चिताैन कचेहेरीले सलामी कर्म सम्पन्न गरेकाेछ, चितवनमा। धेरै सराेकारवालाहरुलाई एकैठाउँमा गुजुल्ट्याएर विषयप्रति सचेतहुन गाेर्खेलाैरी लगाउने कार्य चानेचुने हुँदैहाेईन।गणतन्त्र पाईयाे भनेर मख्ख परिराख्नु भन्दा गणतन्त्रमा जनताले के अपेक्षा गरेका हुन्छन् र प्राप्ति गर्ने दिशामा छ कि छैन भन्ने मुद्दाको उठान प्रमुख बिषय हाे , जुनकाम सराेकारवालाकाे सामु कतेहेरीमा प्रस्तुत भए ।” घर गाउँकाे सिँहदरबार: कति विकास , कति शासन देखि लिएर कृषिमा उधमशीलता : कर्म र मर्मकाे खाेजी गरिएकाे थियाे कचेहेरीमा।

न्यायका कुरा , सशस्त्र द्वन्द्वका वात अनि हिँसा प्रतिकाे चिन्ता व्यक्त गरिए त्यहाँ ।प्रर्यावरण देखि जलाधारकाे दुर्दशा ,याैनिकता देखि आत्मा सम्मानका कुराकानी भए।समाजका रैथाने बात भए दुई दिनभर । अझै थुप्रै गन्थन भयाे चाेटिलाे मन्थनका साथ कृतिहरुका भावना मुखरित भए पहिलाेपल्ट। हाे यस्तै अझै गराैँ सँयाेजनमा निर्देशन गर्नुहुने सरिता तिवारी सहित सबैलाई बधाई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0