२०८२ भाद्र १७, मँगलबार
चितवन । उद्योग वाणिज्य संघ चितवनको आयेजनामा नापतौलका यन्त्रहरुकाे जाँच पास तथा नविकरण सम्पन्न भएकाे छ।
नाप ताैल तथा गुणस्तर विभाग क्षेत्रिय कार्यालय विरगञ्जसँगकाे समन्वयमा नापतौल तथा नाप्ने , तौल्ने यन्त्रहरु ( लिटर, मिटर, कम्प्युटर तौल, किलो , ग्राम )को जाँच, पास, नविकरण,तथा दर्ता गर्ने काम चितवनमा सम्पन्न भएको हाे।
गुणस्तर तथा नापतौल क्षेत्रिय कार्यालय विरगंजका निरिक्षक श्रीकान्त चौधरीको नेतृत्वमा आएको एक टोलीले चितवन उद्योग वाणिज्य संघको कार्यक्षेत्र भित्ररहेका बिभिन्न व्यवसायीहरुका यन्त्रहरुका नाप, जाँच तथा दर्ता नविकरण गर्ने कार्य गरेको थियाे।
चितवन उद्योग वाणिज्य संघको परिसरमा भदौ १२ गते देखि १७ गते सम्म विहान १० बजे दखी ५ बजे सम्मको समयावधिमा कार्यक्रममा ४ सय ३७ जना व्यवसायीहरुले आफ्ना यन्त्रहरुको जाँच पास तथा अनुमती पत्र प्रदान गरेका थिए ।
संघले प्रत्येक बर्षाे गुणस्तर तथा नापतौल क्षेत्रिय कार्यालय विरगंज बाट टोली खटाई यस किसिमको सेवा प्रदान गर्दै आइरहेकाे सँघका याेजना अधिकृत गणेश सुवेदीले बताउनुभयो ।




