२५ फाल्गुन २०८१, आइतबार
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कुनै कुर्सीमा लगेर राख्दैमा शासक हुन्छ भनी प्रश्न गरेका छन् ।
“म अत्यधिक बहुमतले छानेको प्रधानमन्त्री छु । मैले बनाएको दुई दलको सहमतिको मजबुत सरकार छ । यो केही थाहा पाउनुहुन्न कि क्या हो उहाँहरू ? हामी कुनै बलमिच्याइँका कुरा गर्दैनौँ । विधिका कुरा गर्छौं,” पूर्वराजा ज्ञानेन्द्र शाह ओलीले प्रश्न गरेका छन् ।
“आज पूर्वराजालाई लगेर सिंहासनमा बसाउने, नारायणहिटी छिराउने के भन्या त्यो ? कुनै कुर्सीमा लगेर राख्दा शासक हुन्छ मान्छे ? मानिदिन परेन ?,” उनले सोधे ।
आइतबार सुदूरपश्चिम प्रदेशसभालाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भावनामा बगेर देश नबन्ने बताए । अस्थिरता जन्माउने खेल फेरि हुन थालेको भन्दै त्यसलाई सम्बोधन गरिने उनको भनाइ छ ।
ओलीले प्रमुख राजनीतिक दलका नेतालाई प्रतिगमनतिर देशमा जान नदिएर एकै आवाजमा उभिएकोमा धन्यवाद दिए ।
अर्को प्रसंगमा ओलीले आफूले १६ महिना प्रधानमन्त्री चलाएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने बताएका छन् ।


