×
शुक्रबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेस
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • मनोरन्जन
    • विचार
    • विजनेस
      • अर्थनीति
      • कर्पोरेट
      • पर्यटन
      • रोजगार
    • सूचना-प्रविधि
    • स्वास्थ्य
    • भिडियो
    • थप
      • अन्तर्वार्ता
      • जीवनशैली
      • कला / साहित्य
      • कृषि /पर्यटन
      • अन्तराष्ट्रिय / प्रवास

भर्खरै

राष्ट्रियता र स्वाधीनतामा सम्झौता हुँदैन: कमलराज पाठक

जनवाद हराउँदै गएको कम्युनिस्ट पार्टीभित्र `अधिनायकवाद´

एनपीएल तेस्रो सिजन : प्रधानमन्त्री बालेन्द्र शाहले गरे उद्घाटन

भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना.३ जनाको मृ*त्यु

मुस्ताङको स्याउ खेतीले कसरी बदल्यो जीवनस्तर ?

कर्णाली याक्सबाट एनपीएल खेल्न नेपाल आइपुगे मार्क वाट

नेपालसम्म चक्रवाती आँधीको प्रभाव पर्न सक्ने

पर्यटन प्रवर्द्धनका लागि हातेमालो : नेपाल–भारत ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुँदै

टीका लगाउने कि बार्ने – शास्त्र के भन्छ

लोकप्रिय समाचार

  • १. जनवाद हराउँदै गएको कम्युनिस्ट पार्टीभित्र `अधिनायकवाद´

  • २. पर्यटन प्रवर्द्धनका लागि हातेमालो : नेपाल–भारत ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुँदै

  • ३. मुस्ताङको स्याउ खेतीले कसरी बदल्यो जीवनस्तर ?

  • ४. कर्णाली याक्सबाट एनपीएल खेल्न नेपाल आइपुगे मार्क वाट

  • ५. भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना.३ जनाको मृ*त्यु

  • ६. एनपीएल तेस्रो सिजन : प्रधानमन्त्री बालेन्द्र शाहले गरे उद्घाटन

  • ७. नेपालसम्म चक्रवाती आँधीको प्रभाव पर्न सक्ने

  • ८. राष्ट्रियता र स्वाधीनतामा सम्झौता हुँदैन: कमलराज पाठक

मौरी व्यवसायीबाट लाखौं आम्दानी

फागुन ३० चितवन

Advertisement

मौरीले परागसेचन गरेर उत्पादन वृद्धि र फूलको रसबाट मह बनाउने काम एकै पटक गरिरहेको हुन्छ । मौरी बिना उचित परागसेचन नहुँदा खाद्य वस्तुको उत्पादनमा समेत ह्रास आउँछ ।

विश्वमा खाद्य उत्पादन वृद्धि गर्न र खाद्य सुरक्षाको प्रत्याभूति गर्न मौरीले पनि अहम् भूमिका निर्वाह गर्दछ । राम्रो बजार र लोभलाग्दो गुण भएकै कारण मौरीपालन कृषकको रोजाइमा पर्दछ ।

मोरङको लेटाङ नगरपालिका भित्रबाट मात्रै व्यावसायिक किसानहरुले उत्पादन गरेको मह औसतमा वार्षिक आठ सय क्विन्टलभन्दा बढी पालिकाबाहिर निर्यात हुने गरेकामा विगत वर्षहरुमा भन्दा यस वर्ष मह उत्पादनमा कमी आउने सङ्केत देखिएको लेटाङ–९ जाँते मनकामना मौरीपालक केन्द्रका सञ्चालक इमनाथ पोख्रेलले बताए । जङ्गली फूल फुल्नु अगाडि पानी पर्न नसक्दा बोटबिरुवाका फूलहरु सुक्न थालेकाले मौरीलाई चरणको अभाव भएको र  मह कम उत्पादन हुने सङ्केत देखिएको उनको भनाइ छ ।

विसं २०५८ देखि लगातार मौरीपालन गर्दै आएका पोख्रेलले दुई सय ५० घारभन्दा बढी मौरी पालेर वार्षिक ३० देखि ३५ क्विन्टलभन्दा बढी मह उत्पादन गरिरहेको उल्लेख गरे । तोरीको समयमा मात्रै २० क्विन्टल मह उत्पादन हुुने गरेको उहाँको जिकिर छ । तोरीको फूल फुल्ने समयभन्दा अन्य समयमा मह कम उत्पादन हुने गर्दछ । वार्षिक रु १२–१३ लाख कमाई हुने गरेको कृषक पोख्रेलले बताए ।

Open photo

“हाल प्रतिकिलो आठ सयका दरले मह बिक्री गर्ने गरेको र सम्पूर्ण खर्च कटाएर प्रतिकिलो रु तीन सय नाफा हुने गरेको छ”, पोख्रेल भने,“नेपालमा राम्रो मह उत्पादन हुन्छ तर राज्यले यसलाई ब्रान्डिङ गर्न पहल गरिदिनुर्पयो।  अझ चारकोसे झाडी तथा जङ्गलमा चराएका मौरीको महमा औषधीय गुण हुन्छ ।”

मेलिफेरा र सेराना जातका मौरीपालन गर्दा राम्रोसँग उत्पादन लिन सकिन्छ । मेलिफेरा जातको मौरीलाई तराई र भित्री मधेसमा पालन गर्न सकिन्छ भने सेराना जातको मौरीलाई उच्च पहाडी क्षेत्रमा पालन गर्न सकिन्छ । चरण क्षेत्रमा लगाइएका बालीमा प्रयोग हुने विषादीका कारण मौरीमा प्रतिकूल असर परी मौरीपालन व्यवसायीहरु मारमा पर्दै आएको मौरी चरण क्षेत्र बेलबारी ११ भाङबारीका जीवन अधिकारीले बताए ।

विदेशी कम गुणस्तरीय मह स्वदेशी बजारमा छ्याप्छ्याप्ती भित्रिदा स्वदेशी महले उचित मूल्य पाउन नसकेको किसान इमनाथ पोख्रेलले बताए । स्वदेशी महको गुणस्तर मापन गरेर ग्राहकसम्म पु¥याउन सरकारले भूमिका निर्वाह गरे कृषकलाई राहत पुग्ने उनको अपेक्षा छ । निजी क्षेत्रबाट गोल्छा अर्गनाइजेसन कम्पनी र मह कृषकबीच सम्झौता भए पनि कार्यान्वयन भने अझै हुन नसकेको लेटाङ नगरपालिकाका कृषि शाखाप्रमुख करण श्रेष्ठले बताए । मह परीक्षण ल्याब स्थापना गर्न ढिलाइ भएको कारण देखाउँदै उक्त कम्पनी पन्छिएको कृषक इमनाथ पोख्रेलको आरोप छ । उक्त नगरपालिका क्षेत्रभित्र एक हजार पाँच सयभन्दा धेरै व्यावसायिक मौरीका घारहरु रहेकामा १० वटा मौरीपालन फार्म र एउटा मौरीपालन समूह छन् । वडा नं १, २, ५ र ६ का कृषकहरु मिलेर उक्त समूह सञ्चालन गरिरहेका छन् ।

महमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी, सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियमजस्ता तत्त्व पाइन्छ, जुन शरीरका लागि ज्यादै लाभदायक हुन्छ । महमा ११ वटा महत्त्वपूर्ण मिनिरल पाइन्छ, जुन मानव शरीरको बनावट र विकासका लागि निकै आवश्यक हुन्छ ।

श्राेत – रासस

मङ्गलबार, फागुन ३०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रियता र स्वाधीनतामा सम्झौता हुँदैन: कमलराज पाठक
जनवाद हराउँदै गएको कम्युनिस्ट पार्टीभित्र `अधिनायकवाद´
एनपीएल तेस्रो सिजन : प्रधानमन्त्री बालेन्द्र शाहले गरे उद्घाटन
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना.३ जनाको मृ*त्यु
मुस्ताङको स्याउ खेतीले कसरी बदल्यो जीवनस्तर ?
कर्णाली याक्सबाट एनपीएल खेल्न नेपाल आइपुगे मार्क वाट

लोकप्रिय

  • १.
    जनवाद हराउँदै गएको कम्युनिस्ट पार्टीभित्र `अधिनायकवाद´

  • २.
    पर्यटन प्रवर्द्धनका लागि हातेमालो : नेपाल–भारत ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुँदै

  • ३.
    मुस्ताङको स्याउ खेतीले कसरी बदल्यो जीवनस्तर ?

  • ४.
    कर्णाली याक्सबाट एनपीएल खेल्न नेपाल आइपुगे मार्क वाट

  • ५.
    भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट दुर्घटना.३ जनाको मृ*त्यु

  • ६.

  • ७.
    नेपालसम्म चक्रवाती आँधीको प्रभाव पर्न सक्ने

  • ८.
    पर्यटन प्रवर्द्धनका लागि हातेमालो : नेपाल–भारत ‘क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुँदै

हाम्रो बारेमा

भूमण्डल नेटवर्क प्रा. लि. द्वारा संचालित
श्रीखबर डट कम
सूचना विभाग दर्ता नं.
३७५०/०७९/०८०
भ्याट नं.
६१०३७४८५२

हाम्रो टीम

प्रकाशक
भूमण्डल नेटवर्क प्रा. लि.
सम्पादक
कृष्ण प्रसाद खनाल
समाचार कक्ष
दुर्लभ पोखरेल
गोविन्द प्रसाद अधिकारी
दिक्षा खनाल
बिष्णु प्रसाद तिवारी

सम्पर्क

ठेगाना
भरतपुर महानगरपालिका – ११ , चितवन
फोन
९८४९९७०२१६
ई-मेलः
news.shreekhabar@gmail.com
info@shreekhabar.com

Copyright ©2026 ShreeKhabar | All rights Reserved.
 Website By :  nwTech.