२०८३ असार १५, साेमबार
Advertisement
हाइकु
– कृष्ण खनाल शार्दूल, चितवन
१ असारे पानी,
हिलोमा रोपाइँ गीत
हरियो सपना।

२
दही चिउरा,
धानको सुगन्धसँग
मन उज्यालो।
३
मेघको छाता,
किसानका पसिनाले
सुन फलाउँछ।
४
बयार बोल्छ,
धानका कोमल
बाला जीवन हाँस्छ।
५
धरती माता,
हरियो आशिष बाँड्छिन्
समृद्धि फुलोस्।
– कृष्ण खनाल,शार्दूल- चितवन


