×
आइतबार, मङि्सर ०७, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि, ३ हजार ४१४ प्रतिनिधि काठमाडौंमा जुट्दै

नारायणी महोत्सव सञ्चालनका लागि जिल्ला प्रशासनको सहमति, मंसिर ३ देखि १७ गतेसम्म आयोजना हुने

कथा : पुनर्मिलन – दुर्गा घिमिरे

नारायणी नदी किनारमा दोस्रो नारायणी महोत्सव हुँदै, दुई लाख दर्शक भित्र्याउने लक्ष्य

नीलम कार्की निहारिकाको ‘राजमाता’लाई कविडाँडा आख्यान पुरस्कार प्रदान

मकवानपुर गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते

प्रहरी नेतृत्व परिवर्तन : बालेन सरकारको शक्ति परीक्षण कि संस्थागत सुधारको सुरुवात?

हारपछि पनि पछि नहट्ने ट्रम्पको अडान

प्रहरी कर्मचारीका गुनासा सुन्न तत्काल संयन्त्र निर्माण गर्ने

लोकप्रिय समाचार

  • १. नारायणी महोत्सव सञ्चालनका लागि जिल्ला प्रशासनको सहमति, मंसिर ३ देखि १७ गतेसम्म आयोजना हुने

  • २. एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि, ३ हजार ४१४ प्रतिनिधि काठमाडौंमा जुट्दै

मुस्ताङको स्याउ खेतीले कसरी बदल्यो जीवनस्तर ?

८ कार्तिक २०८३, आइतबार

Advertisement

मार्फा, टुकुचे, कोबाङ, जोमसोम, ठिनी, स्याङ, चिमाङ ,छैरो र वारागुङमुक्ति क्षेत्रगाउपालिकाका गाउँहरुको स्याउ बगैँचाले मुस्ताङलाई देशभर चिनाएका छन्।

नेपालको कृषि क्षेत्रको विशिष्ट पहिचान बनेको हिमाली जिल्ला मुस्ताङ  स्याउ खेतीको यो पहिचान एकैपटक स्थापित भएको होइन। नुन र ऊनको व्यापारमा निर्भर हिमाली समाज, जीविकोपार्जनको संघर्ष, सरकारी प्रोत्साहन, किसानको मेहनत, यातायातको विस्तार र बजार विकाससँगै मुस्ताङको स्याउ खेतीले लामो यात्रा तय गरेको हो।

काभ्रेको ककनीमा स्याउ खेतीको परीक्षण केही मात्रामा मात्रै सफल भएपछि हिमाली जिल्लाहरू हुम्ला, जुम्ला ,डोल्पा र मुस्ताङमा समेत स्याउ खेतीको सम्भावना खोजिएको हो।

सुरुमा स्याउ फल्न थाले पनि बजारको अभावमा किसानले उत्पादन बिक्री गर्न सकेनन्। कतिपय अवस्थामा स्याउ गाईबस्तुलाई समेत खुवाउनुपर्ने अवस्था थियो। स्याउ खेतीलाई झन्झटिलो ठान्दै केही किसानले त फल दिने रुखसमेत काटेका थिए।

समयक्रममा त्यही स्याउले किसानको जीवनस्तर, कृषि जमिनको मूल्य र गाउँको आर्थिक अवस्थामै परिवर्तन ल्यायो। आज मुस्ताङको स्याउ कृषि उत्पादन मात्र नभई स्थानीय पहिचान, पर्यटन र आर्थिक समृद्धिको महत्वपूर्ण आधार बनेको छ।

परम्परागत व्यापारको आधार कमजोर भएपछि विशेषगरी थकाली समुदायका धेरै मानिस व्यापार तथा रोजगारीका लागि मुस्ताङबाहिर जान थाले। स्थानीय भूगोल र हावापानीअनुसार नयाँ कृषि उत्पादनको सम्भावना खोज्नुपर्ने आवश्यकता बढ्दै गयो। यही पृष्ठभूमिमा मुस्ताङको चिसो र सुख्खा हावापानीमा फलफूल खेती गर्न सकिने सम्भावनातर्फ ध्यान जान थालेको थियो।

मुस्ताङको पुरानो अर्थतन्त्र मुख्यतः नुन, ऊन, पशुपालन र सीमापार व्यापारमा आधारित थियो। स्थानीय उत्पादनले मात्र परिवारको जीविकोपार्जन धान्न कठिन हुन थालेपछि वैकल्पिक आम्दानीको स्रोत खोज्नुपर्ने अवस्था सिर्जना भयो। त्यसै समयमा ‘खम्पा विद्रोह’का कारण पनि क्षेत्रको व्यापारिक गतिविधि प्रभावित भएको स्थानीयको भनाइ छ

मुस्ताङमा स्याउ खेतीको सुरुवात र विस्तारमा बुद्धिरत्न शेरचनको योगदान विशेष रूपमा उल्लेख गरिन्छ । उनले स्याउका बिरुवा रोपेर स्थानीय हावापानीमा यसको सम्भाव्यता परीक्षण गर्न महत्वपूर्ण भूमिका खेलेको स्थानीय इतिहासमा पाइन्छ ।

स्याउसँगै अंगुर, कागती बदाम, ओखर, नासपाती ,आरु र खुर्पानीजस्ता फलफूल खेतीको सम्भावनासमेत खोजिएको थियो। सुरुवाती समयमा स्याउ खेती सफल होला कि नहोला भन्ने अन्योल रहे पनि प्रारम्भिक प्रयासले मुस्ताङमा फलफूल खेती विस्तारको बाटो खोलेको देखिन्छ।

स्याउ खेती सुरु भएको प्रारम्भिक समयमा सबै किसानले यसलाई व्यावसायिक खेतीका रूपमा अपनाएका थिएनन् । धेरैले परीक्षणका रूपमा थोरै बिरुवा रोपे भने केही सीमित किसानले मात्र ठूला बगैँचा निर्माण गरेका थिए।

केही वर्षपछि स्याउ फल्न थाल्यो। स्थानीय हावापानीमा उत्पादित स्याउ राम्रो र स्वादिलो भएपनि त्यसलाई बिक्री गर्ने भरपर्दो बजार थिएन । सडक तथा यातायात सुविधाको अभावमा उत्पादनलाई जिल्ला बाहिर पु¥याउन कठिन थियो।

स्याउ बिक्री नहुँदा कतिपय किसानले फल गाईबस्तुलाई समेत खुवाउने गरेको स्थानीय बासिन्दाहरू सम्झन्छन्। उत्पादन राम्रो भए पनि बजारको अभावले किसानले त्यसबाट अपेक्षित आर्थिक लाभ लिन सकेनन्।

वि.सं. २०३२ साल फागुन ७ गते सञ्चालनमा आएको जोमसोम विमानस्थल मुस्ताङलाई बाहिरी संसारसँग जोड्ने महत्वपूर्ण माध्यम बन्यो। विमानस्थलमा आउनेजाने हवाईजहाज तथा हेलिकप्टरका पाइलट, यात्रु र चाडपर्वमा घर फर्किने कर्मचारीले मुस्ताङको स्याउ कोसेलीका रूपमा लैजान थाले।

यसरी सीमित मात्रामा बाहिर पुग्न थालेको मुस्ताङको स्याउको चर्चा विस्तारै फैलिँदै गयो। स्याउको स्वाद र गुणस्तरबारे विभिन्न ठाउँमा चर्चा हुन थालेपछि बाहिरी बजारमा समेत यसको माग बढ्ने आधार तयार भयो।

कुनै समय बजार नपाएर गाईबस्तुलाई खुवाउनुपर्ने स्याउ आज मुस्ताङको कृषि, पर्यटन र स्थानीय पहिचानको महत्वपूर्ण आधार बनेको छ। किसानको मेहनत, सरकारी प्रोत्साहन, प्राविधिक सहयोग र बजार पहुँचले सम्भावनाको परीक्षणका रूपमा सुरु भएको खेतीलाई व्यावसायिक उत्पादनमा रूपान्तरण गर्न सहयोग पु¥याएको छ।

आइतबार, कार्तिक ०९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि, ३ हजार ४१४ प्रतिनिधि काठमाडौंमा जुट्दै
नारायणी महोत्सव सञ्चालनका लागि जिल्ला प्रशासनको सहमति, मंसिर ३ देखि १७ गतेसम्म आयोजना हुने
कथा : पुनर्मिलन – दुर्गा घिमिरे
नारायणी नदी किनारमा दोस्रो नारायणी महोत्सव हुँदै, दुई लाख दर्शक भित्र्याउने लक्ष्य
नीलम कार्की निहारिकाको ‘राजमाता’लाई कविडाँडा आख्यान पुरस्कार प्रदान
मकवानपुर गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते

लोकप्रिय

  • १.
    नारायणी महोत्सव सञ्चालनका लागि जिल्ला प्रशासनको सहमति, मंसिर ३ देखि १७ गतेसम्म आयोजना हुने

  • २.

  • ३.
    कथा : पुनर्मिलन – दुर्गा घिमिरे

  • ४.
    नारायणी नदी किनारमा दोस्रो नारायणी महोत्सव हुँदै, दुई लाख दर्शक भित्र्याउने लक्ष्य

  • ५.
    नीलम कार्की निहारिकाको ‘राजमाता’लाई कविडाँडा आख्यान पुरस्कार प्रदान

  • ६.
    मकवानपुर गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते

  • ७.
    प्रहरी नेतृत्व परिवर्तन : बालेन सरकारको शक्ति परीक्षण कि संस्थागत सुधारको सुरुवात?

  • ८.
    हारपछि पनि पछि नहट्ने ट्रम्पको अडान

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.