चितवन/ वनबाटै गुजारा चलाउनुपर्ने आश्रृत परिवार , अतिविपन्न , दलित जनजाति तथा आफ्ना लक्षित वर्ग तथा समुदायलाई सामुदायिक वनले स्वराेजगार तालिम प्रदान गर्ने भएको छ।
भरतपुर ११ काे नवजागृति सामुदायिक वनले आफ्नाे बार्षिक कार्यक्रम तथा उक्त वनकाे रजत जयन्ती २०८० पारेर साे वर्ग लक्षित शीपमुलक ” कपडामा कडाइ भर्ने ” तालिम गराउने भएको हाे।हामी हाम्रा अतिविपन्न दलित जनजाति तथा वनसँगै आश्रृत भएर दैनिक गुजारा चलाउनुपर्ने अवस्थामा रहेका उपभोक्ता तथा सदस्य हरुलाई स्वराेजगारमा आधारित कपडामा कडाई भर्ने शीपमुलक तालिम उपलब्ध गराउँदैछाैँ ” साे वनका उपाध्यक्ष नारायण केसीले भने।
यसै बर्ष परेकाे याे वनकाे रजत जयन्तीकाे अवसर पारेर हामीले टाेलटाेलबाट छनाैट भै आएका लक्षित वर्गका उपभोक्ताहरुलाई निःशुल्क ४ महिने शिपमुलक कडाई भर्ने तालिम गराउँदै छाैँभन्दै साे वनका अध्यक्ष देव गुरुङले भने – याे तालिमले व्यक्तिमा शीपकाे विकास हुन गै आय आर्जन मा टेवा पुग्नजाने बिश्वास लिएकाछाैँ ।
वनले परिषद सदस्यकाे राेहवरमा टाेलटालमा बैठक बसी यहि बैशाख २९ गते भित्र सामुदायीक बनकाे कार्यालयामा नामावली पठाउन समेत पत्राचार गरेकाे छ।
तालिम पश्चात् सफल व्यक्तिले दैनिक ३०देखि ४० हजार रुपैयाँ कमाउन सक्ने भै स्वराेजगार समेत हुने आयाेजककाे विश्वास रहेकाे छ ।