×
सोमबार, मङि्सर ०८, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

लघुकथा : सिन्दुरको अधिकार

शिक्षकलाई गाडी र मोटरसाइकल किन्न ब्याज सहुलियत दिने प्रस्ताव अर्थ मन्त्रालयद्वारा अस्वीकृत

नारायणी महाेत्सवमा आज ७ गते कुमा सारगर एण्ड द ख्वपाकाे प्रस्तुति हुने

बाह्रखरी कथा प्रतियोगितामा चेतनाथ आचार्य प्रथम, ‘भोटेकोशीको सुसाहट’लाई दुई लाख पुरस्कार

एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि, ३ हजार ४१४ प्रतिनिधि काठमाडौंमा जुट्दै

नारायणी महोत्सव सञ्चालनका लागि जिल्ला प्रशासनको सहमति, मंसिर ३ देखि १७ गतेसम्म आयोजना हुने

कथा : पुनर्मिलन – दुर्गा घिमिरे

नारायणी नदी किनारमा दोस्रो नारायणी महोत्सव हुँदै, दुई लाख दर्शक भित्र्याउने लक्ष्य

नीलम कार्की निहारिकाको ‘राजमाता’लाई कविडाँडा आख्यान पुरस्कार प्रदान

लोकप्रिय समाचार

  • १. नारायणी महोत्सव सञ्चालनका लागि जिल्ला प्रशासनको सहमति, मंसिर ३ देखि १७ गतेसम्म आयोजना हुने

  • २. एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि, ३ हजार ४१४ प्रतिनिधि काठमाडौंमा जुट्दै

  • ३. बाह्रखरी कथा प्रतियोगितामा चेतनाथ आचार्य प्रथम, ‘भोटेकोशीको सुसाहट’लाई दुई लाख पुरस्कार

  • ४. नारायणी महाेत्सवमा आज ७ गते कुमा सारगर एण्ड द ख्वपाकाे प्रस्तुति हुने

  • ५. शिक्षकलाई गाडी र मोटरसाइकल किन्न ब्याज सहुलियत दिने प्रस्ताव अर्थ मन्त्रालयद्वारा अस्वीकृत

  • ६. लघुकथा : सिन्दुरको अधिकार

भरतपुरले विद्यालयको पाठ्यक्रममै समेट्यो रक्तदान शिक्षा, देशभर विस्तार गर्नुपर्ने आवाज

२०८३ कात्तिक १३,शुक्रबार

Advertisement

कक्षा ५ देखि ८ सम्मका विद्यार्थीले अब सिक्नेछन् रक्तदानको महत्त्व, बाल्यकालदेखि नै मानवता र जीवनरक्षाको संस्कार विकास गर्ने प्रयास

@ कृष्ण खनाल

श्रीखबर/भरतपुर। रक्तदानलाई केवल स्वास्थ्यसम्बन्धी गतिविधिमा सीमित नराखी मानवता, सामाजिक उत्तरदायित्व र जीवनरक्षासँग जोड्दै भरतपुरमा विद्यालय तहको पाठ्यक्रममै रक्तदान शिक्षा समावेश गरिएको छ।

नेपालमै पहिलोपटक यस्तो अभ्यास सुरु गरिएको दाबीसहित नेपाल रक्तदाता सङ्गठनले यस कदमको स्वागत गरेको छ। भरतपुर महानगरपालिकाअन्तर्गत आधारभूत तहका कक्षा ५, ६, ७ र ८ का विद्यार्थीलाई लक्षित गरी रक्तदानसम्बन्धी विषय पाठ्यक्रममा समावेश गरिएको हो।

यस पहलले बालबालिकामा सानै उमेरदेखि रक्तदानको महत्त्व, मानवीय संवेदना, सेवाभाव र सामाजिक सहयोगको भावना विकास गर्ने अपेक्षा गरिएको छ। नेपाल रक्तदाता सङ्गठनका प्रवक्ता विपिन पाठकका अनुसार रक्तदान शिक्षालाई विद्यालयको पाठ्यक्रममा समावेश गर्न माग गर्दै केही समयअघि शैक्षिक प्रशासन महाशाखा भरतपुरका प्रमुख सुवास आचार्यलाई ज्ञापनपत्र बुझाइएको थियो।4

उक्त मागलाई सम्बोधन गर्दै पाठ्यक्रममा विषय समावेश गर्ने प्रक्रिया अघि बढेको हो। रक्तदान भनेको बिरामीलाई आवश्यक परेको समयमा रगत उपलब्ध गराउने काम मात्र होइन, अरूको जीवन बचाउन आफूले गर्न सक्ने निःस्वार्थ मानवीय योगदान पनि हो। तर रक्तदानबारे समाजमा अझै पनि विभिन्न भ्रम, संकोच र अपर्याप्त जानकारी पाइन्छ।

यस्तो अवस्थामा विद्यालय तहदेखि नै वैज्ञानिक र व्यवहारिक ज्ञान दिन सके भविष्यमा सचेत रक्तदाता तथा मानवीय सेवाप्रति जिम्मेवार नागरिक तयार गर्न सहयोग पुग्ने सङ्गठनको विश्वास छ। सङ्गठनले भरतपुरमा सुरु भएको यो अभ्यासलाई राष्ट्रिय स्तरमा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएको छ।

रक्तदान शिक्षालाई सामाजिक विषयको पाठ्यक्रममा समावेश गरी आगामी शैक्षिक वर्षदेखि देशभरका विद्यार्थीमाझ पुर्‍याउन सम्बन्धित निकायसँग पहल गर्ने योजना रहेको प्रवक्ता पाठकले जानकारी दिनुभयो।

यस कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने शैक्षिक प्रशासन महाशाखा भरतपुरका प्रमुख सुवास आचार्यसहित सम्पूर्ण टोली तथा सहजीकरण गर्ने डा. भोजराज अधिकारीप्रति सङ्गठनले आभार व्यक्त गरेको छ। साथै, यस अभियानमा संलग्न सङ्गठनका सम्पूर्ण सदस्यलाई धन्यवाद दिएको छ।

शिक्षा भनेको अक्षर र प्रमाणपत्रको ज्ञान मात्र होइन, जीवन र समाजप्रति जिम्मेवार बन्न सिकाउने संस्कार पनि हो। विद्यालय तहबाटै रक्तदानको महत्त्व बुझाउन सकिएमा आजका विद्यार्थी भोलिका सचेत रक्तदाता, स्वयंसेवक र मानवीय सेवाका अभियन्ता बन्न सक्छन्।

भरतपुरमा सुरु भएको यो पहललाई एउटा स्थानीय शैक्षिक कार्यक्रमका रूपमा मात्र नहेरी देशभर विस्तार गर्न सकिने सामाजिक चेतना र जीवनरक्षा अभियानका रूपमा लिन आवश्यक छ। किनकि रगतको अभावमा कसैले जीवन गुमाउन नपरोस् भन्ने उद्देश्य पूरा गर्न रक्तदान गर्ने हात मात्र होइन, रक्तदानको महत्त्व बुझ्ने चेतनासमेत विस्तार हुनुपर्छ।

रक्तदान जीवनदान हो, यसको संस्कार बाल्यकालबाटै सुरु गरौँ।

शनिबार, कार्तिक १५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लघुकथा : सिन्दुरको अधिकार
शिक्षकलाई गाडी र मोटरसाइकल किन्न ब्याज सहुलियत दिने प्रस्ताव अर्थ मन्त्रालयद्वारा अस्वीकृत
नारायणी महाेत्सवमा आज ७ गते कुमा सारगर एण्ड द ख्वपाकाे प्रस्तुति हुने
बाह्रखरी कथा प्रतियोगितामा चेतनाथ आचार्य प्रथम, ‘भोटेकोशीको सुसाहट’लाई दुई लाख पुरस्कार
एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि, ३ हजार ४१४ प्रतिनिधि काठमाडौंमा जुट्दै
नारायणी महोत्सव सञ्चालनका लागि जिल्ला प्रशासनको सहमति, मंसिर ३ देखि १७ गतेसम्म आयोजना हुने

लोकप्रिय

  • १.
    नारायणी महोत्सव सञ्चालनका लागि जिल्ला प्रशासनको सहमति, मंसिर ३ देखि १७ गतेसम्म आयोजना हुने

  • २.
    एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि, ३ हजार ४१४ प्रतिनिधि काठमाडौंमा जुट्दै

  • ३.
    बाह्रखरी कथा प्रतियोगितामा चेतनाथ आचार्य प्रथम, ‘भोटेकोशीको सुसाहट’लाई दुई लाख पुरस्कार

  • ४.
    नारायणी महाेत्सवमा आज ७ गते कुमा सारगर एण्ड द ख्वपाकाे प्रस्तुति हुने

  • ५.
    शिक्षकलाई गाडी र मोटरसाइकल किन्न ब्याज सहुलियत दिने प्रस्ताव अर्थ मन्त्रालयद्वारा अस्वीकृत

  • ६.

  • ७.
    कथा : पुनर्मिलन – दुर्गा घिमिरे

  • ८.
    नारायणी नदी किनारमा दोस्रो नारायणी महोत्सव हुँदै, दुई लाख दर्शक भित्र्याउने लक्ष्य

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.