२०८१ श्रावण २७, आइतबार

चितवन। नेकपा (माओवादी केन्द्र) भरतपुर ११ काे अध्यक्षमा पुनः प्रकाश देवकोटा निर्वाचित भएका छन् ।

पार्टीका केन्द्रीय सदस्य तथा भरतपुर महानगर प्रमुख रेणु दाहालकाे प्रमुख आतिथ्यतामा शनिवार सम्पन्न अधिवेशनले देवकोटालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेकाे हाे भने सचिवमा रामप्रसाद पराजुली निर्वाचित भएका छन् ।

२५ सदस्य कार्यसमिति निर्वाचित साे अधिवेशनमा माओवादी केन्द्रका केन्द्रीय नेता तथा चितवन इन्चार्ज घनश्याम दाहाल, जिल्ला अध्यक्ष रामचन्द्र अधिकारी सहितका नेताहरुकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि दाहालले आफ्नाे कार्यकालमा भरतपुर महानगर भित्र भएका सँपूर्ण राम्रा कार्यकाे जस लिन र यसकाे प्रचार गर्न पार्टीका कार्यकर्ताहरुलाई अनुराेध गर्दै आगामी दिनमा एक्लै चुनाव लडेर जित्ने  वातावरण निर्माण गर्नेगरि लाग्न कार्यकर्तामा निर्देश समेत गर्नुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0