र पारिएको छ। सातै प्रदेशका मुख्यमन्त्रीहरुलाई आमन्त्रण गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले भ्रमण बर्षकाे उद्घाटन गर्नुहुने महानगर प्रमुख रेणु दाहालले जानकारी दिनुभयाे ।

Banner

उद्घाटन सभामा सँघिय सरकारका मन्त्री , विशिष्ट व्यक्तिका साथै प्रदेशका मुख्य मन्त्री सहित मन्त्रीहरुकाे उपस्थितिमा भव्यरुपमा उद्घाटनकाे याेजना रहेकाे बताउँदै उद्घाटन स्थल नारायणी नदी किनारलाई आकर्षक बनाईएकाे उपप्रमुख चित्रसेन अधिकारीले जानकारी दिनुभयाे ।

भमण बर्षकाे उद्घाटनसँगै विभिन्न साँस्कृतिक कार्यक्रमकाे आयाेजना हुनेछन् भने बिहान ११ बजे स्थानीय भेषभुषा सहितका विभिन्न जातजातिहरुले झाँक्री सहित सबै वडाहरुबाट र्यालीले नगरका मुख्यभाग परिक्रमा गरिने छ भने उत्कृष्ट वडालाई महानगरले पुरस्कृत समेत गर्नेछ ।

 

आज शनिबार उद्योग परिसँघकाे हलमा सम्पन्न भरतपुर भ्रमण भ्रमण बर्ष मूल आयाेजक समितिकाे बैठक समेत सम्पन्न भएकाे छ । विभिन्न उपसमितिका सदस्यहरुकाे समेत सहभागीतामा सम्पन्न साे बैठकमा मेयर दाहालले याे भरतपुर र सिङ्गो चितवनबासीकाे समेत प्रतिष्ठाकाे पर्बभएकाेले भ्रमण बर्षलाई सफलपार्न सबैले सहयाेग गर्नुपर्नेमा जाेडदिनुभएकाे थियाे ।

भ्रमण बर्षका लागि भरतपुरले मुख्य ७ गन्तव्य पहिचान गरेकाे छ भने २१ वटा थप गन्तव्यकाे प्रचारप्रसार गरेकाे छ । चितवनमा विभिन्न हाेटलहरु गरि करिव ७ हजार बेड क्षेमतामा हाेटलहरु छन् भने चितवन राष्ट्रिय निकुञ्ज ,मेघाैली,गाेलाघाट,जगतपुर,पटिहानी,बिसहजारी ताल,बाटुलीपाेखरी,ज्ञानेश्वर व्लक,नारायणी , राप्ती , राईनाे ताल, धनगढा मन्दिर ,कविलासगढी आदि भने पर्यटकका लाग आकर्षण गन्तव् हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0