३ असार २०८३, बुधबार
साउदी अरबले नेपाल सरकारसँग पर्याप्त समन्वय नगरी काठमाडौंमा सञ्चालन गर्न लागेको श्रमिक सिप परीक्षण प्रमाणीकरण केन्द्रको विरोध गरेका छन् ।

साउदी पक्षले सिप परीक्षण उत्तीर्ण भएको प्रमाणपत्र पेस नगरेसम्म श्रमिकलाई भिसा जारी नगरिने जनाएको थियो । प्रारम्भिक चरणमा सामान लोड तथा अनलोड गर्ने कामदार, भरिया, ठेला चालक तथा निर्माण क्षेत्रका श्रमिकलाई सिप परीक्षणको दायरामा ल्याइएको थियो । यद्यपि, निर्माण क्षेत्रभित्र कुन–कुन कामका श्रमिकलाई परीक्षणमा सहभागी गराइने भन्ने विषय अझै स्पष्ट गरिएको छैन ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघ अध्यक्ष डिकबहादुर खत्रीले यसलाई ‘सिप परीक्षणका नाममा सिन्डिकेट’ को संज्ञा दिएका छन् । यो व्यवस्थाले श्रमिकलाई चर्को आर्थिक मारमा पार्ने र अर्को खालको सिन्डिकेट लगाउने काम भएको र जसरी पनि बन्द गराउनुपर्ने भन्दै संघ लागिरहेको बताए ।
दशौं वर्ष कतार वा अन्य देशमा मेसिनजस्ता दक्ष काम गरेर फर्किएका अनुभवी श्रमिकलाई फेरि १५ हजार तिराएर एक महिना कुराउनु र सिप प्रमाणीकरण गर्नु न्यायोचित नहुने उनको भनाइ छ ।
‘लोडिङ–अनलोडिङ जस्ता सामान्य श्रममा जाने श्रमिकको के सिप परीक्षण गर्ने ? यो निकै विवादास्पद र अव्यावहारिक छ,’ खत्रीले भने ।




