×
शनिबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

राष्ट्रियता र स्वाधीनतामा सम्झौता हुँदैन: कमलराज पाठक

जनवाद हराउँदै गएको कम्युनिस्ट पार्टीभित्र `अधिनायकवाद´

एनपीएल तेस्रो सिजन : प्रधानमन्त्री बालेन्द्र शाहले गरे उद्घाटन

भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना.३ जनाको मृ*त्यु

मुस्ताङको स्याउ खेतीले कसरी बदल्यो जीवनस्तर ?

कर्णाली याक्सबाट एनपीएल खेल्न नेपाल आइपुगे मार्क वाट

नेपालसम्म चक्रवाती आँधीको प्रभाव पर्न सक्ने

पर्यटन प्रवर्द्धनका लागि हातेमालो : नेपाल–भारत ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुँदै

टीका लगाउने कि बार्ने – शास्त्र के भन्छ

लोकप्रिय समाचार

  • १. जनवाद हराउँदै गएको कम्युनिस्ट पार्टीभित्र `अधिनायकवाद´

  • २. पर्यटन प्रवर्द्धनका लागि हातेमालो : नेपाल–भारत ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुँदै

  • ३. मुस्ताङको स्याउ खेतीले कसरी बदल्यो जीवनस्तर ?

  • ४. कर्णाली याक्सबाट एनपीएल खेल्न नेपाल आइपुगे मार्क वाट

  • ५. भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना.३ जनाको मृ*त्यु

  • ६. एनपीएल तेस्रो सिजन : प्रधानमन्त्री बालेन्द्र शाहले गरे उद्घाटन

  • ७. नेपालसम्म चक्रवाती आँधीको प्रभाव पर्न सक्ने

  • ८. राष्ट्रियता र स्वाधीनतामा सम्झौता हुँदैन: कमलराज पाठक

लघुकथा: बृद्धाश्रमको आँगन

© कृष्ण खनाल `शार्दूल´,चितवन

Advertisement

लघुकथा: बृद्धाश्रम आँगन

वृद्धाश्रमको आँगनमा साँझ विस्तारै ओर्लिरहेको थियो। पश्चिमतिरको घाम रातो हुँदै हराउँदै थियो। तर एउटा अनुहारमा भने घाम अस्ताएको थिएन।

अस्सी वर्ष नाघेका एक बुबा आश्रमको मूलढोकातिर टुलुटुलु हेरिरहेका थिए। मैले नजिक गएर सोधेँ, “कसको प्रतीक्षा हो?” उहाँ हल्का मुस्कुराउनुभयो। “छोराको…” “आउँछु भनेर गएको हो?” “होइन। सात वर्ष भयो, केही खबर छैन। तर बाबु, प्रतीक्षा गर्न त कसैले रोक्दैन नि।” केहीबेर मौनता छायो। मैले

फेरि साहस गरेर प्रश्न गरेँ, “यति लामो समय बेवास्ता गर्दा पनि रिस उठ्दैन?” उहाँको दृष्टि अझै ढोकामै थियो। “रिस त उठ्छ। मन पनि धेरै पटक टुट्छ। तर आमाबुबाको मन काँचभन्दा पनि नरम हुँदो रहेछ। सन्तानले दिएको चोट आफ्नै भाग्य सम्झेर सहन सकिन्छ, तर सन्तानलाई दुःख परोस् भन्ने कामना गर्न सकिँदैन।”

त्यसै बेला अर्को कोठाबाट कसैले खुसी हुँदै भन्यो, “मेरो छोरी विदेशमा ठूलो पदमा पुगिछे।” यो खबर सुन्नासाथ ती बुबाको अनुहार उज्यालियो। “हेर्नु न बाबु,” उहाँले भन्नुभयो, “आफ्ना छोराछोरी हामीभन्दा धेरै माथि पुगून्। उनीहरूले हामीलाई सम्झून् वा नसम्झून्, उनीहरूको सफलतामै हाम्रो जित हुन्छ।”

चारवटा आश्रमका कैयौँ बुबाआमा भेटेँ त्यही दिन। उनीहरूका कथा फरक थिए, तर मन एउटै थियो। कसैले अपमानको गुनासो गरेनन्।

कसैले आफ्ना सन्तानको असफलता चाहेनन्। सबैको एउटै प्रार्थना थियो—”हाम्रा छोराछोरी सुखी रहून्।”

घरबाट टाढा बस्न बाध्य ती बुबाआमाले जीवनको एउटा गहिरो सत्य सिकाए— संसारमा सबैभन्दा धेरै अपमान सहन सक्ने मन यदि कुनै छ भने त्यो आमाबुबाको मन हो। र संसारमा सबैभन्दा निस्वार्थ खुसी यदि कुनै छ भने त्यो आफ्ना सन्तान आफूभन्दा धेरै सफल भएको देख्दा प्राप्त हुने खुसी हो।

सायद त्यसैले आमाबुबाको प्रेमको कुनै परिभाषा छैन। त्यो न त व्यवहारसँग साटिन्छ, न त उपहारसँग। त्यो त केवल दिइरहन्छ—अन्तिम साससम्म, अन्तिम प्रतीक्षासम्म,चाहे आश्रमसम्म धकलिन किन नपराेस् ।

( समाजशास्त्रमा स्नातकोत्तर गरेका लेखक कृष्ण खनालले देवघाटकाे वारि र पारिका दुई आश्रम र कमलनगर नारायणगढ स्थित मानवसेवा आश्रमकाे स्थलगत अध्ययन पश्चात् तयार पारिएको लघकथाकाे रुप हाे)

शनिबार, असार २०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रियता र स्वाधीनतामा सम्झौता हुँदैन: कमलराज पाठक
जनवाद हराउँदै गएको कम्युनिस्ट पार्टीभित्र `अधिनायकवाद´
एनपीएल तेस्रो सिजन : प्रधानमन्त्री बालेन्द्र शाहले गरे उद्घाटन
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना.३ जनाको मृ*त्यु
मुस्ताङको स्याउ खेतीले कसरी बदल्यो जीवनस्तर ?
कर्णाली याक्सबाट एनपीएल खेल्न नेपाल आइपुगे मार्क वाट

लोकप्रिय

  • १.
    जनवाद हराउँदै गएको कम्युनिस्ट पार्टीभित्र `अधिनायकवाद´

  • २.
    पर्यटन प्रवर्द्धनका लागि हातेमालो : नेपाल–भारत ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुँदै

  • ३.
    मुस्ताङको स्याउ खेतीले कसरी बदल्यो जीवनस्तर ?

  • ४.
    कर्णाली याक्सबाट एनपीएल खेल्न नेपाल आइपुगे मार्क वाट

  • ५.
    भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना.३ जनाको मृ*त्यु

  • ६.

  • ७.
    नेपालसम्म चक्रवाती आँधीको प्रभाव पर्न सक्ने

  • ८.
    पर्यटन प्रवर्द्धनका लागि हातेमालो : नेपाल–भारत ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुँदै

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.